वर्ल्ड रेकर्ड : ड्राइभ गर्न मिल्ने विश्वकै सबैभन्दा साँघुरो कार

गिनिज वर्ल्ड रेकर्ड्सले आफ्नो वार्षिक पुस्तक ‘गिनिज वर्ल्ड रेकर्ड्स २०२७’ सार्वजनिक गर्दै विभिन्न नयाँ विश्व कीर्तिमान घोषणा गरेको छ। यसमा विश्वकै सबैभन्दा साँघुरो ड्राइभ गर्न अर्थात चलाउन मिल्ने कार र सबैभन्दा धेरै ट्याटु बनाएका व्यक्तिको कीर्तिमानसमेत समावेश छन्।

पुस्तकमा साहसिक स्टन्ट, असाधारण स्मरणशक्ति, विशाल संग्रह तथा विभिन्न सिर्जनात्मक उपलब्धिसहित दर्जनौँ नयाँ कीर्तिमान समेटिएका छन्। पुस्तक अहिले बजारमा उपलब्ध भइसकेको छ।

इटालीका ३१ वर्षीय आन्द्रेआ मारात्सीले विश्वकै साँघुरो चलाउन मिल्ने कार निर्माण गरेर नयाँ कीर्तिमान कायम गरेका छन्। सवारीसाधन खोल्ने तथा पुनःप्रशोधन गर्ने काम गर्दै आएका मारात्सीले फियाट पान्डा कारलाई परिमार्जन गरी यसको चौडाइ केवल १९.७६ इन्च अर्थात् करिब ५०.२ सेन्टिमिटरमा सीमित बनाएका हुन्।

कार चलाउन मिल्ने भए पनि मारात्सीले यसलाई दैनिक प्रयोगमा भने ल्याएका छैनन्। उनी उक्त कारलाई मेला, प्रदर्शनी, विशेष कार्यक्रम तथा विभिन्न प्रदर्शनका क्रममा मात्र बाहिर निकाल्छन्।

मारात्सीका अनुसार यो उपलब्धिले उनका लागि विशेष महत्व राख्छ, किनकि कारले धेरै मानिसको अनुहारमा मुस्कान ल्याएको छ। उनका लागि यो केवल प्राविधिक उपलब्धि नभई मानिसले सहजै बुझ्न र रमाइलो मान्न सक्ने सकारात्मक तथा मनोरञ्जनात्मक परियोजनासमेत हो।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...