लाइसेन्स सहित ९ हजार सक्कली कागजपत्र अलपत्र, १० दिनभित्र फिर्ता नलगे कारबाही

चितवन–जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्र सहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ ।

ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार ९८२ वटा कागजपत्र फिर्ता लैजान कार्यालयले सर्वसाधारणसँग आग्रह गरेको हो ।

विभिन्न मिति र स्थानमा गरिएको जाँचका क्रममा चौबीसघण्टे पूर्जी प्राप्त गरेका तर तोकिएको समयभित्र जरिवाना दाखिल नगरेका सवारी चालक तथा धनीहरूलाई १० दिनभित्र कागजपत्र लिन आग्रह गरिएको हो । कार्यलयका अनुसार सवारीचालक अनुमतिपत्र, ब्लुबुक, मार्ग अनुमतिजस्ता सक्कली कागजात कार्यालयमा छ ।

कतिपय आगलागीका क्रममा नष्ट भएको भए पनि त्यस्ता कागजातका लागि समेत नयाँ बनाउन सिफारिस गर्न सकिने भएकाले राजस्व बुझाएर लिन आग्रह गरिएको छ ।

कार्यालयले यस आर्थिक वर्षमा मात्रै यस्ता कागजपत्र दुई हजार २४८ नियन्त्रणमा लिएको र पछि सवारी धनी लिन नआएको जनाएको छ ।

दश दिनभित्र कागज फिर्ता नलगे सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा ५ बमोजिम एक महिनासम्म निलम्बन गरिने कार्यलयले जनाएको छ ।

सम्बन्धित समाचारहरू

६ दिन पश्चात आज देखि लाइसेन्सको अनलाइन सेवा पुनः शुरु हुँदै

६ दिन पश्चात आज देखि लाइसेन्सको अनलाइन सेवा पुनः शुरु हुँदै

काठमाडौं – यातायात व्यवस्था विभागले आज साँझ ६ दिनपछि सवारी चालक...

दुई महिनामा ९ हजार लाइसेन्स तयार, माघदेखि दैनिक १० हजारका दरले छापिने

दुई महिनामा ९ हजार लाइसेन्स तयार, माघदेखि दैनिक १० हजारका दरले छापिने

पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब ९ हजार क्यूआर...

ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था लागू गर्न मन्त्रालयको सर्कुलर

ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था लागू गर्न मन्त्रालयको सर्कुलर

लामो समयदेखि रोकिएको सवारी चालक अनुमति पत्र परिक्षा निर्देशिका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...