मिन्डाले ल्यायो रियल-टाइम चार्जिङ अपडेट सहितको पोर्टेबल वाल चार्जर
इलेक्ट्रिक सवारी साधनको प्रयोग दिनानुदिन बढ्दै जाँदा घरमै सुरक्षित,...
काठमाडौं– ओसियामा अटो ट्रेडर्स प्रालिले नयाँ ब्रान्डको स्पेयर पार्ट्स नेपाल भित्र्याएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले इइपी ब्रान्डका स्पेयर पार्ट्सलाई औपचारिक रुपमा लन्च गरेको हो । चीनको प्रख्यात स्पेयर पार्ट्स उत्पादक कम्पनी इइपीले जापनिज ब्रान्डका सवारी साधनलाई लक्षित गरी आफ्नो उत्पादन बजारमा ल्याउने गरेको छ ।
कार्यक्रममा बोल्दै ओसियामा अटो ट्रेडर्सका चेयरम्यान सुरजकुमार जैनले भने, ‘विगत लामो समयदेखी स्पेयर पार्ट्स क्षेत्रमा काम गर्दै आएको अनुभवी व्यवसायीको समुहले इइपी ब्रान्डलाई नेपाल ल्याएको छ । चीनको प्रख्यात ब्रान्डका रुपमा चिनिने इइपीले बिशेषगरी, चेसिस, सस्पेन्सन, ब्रेकिङ सिस्टम, स्टेरिङ सिस्टम र इन्जिन पार्ट्स उत्पादन गर्दै आएको छ । हामीले यी सबै प्रोडक्टलाई नेपाल ल्याएर बिक्री थालेका छौ ।’

इइपीका तर्फबाट लुकास र जेनी समेत सहभागी उक्त कार्यक्रममा ओसियामा ट्रेडर्सका प्रबन्ध निर्देशक लोकेस जैन र निर्देशक अंकुर जैन कोठारीले आ–आफ्नो भनाई राखेका थिए । ‘इइपी चीनको सबैभन्दा ठूलो मध्ये एक स्पेयर पार्ट्स सप्लायर हो । यस कम्पनीले उत्पादन गर्ने स्पेयर पार्ट्स विश्वका १५० बढि मुलुकमा निर्यात हुँदै आएको छ । यस ब्रान्डलाई नेपाली बजारमा समेत लन्च गर्न पाउँदा हामी खुसी छौ’ इइपीकी इन्टरनेश्नल विजनेस हेड जेनीले भनिन् ।
निकट भविष्यमा ईभीमा प्रयोग हुने स्पेयर पार्ट्स समेत आयात गरी बिक्री वितरण थाल्ने योजनामा आँफूहरु रहेको कम्पनीका चेयरम्यान जैनले बताए । कार्यक्रममा स्पेयर पार्ट्स व्यवसायी, वर्कशप संचालक र मेकानिकहरुको बाक्लो उपस्थिती रहेको थियो ।
इलेक्ट्रिक सवारी साधनको प्रयोग दिनानुदिन बढ्दै जाँदा घरमै सुरक्षित,...
यदि तपाईं बाइक चलाउनुहुन्छ भने गियर परिवर्तन गर्नु अघि क्लच थिच्नु...
कारमा चाइल्ड सिट हुनु धेरै महत्वपूर्ण छ । चाइल्ड सिटले बच्चालाई कारमा बस्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...