नेपाल भित्रियो यामाहा एफजेड–एक्स, २५ हजार तिरेर आजैदेखी बुकिङ लिन सकिने
यामाहाको वहुप्रतिक्षित नियो रेट्रो स्टाइलयुक्त नयाँ वाइक एफजेड–एक्स...
यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडव्लु इन्टरप्राइजेजले सरल किस्तावन्दिमा रे–जेडआर स्कुटर खरिद गर्न सकिने स्किम ल्याएको छ । उक्त स्किम अन्तर्गत रे–जेडआर १२५ एफआई स्कुटरलाई ४० प्रतिशत रकम डाउनपेमेन्ट वापत भुक्तानी गरेपछि वाँकी हुन आउने ६० प्रतिशत रकमलाई मासिक ५ हजार ९ सय ४१ रुपैयाँका दरले किस्तावन्दिमा भुक्तानी गर्न सकिनेछ ।
यो स्किममा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई १८, २४ र ३० महिनाको स्किम उपलव्ध गराइएको छ । जसमध्ये ३० महिनाभित्र भुक्तानी गर्न चाहने ग्राहकले ६ हजार रुपैयाँका दरले हरेक महिना किस्ता तिर्नुपर्ने देखिएको हो । २४ महिनाको स्किममा ७ हजार १ सय ६ र १८ महिनाकोमा ९ हजार १ सय ५० रुपैयाँ किस्ता तिर्नुपर्ने छ ।
यो स्कुटरको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएकोमा ४० प्रतिशत डाउनपेमेन्ट वापत हुन आउने १ लाख १६ हजार रुपैयाँ भने नगद नै भुक्तानी गर्नुपर्ने छ । वाँकी हुन आउने रकमलाई ३० महिनसम्म किस्तावन्दिमा भुक्तानी गर्न सकिनेछ ।
१२५ सिसी सेग्मेन्टमा सर्बाधिक रुचाइएको यो स्कुटरले प्रतिलिटर इन्धनको खपतमा ५८ किलोमिटर माइलेज प्रदान गर्ने दावी गरिएको छ । स्कुटरमा अंग्रेजी अक्षर ‘वाई’ आकारको एलइडी लाइट, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्ट–अपका लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टमजस्ता आधुनिक र सुविधाजनक फिचर उपलब्ध छ ।
कम्पनीले यसअघि एफजेड भी२ मा पनि यस्तै प्रकारको स्किम ल्याएको थियो । ३ लाख २३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको यो मोटरसाइकलका लागी ४० प्रतिशत डाउन पेमेन्टवापत हुने आउने रकम १ लाख २९ हजार ५६० रुपैयाँ भुक्तानी गरेपछि वाँकी हुन आउने रकमलाई ३० महिनासम्म ७ हजार ३४८ रुपैयाँको दरले किस्ता तिर्न सकिने व्यवस्था मिलाइएको छ ।
यामाहाको वहुप्रतिक्षित नियो रेट्रो स्टाइलयुक्त नयाँ वाइक एफजेड–एक्स...
यामाहाको नियो रेट्रो मोटरसाइकल एक्सएसआर १५५ अन्ततः भारतीय बजारमा...
चीप अभावको समस्या फोर ह्विलरसंगै अन्तत टु ह्विलरमा समते देखा परेको छ । हाल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...