याडिया ओविन इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक, दशै विशेष मूल्य २ लाख १० हजार
काठमाडौं – नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले...
यतिखेर नेपालमा विद्युतीय कारको बजार तातिएको अवस्था छ। आगामी वर्षको बजेटमा सरकारले कर बढाएपछि ईभीमा प्रायः सबै सेग्मेन्टको गाडीहरुको मूल्यमा उतारचढाव भइरहेको छ।
तर यसको मारबाट ५० किलोवाटभन्दा कम मोटर भएका ईभीहरु भने बच्ने छन्। जसमा सिटी कार अर्थात ह्याचब्याक सेग्मेन्टमा नेपालमा थोरै मात्र ब्रान्डका गाडीहरु उपलब्ध छन्। त्यसमा पनि प्रायः सबै चिनियाँ ब्रान्डको पकड थियो।
तर अब भने यस सेग्मेन्टमा फ्रेन्च कार निर्माता सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो विद्युतीय ह्याचब्याक सिट्रोन ई–सी३ बजारमा ल्याउने घोषणा गरेको छ।
कम्पनीले दुई वटा भेरिएन्टमा उपलब्ध गराउने उक्त ईभीको मूल्य ३२ लाख ४९ हजार र ३४ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेर बुकिङ समेत खुलाइ सकेको छ।
यसले ह्याचब्याक सेग्मेन्टका गाडी बिक्रेताहरु डराउन थालिसकेका छन्। सिट्रोन ई–सी३ ले नेपालमा उपलब्ध वुलिङ, नेटा भी, टिगोर, हेनरी, दीगो जस्ता विद्युतीय गाडीसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।
यी सबै गाडीको स्पेक, फिचर, मूल्य र अन्य रेन्जहरु सबै उस्तैउस्तै छन्। तर जब सांग्रिला मोटर्सले यसको बुकिङ खोलेको थियो, त्यस समय बजारमा यसको धेरै चर्चा हुन थालेको थियो। सामाजिक सञ्जालदेखि गाडी बिक्रेताहरुबीच पनि यसले धेरै चर्चा बटुल्न सफल भएको छ ।
त्यसको एउटै कारण थियो गाडीको मूल्य र गाडीप्रति ग्राहकहरुले अपेक्षा गरिरहेका अन्य फिचरहरुको उपलब्धता । यो गाडी फ्रेन्च मेड भएकाले बलियो गाडी मानिन्छ। सिट्रोनको पेट्रोल भर्सन नेपालमा रुचाइएको गाडी हो।
यसको सिधा प्रतिस्पर्धा आगामी दिनमा टाटाको टियागो ईभीसँग हुनेछ। यी दुबै गाडी ४२ किलोवाट मोटर पावरको हो। यसमा सरकारले करको दर चलाएको छैन। त्यसैले यी दुबै गाडी मूल्य उस्तै कायम हुने अनुमान गरिएको छ। जसमा टाटाले पनि टियागो ईभी नेपाल ल्याउने तयारी थालेको छ।
सिट्रोनको ई– सी३मा ५७ पीएसको इलेक्ट्रिक मोटर र १४३ एनएमको टर्क सहितको इन्जिनले आनन्ददायी ड्राइभिङको अनुभव प्रदान गर्ने र यसले सिंगल चार्जमा ३२० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीको भनाइ छ।
ई–सी३ ले नेपालमा पहिलो पटक चार्जिङमा क्रान्ति ल्याउने अनौठो प्रविधि भित्र्याएको बताएको छ। परम्परागत एक डीसी चार्जिङ भन्दा धेरै डीसी चार्जिङ सुविधा उपलब्ध हुने बताइएको छ।
यसमा २९.२ किलोवाटको ब्याट्री छ। यसमा सिटिङ क्षमता ५ जना र बुट स्पेस ३१५ लिटर सामान अटाउने रहेको छ। यसले ग्लोबल एनक्यापमा ४.५ स्टार पाएको छ। यसलाई सुरक्षाको हिसाबले अब्बल मानिन्छ।
यसको टप स्पिड १०७ किलोमिटर प्रति घन्टा र यसको एक्सिलेरेसन एकै चोटी ६ देखि ८ सेकेन्डमा शून्यबाट ६० किलोमिटर प्रतिघन्टा पुग्न सक्छ। यसमा २ वटा ईको र स्ट्यान्डर्ड ड्राभिङ मोडहरु उपलब्ध छन्। साथै रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि उपलब्ध छ।
यसका अन्य फिचरहरुमा १०.२ इन्चको टचस्क्रिन छ। वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, फोर स्पिकर भएको अडियो सिस्टम, ड्राइभर सिट एडजस्ट गर्न मिल्छ।
यसमा माइसिट्रोन कनेक्ट एप पनि उपलब्ध छ। यसमा ३५ वटा स्मार्ट फिचरहरु समावेश छन्। जस्तै उदाहरणको लागि कारमा ब्याट्री चार्ज भइरहेको छ वा छैन भन्ने कुरा यही एपबाट चेक गर्न मिल्छ। अन्य लोकेसन हेर्न, ड्राइभिङ प्याटर्न र नजिकै चार्जिङ स्टेसन भएको कुराहरु सबै यही एप बाट हेर्न मिल्छ।
यसमा ड्युअल एयरब्याग उपलब्ध छ। साथै एबीएस र ईबीडी सिस्टम पनि उपलब्ध रहेको छ।
यो गाडीमा भएको ब्याट्रीमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध छ। साथै गाडीको मोटरमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरको वारेन्टी दिइएको छ।
सो गाडी सन् २०२३ को जुलाईमा नेपालमा सार्वजनिक गर्ने घोषणा कम्पनीले गरेको छ। सांग्रिला मोटर्सका अनुसार सो गाडीको बुकिङ विर्तामोड, विराटनगर, इटहरी, नारायणघाट, बुटवल, पोखरा र काठमाडौं उपत्यका लगायत नेपालका सात प्रमुख शहरहरुमा रहेका सिट्रोनका सबै आधिकारिक शोरुमहरुबाट गर्न सकिने छ ।
काठमाडौं – नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले...
काठमाडौं– इलेक्ट्रिक स्कुटर जेसिट्सको नेपालका लागि आधिकारिक वितरक एमभी...
यातायात व्यवस्था विभागले सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...