स्पार्क प्लग हेरेर थाहा पाउन सकिन्छ इन्जिनको अवस्था, कुन संकेतले के भन्छ?
पेट्रोल इन्जिन भएका कार वा मोटरसाइकलमा स्पार्क प्लग निकै महत्वपूर्ण...
काठमाडौं– ओसियामा अटो ट्रेडर्स प्रालिले नयाँ ब्रान्डको स्पेयर पार्ट्स नेपाल भित्र्याएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले इइपी ब्रान्डका स्पेयर पार्ट्सलाई औपचारिक रुपमा लन्च गरेको हो । चीनको प्रख्यात स्पेयर पार्ट्स उत्पादक कम्पनी इइपीले जापनिज ब्रान्डका सवारी साधनलाई लक्षित गरी आफ्नो उत्पादन बजारमा ल्याउने गरेको छ ।
कार्यक्रममा बोल्दै ओसियामा अटो ट्रेडर्सका चेयरम्यान सुरजकुमार जैनले भने, ‘विगत लामो समयदेखी स्पेयर पार्ट्स क्षेत्रमा काम गर्दै आएको अनुभवी व्यवसायीको समुहले इइपी ब्रान्डलाई नेपाल ल्याएको छ । चीनको प्रख्यात ब्रान्डका रुपमा चिनिने इइपीले बिशेषगरी, चेसिस, सस्पेन्सन, ब्रेकिङ सिस्टम, स्टेरिङ सिस्टम र इन्जिन पार्ट्स उत्पादन गर्दै आएको छ । हामीले यी सबै प्रोडक्टलाई नेपाल ल्याएर बिक्री थालेका छौ ।’

इइपीका तर्फबाट लुकास र जेनी समेत सहभागी उक्त कार्यक्रममा ओसियामा ट्रेडर्सका प्रबन्ध निर्देशक लोकेस जैन र निर्देशक अंकुर जैन कोठारीले आ–आफ्नो भनाई राखेका थिए । ‘इइपी चीनको सबैभन्दा ठूलो मध्ये एक स्पेयर पार्ट्स सप्लायर हो । यस कम्पनीले उत्पादन गर्ने स्पेयर पार्ट्स विश्वका १५० बढि मुलुकमा निर्यात हुँदै आएको छ । यस ब्रान्डलाई नेपाली बजारमा समेत लन्च गर्न पाउँदा हामी खुसी छौ’ इइपीकी इन्टरनेश्नल विजनेस हेड जेनीले भनिन् ।
निकट भविष्यमा ईभीमा प्रयोग हुने स्पेयर पार्ट्स समेत आयात गरी बिक्री वितरण थाल्ने योजनामा आँफूहरु रहेको कम्पनीका चेयरम्यान जैनले बताए । कार्यक्रममा स्पेयर पार्ट्स व्यवसायी, वर्कशप संचालक र मेकानिकहरुको बाक्लो उपस्थिती रहेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...