इकोविट स्कुटर खरिद गर्दा १५ हजारसम्म नगद छुट, फाइनान्स र एक्सचेन्ज सुविधा पनि

काठमाडौं– इकोविट इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक ग्लोवल सेभेन प्रालिले दशैं तिहारलाई लक्षित गरी ‘फेस्टिवल भाइब्स’ अफर ल्याएको छ । मंसिर ९ गतेसम्म लागु हुने सो अफर अन्तर्गत नगद भुक्तानी गरेर स्कुटर खरिद गर्दा र फाइनान्स तथा एक्सचेन्जमा लिंदा ग्राहकले छुट्टाछुट्टै सुविधा पाउनेछन् ।

नगद खरिदमा अधिकतम १५ हजारसम्म छुटको ब्यवस्था गरिएको कम्पनीले जनाएको छ । जसमा गोलाप्रथा मार्फत तत्काल छुट हुने गरी ७ हजारदेखी १५ हजारसम्मको छुट ब्यवस्था मिलाइएको हो । साथै एक वर्षको कर समेत कम्पनीले नै तिरिदिने र हरेक स्कुटरको साथमा एउटा हेल्मेट निशुल्क प्रदान गरिने कम्पनीको भनाई छ । फाइनान्स र एक्सचेन्जमा खरिद गर्ने ग्राहकले भने यस्तो सुविधा पाउने छैनन् ।

फाइनान्स सुविधामा स्कुटर खरिद गर्दा ग्राहकले न्यूतम ३० प्रतिशत डाउनपेमेन्टको सुविधा पाउनेछन् । डाउनपेमेन्ट गरेर वाँकी हुन आउने रकमलाई सून्य प्रतिशत ब्याजदरमा १८ महिना सम्मको सरल किस्ता वन्दि योजना प्रदान गरिएको छ ।

साथै ग्राहकले आफूसंग भएको पुरानो पेट्रोलियम मोटरसाइकल तथा स्कुटरसंग इकोविटको नयाँ स्कुटर एक्सचेन्ज गर्दा पुरानो बाइकमा उत्कृष्ट मूल्यांकन गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

नक्सालमा खुल्दै प्रिमियम ईभी स्काइवेलको शोरुम

नक्सालमा खुल्दै प्रिमियम ईभी स्काइवेलको शोरुम

काठमाडौं – अटोमोबाइल हबको रुपमा परिचित नक्सालमा अब प्रिमियम ईभी...

प्योर ईभी ईट्रान्स नियोको खुल्यो बुकिङ, मूल्य २ लाख ४९ हजार

प्योर ईभी ईट्रान्स नियोको खुल्यो बुकिङ, मूल्य २ लाख ४९ हजार

काठमाडौं – भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीको ईट्रान्स नियोको...

रेगुलर नेक्सन ईभीको तुलनामा यस्तो फरक छ डार्क एडिसन : स्पेसल भएकैले सोल्ड आउट

रेगुलर नेक्सन ईभीको तुलनामा यस्तो फरक छ डार्क एडिसन : स्पेसल भएकैले सोल्ड आउट

टाटा मोटर्सको निकै नै लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सनको डार्क एडिसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...