ड्राइभिङ लाइसेन्सका लागि नेपाल आइपुग्यो ६ लाख स्मार्ट कार्ड, ६ लाख ४५ दिनभित्र आइपुग्ने
यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि...
सरकारले अनलाइन आवेदन दिएको एक महिनाभित्रै सवारी चालक अनुमतिपत्र लिन पाउने प्रणालीको विकास गर्ने तयारी थालेको छ । आवेदन दिएको दुई वर्षभन्दा लामो समय कुर्नुपर्ने अवस्था भएपछि यातायात व्यवस्था विभागले आगामी दिनमा एक महिनामै सवारी चालक अनुमति लिन पाउने व्यवस्था गर्न लागेको जनाएको छ ।
आवेदकले आवेदन दिँदा कुनै पनि सेवा कार्यालयमा एक महिना बढी समय लाग्ने देखिएमा आवेदन नलिने गरी प्रणाली विकास गर्न लागेको विभागको भनाइ छ । पछिल्लो समय हेर्दा कम्प्युटर प्रणालीमा आवेदकको संख्या धेरै तर सम्पर्कमा आउने सेवाग्राहीको संख्या एकदमै कम भएकाले लाइसेन्स लिन चाहने सेवाग्राहीका लागि मात्र यस्तो प्रणाली बनाउन लागिएको हो ।
आगामी जेठ १५ गतेसम्म बाँकी ५ लाख ७२ हजार सवारी चालक अनुमतिपत्र वितरण गरी सक्ने र त्यसपछिका सेवाग्राहीले एक महिनाभित्रै स्मार्ट सवारी चालक अनुमतिपत्र प्रयोग गर्न सक्ने बिभागले दाबी गरेको छ । आवेदन दिने तर ट्रायल परीक्षामा सहभागी हुन आउनेको संख्या एकदमै कम भएपछि विभागले १ देखि १४ दिनका आवेदकलाई १ कै दिनमा ट्रायल दिने व्यवस्था गर्नेछ ।
परीक्षाका लागि आवेदन दिने, होल्ड गर्ने तर अत्यावश्यकले पालो नपाउने भएपछि वास्तविक आवेदकलाई मात्र सेवा दिनका लागि प्रणालीमा सुधार गर्न लागेको विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि...
काठमाडौँ – गण्डकी प्रदेशको पोखराबाट अबदेखि सवारी चालक अनुमतिपत्र लिने,...
हाल एउटा अञ्चलबाट लिएको ड्राइभिङ लाइसेन्स अर्को अञ्चलबाट रिन्यु गर्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...