यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने १० शहर
विश्वका प्रमुख शहरहरूमा बढ्दो सवारी साधनको चाप र सीमित सडक पूर्वाधारका...
बि. सं. २०३५ तिरको कुरा होला पोखरामा दुई तले बस आएको थियो । हामी सानै थियौ र भैरब टोल बस्थ्यौ । हाम्रो घर अगाडि बस रोकियो, सबै झरे, छिनैमा उनीहरुले टेबल कुर्ची निकालेर सजाउने थाले ।
उनीहरुको लन्च टाइम रहेछ शायद त्यसैले खाने कुरा तयार गर्न लागे । हाम्रो बाल मस्तिष्कमा यिनिहरु के खान्छन् कस्तो खान्छन् को कौतुहलतामा हामी (२–३ जना अरु पनि बच्चा थिए) हेरिरह्यौ । उनीहरुको खाने कुरा सजाउन थाले पछि हामीलाई पनि बिस्कुटको बिचमा क्रिम र अरु केही राखेर दिए । हामीले पनि उनीहरुले झै मिठो मानेर खायौ ।
आज झन्दै ४० बर्ष पछि उनीहरुको त्यही लन्डन काठमाडौंको यात्रा विवरणको पुस्तक Crossing Continents with Top Deck पढ्ने सुअवसर मिल्यो । बसका चालक Trevor Carroll द्वारा लिखित सो पुस्तक अनुसार लण्डनबाट हिडेको झन्दै तीन सप्ताह पछि पोखरा आइपुग्न केही घन्टा मात्र बाँकी हुँदा उनीहरु बाटोमा रोकिए, पछि बुझ्दा थाहा भयो पहिरोले बाटो पुरै लगेको रहेछ ।

त्यस पछि उनीहरु निकै धर्मसंकटमा पुगे । भारतीय बाटो हुँदै जाँदा फेरि सुनौलीबाट रक्सौल आएर काठमाडौं पुग्दा ३–४ दिन लाग्ने थाहा पाए । नारायणगढ–बुटवलको सडक बनिसकेको थिएन तर खनेर केही सम्याइएको थियो । तसर्थ सोही बाटो हिड्न तयार भए । बाटोमा खोला तर्न कठिनाई भयो । मुश्किलले डुङ्गामा राखेर बसलाई खोला तार्न सफल भए । नारायणगढबाट मुगलिङको बाटो पनि बनेको थिएन तसर्थ नारायणगढबाट हेटौडा, सिम भञ्ज्याङ हुँदै काठमाडौं पुगे र पछि पोखरा आए ।
दोश्रो चोटि सोही बस भेट्दा बसमा ‘लण्डन–काठमाडौं’ होईन ‘सिडनी–काठमाडौं–लण्डन’ लेखिएको थियो ।
सुनिल उलक (उलकले यो संस्मरण करिब ५ वर्ष पहिले लेखेका थिए ।)
विश्वका प्रमुख शहरहरूमा बढ्दो सवारी साधनको चाप र सीमित सडक पूर्वाधारका...
काठमाडौं – नेपाली बजारमा ताइवानी हेल्मेट ब्रान्ड निक्को भित्रिएको छ ।...
सरकारले मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनैपर्ने नियम पुनः...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...