नेपाली बजारमा भित्रियो अर्को नयाँ ब्रान्ड आइसर इन्जिन आयल

काठमाडौं – नेपालका लागि आइसर कमर्सियल भेइकल्सको आधिकारिक वितरक बतास एमएडब्लु कमार्सियल भेइकल प्रालिले नेपाली बजारमा आइसर इन्जिन आलय भित्र्याएको छ ।

टंगालस्थित बतास एमएडब्लु प्रालिको मुख्य कार्यालयमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतासले आइसरको इन्जिन आयल भित्र्याएको जानकारी दिए । सो कार्यक्रममा बतासले आइसर इन्जिन आयल र स्पेयर पार्ट्स सहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताए । सबै व्यवसायीका साथमा रहेर गुणस्तरीय इन्जिन आयल र स्पेयर पार्ट्स समेत उपलब्ध गराउन बतास एमएडब्लु प्रतिबद्ध रहेको उनले बताए ।

गुणस्तरीय ल्युब प्रयोग गरि आफ्नो गाडीको कार्य क्षमता बढाउनुको साथै वारेन्टी कभरेज कायम राख्दै र पुनर्विक्रय मूल्यको संरक्षण गर्दै आफ्नो सवारी साधनको अधिकतम कार्यसम्पादन, दीर्घायु र दक्षता सुनिश्चित गर्न ग्राहकहरूका लागि आइसर उत्पादकहरूले सिफारिस गरेका वास्तविक लुब्रिकेन्टहरू प्रयोग गर्नु बुद्धिमानी विकल्प भएको बताउदै प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले गुणस्तरीय इन्जिन आयल प्रयोग गर्न पाउनु ग्राहकको अधिकार भएको बताए ।

आइसर कम्पनीद्वारा उत्पादित इन्जिन आयल, ट्रान्समिसन आयल, इन्डष्ट्रियल आयल आदि नेपाली बजारमा उपलब्ध हुनेछन् । आइसर ल्युब फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट आदि सबै सवारी साधनमा प्रयोग गर्न सकिने जनाइएको छ ।

भल्वो र आइसरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नवीन प्रविधिका उत्पादनहरू उत्पादन गर्दै आएका कारण नेपालसहित विश्वबजारमा आइसर ग्राहकको पहिलो रोजाई बन्दै आइरहेको कम्पनीको भनाइ छ ।

विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा अत्यधिक लोकप्रिय ब्रान्ड दावी गरिएको आइसर बतास एमएडब्लुले आधिकारिक रूपमा बिक्री वितरण गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

नेपाल ल्युब आयल लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल ल्युब आयल लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयल...

नेपाल ल्युब आयल लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल ल्युब आयल लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं – नेपाल ल्युब आयल लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको...

ओम्नी इन्टरनेश्नलबाट गुम्यो भल्भोलिन लुब्रिकेन्ट्सको डिलरशिप, नयाँ बिक्रेतामा जगदम्बा मोटर्स

ओम्नी इन्टरनेश्नलबाट गुम्यो भल्भोलिन लुब्रिकेन्ट्सको डिलरशिप, नयाँ बिक्रेतामा जगदम्बा मोटर्स

काठमाडौं– विश्वकै पुरानोमध्ये एक लुब्रिकेन्ट्स ब्राण्ड भल्भोलिनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...