पल्सर सिरिजका ३ नयाँ मोटरसाइकल : यस्तो छ २५ प्रतिशत डाउन पेमेन्टमा खरिद गर्दा लाग्ने मासिक किस्ता

बजाज मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले केही समयको अन्तरालमै पल्सर सिरिजका ३ नयाँ मोटरसाइकल लन्च गरेको छ । जसमध्ये सवैभन्दा सानो इन्जिन भएको एनएस १२५, एन १६० र ठूलो इन्जिन दिइएको एन २५० रहेका छन् ।

यी ३ नयाँ वाइकलाई कम्पनीले सरल किस्तावन्दिमा बिक्री गर्दै आइरहेको छ । टु ह्विलरमा अधिकतम ५० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने राष्ट्र वैंकको नियम रहेपनि कम्पनीले आफ्नै हायर प्रचेज कम्पनी हुलास फिनमार्फत २५ प्रतिशत डाउनपेमेन्टमै यी मोटरसाइकल बिक्री गर्दै आइरहेको हो ।

‘आधाको आधा नै काफी छ’ स्किम अन्तर्गत यति थोरै डाउनपेमेन्टमा मोटरसाइकल खरिद गर्दा ग्राहकले डकुमेन्ट भने कम्पनीको माग अनुसार बुझाउनु पर्नेछ । १ वर्ष, १८ महिना र २ वर्षको किस्तावन्दिमा खरिद गर्न सकिने यसमा १५ प्रतिशत व्याजदर लाग्ने कम्पनीको भनाई छ

यो स्किम अन्तर्गत २ लाख ८० हजार रुपैयाँ पर्ने पल्सर एनएस १२५ का लागी ग्राहकले शुरुमा ७० हजार भुक्तानी गर्नुपर्ने छ । वाँकी हुन आउने ७५ प्रतिशत रकम अर्थात २ लाख १० हजारलाई २ वर्षको किस्तावन्दिमा खरिद गर्दा मासिक १० हजार १८२ रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने हुन्छ ।

यसैगरी ३ लाख ८० हजार रुपैयाँ मूल्य निर्धारण गरिएको पल्सर एन १६० का लागी डाउनपेमेन्ट वापत ९५ हजार रुपैयाँ भुक्तानी गरेपछि वाँकी हुन आउने २ लाख ८५ हजार रुपैयाँलाई मासिक किस्ताका रुपमा भुक्तानी गर्न सकिनेछ । यसरी भुक्तानी गर्दा ग्राहकले २ वर्षसम्म मासिक १३ हजार ८१८ रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने हुन्छ ।

पल्सर सिरिजको सवै भन्दा ठूलो इन्जिन जडान भएको एन २५० को मूल्य कम्पनीले ४ लाख ९० हजार रुपैयाँ निर्धारण गरेको छ । जसमध्ये २५ प्रतिशत डाउनपेमेन्ट गर्दा शुरुमा १ लाख २२ हजार ५०० रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । वाँकी हुन आउने ७५ प्रतिशत रकम अर्थात ३ लाख ६७ हजार ५ सय रुपैयाँलाई मासिक १७ हजार ८१८ रुपैयाँका दरले २ वर्षभित्र भुक्तानी गरिसक्नु पर्नेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...