स्कुटरमा प्रयोग हुने ब्याट्रीको आयु कति हुन्छ ? बिग्रिएमा के गर्ने ? फेर्न परेमा कति पैसा लाग्छ ?
ब्याट्री प्रायः तीन खालका हुन्छन्, लिथियम आयोन (यसलाई NMC भनिन्छ), लिथियम...
चिनियाँ अटो निर्माता डोङफेङले विश्वको सबैभन्दा ठूलो डाई–कास्टिङ मेसिन जडित कम्पोनेन्ट प्लान्ट सञ्चालनमा ल्याएको छ । १६ हजार टनको उक्त डाइ–कास्टिङ कारखानाले आफ्नो पहिलो उत्पादनका रुपमा ब्याट्री केसिङ उत्पादन गरेको छ ।
यस मेसिनको साहयताले केवल दुई मिनेटमा, गाडीको ब्याट्री ट्रे र ब्याट्री केसिङहरूलाई आवश्यकता अनुसारको आकारमा डाइ–कास्ट गर्न सकिने कम्पनीले जनाएको छ । कारखानामा विश्वको सबैभन्दा ठूलो १६ हजार र १० हजार टनको डाइ–कास्टिङ डुअल उत्पादन लाइन छन् ।
चीनमा डिजाइन र निर्माण गरिएको उक्त डाइ–कास्टिङ मेसिनसहित डोङफेङले सञ्चालनमा ल्याएको उक्त प्लान्ट विश्वमा हालसम्मकै सबैभन्दा ठूलो एकीकृत डाइ–कास्टिङ कारखाना बनेको छ ।
आगामी अप्रिलदेखि ठूलो मात्रामा उत्पादन सुरु हुने अपेक्षा गरिएको उक्त प्लान्टबाट उत्पादित कम्पोनेन्टलाई कम्पनीले डोङफेङ ००७, ००८ र भोयाह ड्रीमर जस्ता मोडेलमा पहिलोपटक प्रयोग गरिने अनुमान गरिएको छ ।
कारखानाले मुख्यतया ब्याट्री केसिङ सहित न्यू ईनर्जी भेइकलका लागि अल्ट्रा–लार्ज इन्टिग्रेटेड डाइ–कास्ट स्ट्रक्चरल कम्पोनेन्टहरूको अनुसन्धान, विकास, उत्पादन र बिक्रीमा ध्यान केन्द्रित गर्ने जनाइएको छ ।
परम्परागत उत्पादन विधिहरूको तुलनामा, डाइ–कास्ट ब्याट्री केसिङले ब्याट्री प्रणालीको सुरक्षा सुधार गर्न, गाडीको तौल र ऊर्जा खपत घटाउन र न्यू इनर्जी भेइकलको ड्राइभिङ रेन्ज विस्तार गर्न मद्धत पुर्याउने अपेक्षा गरिएको छ ।
४७ हजार वर्ग मिटर क्षेत्रफल ओगटेको यो कारखानालाई कम्पनीले नोभेम्बर २०२४ मा निर्माण सुरु गरेको थियो । यसको मुख्य कारखाना भवन अगस्ट २०२५ मा १ अर्ब युआन (१४३.६ मिलियन अमेरिकी डलर) को कुल लगानीमा सम्पन्न भएको थियो ।
हालका लागि यस प्लान्टले वार्षिक २ लाख अटोमोटिभ कम्पोनेन्ट उत्पादन गर्ने क्षमता राख्ने भएपनि दोस्रो चरणमा विस्तार गरी चार उत्पादन लाइनहरू निर्माण गर्ने योजना बनाएको छ । त्यसपछि भने वार्षिक ६ लाख कम्पोनेन्ट उत्पादन गर्न सकिन्छ ।
ब्याट्री प्रायः तीन खालका हुन्छन्, लिथियम आयोन (यसलाई NMC भनिन्छ), लिथियम...
काठमाडौं– इलेक्ट्रिक कार बिक्री गर्ने कम्पनीको उपस्थिती वढेसंगै यो...
जर्मन अटो निर्माता बीएमडव्लूले निर्माण गरेको प्रिमियम इलेक्ट्रि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...