बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – ड्राइभिङ लाइसेन्सका लागि प्रत्येक दिन कोटा तोकेर मात्र अनलाइन दर्ता गर्ने प्रक्रिया रहेकोमा आज देखि जति पनि दर्ता गर्न सकिने भएको छ ।
यातायात व्यवस्था विभागले आज देखि कोटा सिस्टम हटाएको छ ।
कोरोना महामारीसँगै बन्द भएको लाइसेन्सको परीक्षा पुन सूचारु भएसँगै विभागले कोटा छुट्याएर आवेदन लिइरहेको थियो । अब भने अनलिमिटेड अथवा योग्यता पुगेका सबैले अनलाइन आवेदन दिन मिल्ने छ ।
यो भन्दा पहिले अनलाइन फारम भर्दा सिस्टममा समस्या समेत आएको थियो । सामान्य अवस्था हुँदा महिनामा करिव ९० हजारले नयाँ लाइसेन्सका लागि आवेदन भर्थे तर १० महिना लाइसेन्स नखुल्दा यसको चाप बढेको छ । त्यसैले सबैले एकैपटक लाइसेन्सको आवेदन दिन खोज्दा सिस्टममा समस्या आएको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिए ।
अहिले पनि देशभरका यातायात कार्यालयबाट जम्मा ६ हजारको मात्र परीक्षा लिन सक्ने क्षमता छ । तर, एकैपटक अनलिमिटेड फर्म खोल्दा भने लिखित परीक्षा दिन समेत महिनौं कुर्नुपर्ने अवस्था आउनसक्ने महानिर्देशक गोगनबहादुर हमालले बताए । ‘अहिले हामीसँग देशभरबाट ६ हजारको मात्र क्षमता छ,’ उनले भने, ‘१० महिनासम्म लाइसेन्स नखुल्दा लाखौं मानिस लाइसेन्स लिन तयार भएर बसेका छन् त्यसैले अब यातायात कार्यालयमा लोड थपिने सम्भावना छ । जसले गर्दा लिखित परीक्षाका लागि समेत महिनौं कुनुपर्न सक्छ ।’
अनलाइन फर्म इन्टरनेटको सहयतामा स्मार्ट फोन, ल्यापटप अथवा कम्प्युटरबाट सहजै भर्न सकिन्छ । त्यसैको सहजताका लागि यहाँ लाइसेन्सको अनलाइन फर्म भर्ने तरिकाको बारेमा जानकारी दिइएको छ ।
स्टेप १ः यातायात व्यवस्था विभागको वेबसाइट www.dotm.gov.np मा जानुहोस् ।
स्टेप २ः वेबसाइटको होम पेजमा यातायात व्यवस्था विभागको चिनारी मुनी रहेको अनलाइन सवारी चालक अनुमति पत्रको लिंकमा क्लिक गर्ने ।
स्टेप ३ः ड्राइभिङ लाइसेन्स अनलाइन रजिष्ट्रेसनमा क्लिक गर्ने ।
स्टेप ४ः त्यसपछि नागरिकता अर्थात सिटिजन सिपको अप्सनमा क्लिक गरेर छान्ने ।
स्टेप ५ः आफ्नो व्यक्तिगत विवरण भर्ने । जसमा जन्म मिति छानेपछि उमेर आफैं आउनेछ ।
स्टेप ६ः स्थायी ठेगाना अर्थात नागरिकतामा भएको ठेगाना भर्ने । यदि स्थायी अस्थायी ठेगाना एउटै भए एउटै राख्ने ।
स्टेप ७ः आफूले दरखास्त दिन लागेको वर्ग छान्ने ।
स्टेप ८ः प्रोफेस्नल अथवा ननप्रोफेस्नल भन्ने अप्सनमा ‘अदर’ मा क्लिक गर्ने ।
स्टेप ९ः आफूले दरखास्त दिन लागेको कार्यालय रहेको अञ्चल छान्ने । साथै, त्यही अञ्चलको लाइसेन्स कार्यालय छान्ने ।
स्टेप १०ः सबै विवरण भरिसकेपछि सबमिट गर्ने ।
स्टेप ११ः आर यु स्योर यु वान्ट टु कन्टिन्यु ? भन्ने म्यासेज आउँदा ओकेमा क्लिक गर्ने ।
स्टेप १२ः आफूले भरेको विवरण पुन एकपटक चेक गरी फरक परेर सच्याउनुपरेमा इडिट डिटेल्स मा क्लिक गरी सच्याउन सकिने छ ।
स्टेप १३ः विवरण ठीक भएमा सेभ डिटेलमा क्लिक गर्ने ।
स्टेप १४ः त्यसपछि एप्लिकेन्ट सेभ सक्सेसफुल्ली देखिन्छ ।
स्टेप १५ः ओकेमा क्लिक गर्ने ।
स्टेप १६ः त्यसपछि प्रिन्टमा क्लिक गर्ने अथवा स्क्रिनसट गरेर राख्ने ।
स्टेप १७ः उक्त विवरण प्रिन्ट गरी त्यहाँ तोकिएको मितिमा सम्बन्धित कार्यालयमा जाने ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...