ब्लुबुक कीर्ते गर्ने गिरोह राजधानीमा सक्रिय, सचेत रहन प्रहरीको अनुरोध
काठमाडौं– नेपाल प्रहरीले काठमाडौंमा सवारीधनी दर्ता किताब (ब्लुबुक)मा...
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रको स्थलगत निरीक्षण गर्दै लाइसेन्स छपाइ प्रक्रियालाई तीव्रता दिन निर्देशन दिएका छन्।
उनले ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छापेर सेवाग्राहीलाई हस्तान्तरण गर्ने व्यवस्था आज (शुक्रबार) देखि नै लागू भएको घोषणा गरेका छन्।
मन्त्री तिमिल्सिनाले निरीक्षणका क्रममा भने, “अब सम्भव काम रोकिने छैन। सेवाग्राहीले छिटो सेवा पाउनेछन्। लामो समयदेखि लाइसेन्स नपाउने समस्या अब अन्त्य भएको छ।” विगतमा इच्छाशक्ति र व्यवस्थापन अभावले गर्दा काम ढिलो भएको स्वीकार गर्दै उनले अब समस्या समाधान गर्दै अघि बढ्ने स्पष्ट पारे।
केन्द्रमा करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण वर्षौंदेखि प्रयोगविहीन थन्किएर बसेकोप्रति मन्त्रीले असन्तुष्टि व्यक्त गरे। “ठूलो लगानीमा खरिद गरिएका मेसिन तथा जेनेरेटरलगायत सामग्री अब पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने छ,” उनले निर्देशन दिए। साथै नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकता दिँदै सेवाग्राहीमैत्री वातावरण निर्माण गर्न पनि केन्द्रलाई निर्देशन दिएका छन्।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले हाल दैनिक करिब ४० हजार थान लाइसेन्स छपाइ भइरहेको जानकारी दिए। विदेश जाने नागरिकका लागि लाइसेन्सलाई प्राथमिकता दिइएको छ भने यातायात व्यवस्था विभागबाट दैनिक करिब एक हजार आवेदन आउने गरेको उनले बताए। वैशाख १२ गतेभित्र १२ लाख र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य रहेको ढुङ्गानाको भनाइ छ।
ढुङ्गानाले केन्द्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन व्यावसायिक योजना तयार भइरहेको बताए। भविष्यमा राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकरजस्ता महत्वपूर्ण कागजातसमेत यही केन्द्रबाट छाप्ने क्षमता विकास गर्ने लक्ष्य राखिएको छ।
काठमाडौं– नेपाल प्रहरीले काठमाडौंमा सवारीधनी दर्ता किताब (ब्लुबुक)मा...
काठमाडौं – यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौले दलाल मार्फत काम...
सवारी चालक अनुमतिपत्रका लागी दिइने ट्रायल परिक्षामा ७० अंक ल्याए पास हुने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...