दिब्योल लुब्रिकेन्ट्सको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न, नेपालमै उत्पादन थालिएको घोषणा

काठमाडौं– दिब्योल लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक विक्रेता सत्यदिप इन्टरनेश्नलले ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गान्दार आयल रिफाइनरी र सत्यदिप ग्रुपले दिब्योल लुब्रिकेन्ट्स नेपालमै उत्पादन थालिएको घोषणा समेत गरे ।

सोमबार ललितपुरमा आयोजना गरिएको उक्त कार्यक्रममा दिब्योल लुब्रिकेन्ट्सका तर्फबाट प्रबन्ध निर्देशक समिर पारेख, सेल्स हेड सिल्भानस परमार, नेपाल अटो मोकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपाने र सत्यदिप इन्टरनेश्नलका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्र लगायतको उपस्थिती रहेको थियो ।

१०० भन्दा बढि रिटेलर र मेकानिक्स सहभागी कार्यक्रममा दिब्योल लुब्रिकेन्ट्सको गुणस्तर र उपलब्ध प्रोडक्ट रेन्जका बारेमा जानकारी गराइएको थियो । सो अवसरमा गान्दार आयल रिफाइनरीका सेल्स हेड सिल्भानस परमारले दिब्योल लुब्रिकेन्ट्सको गुणस्तर, यसको विशेषता र नेपालमै उत्पादन थाल्नुको महत्वबारे प्रकाश पारे । पेट्रोलियम प्रोडक्ट उत्पादनमा विश्वकै अग्रणी मध्ये एक दिब्योल लुब्रिकेन्ट्स हाल विश्वका १०६ भन्दा बढी देशमा बिक्री हुँदै आएको उनको भनाई थियो ।

‘दिब्योलले हाल भारत, यूएई र नेपालमा उच्च गुणस्तरको लुब्रिकेन्ट्स उत्पादन गर्दै आएको छ । हामीसंग विश्वकै उत्कृष्ट फर्मूलेसन तथा रिसर्च एण्ड डेभ्लपमेन्ट सुबिधा छ । गुणस्तर अब्बल भएकै कारण मर्सिडिज बेन्ज, भोल्भो र अतुलजस्ता विश्व प्रख्यात ब्रान्डले दिब्योललाई आफ्नो सवारीसाधनमा प्रयोग गर्न सिफारिस गरेका छन् । हामीसंग लुब्रिकेन्ट्सका साथै अटो केयर प्रोडक्ट समेत उपलब्ध छ’ परमारले भने ।

सुलभ मूल्यमा गुणस्तरिय लुब्रिकेन्ट्स उपलब्ध गराएकै कारण आजका दिनमा दिब्योलको बजार विश्वभर विस्तार हुन सकेको उनले जिकिर गरे । नेपाली उपभोक्तालाई मूल्यमा थप सहुलित दिन र पहुँच विस्तार गर्ने हेतुले आफूँहरुले सत्यदिप ग्रुपसंग मिलेर नेपालमै यसको उत्पादन थालेको उनको भनाई छ ।

सत्यदिप ग्रुपका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्रले गान्दार आयल रिफाइनरीकै फर्मूलेसनमा आधारित भएर यसको उत्पादन नेपालमा गरिएको जानकारी गराए । उनले भने, ‘हामीले यसको सिन्थेटिक आयल बाहेक अधिकांश उत्पादन स्वदेशी उद्योग युनाईटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजमार्फत गर्दै आएका छौ । जुन प्लान्टबाट भिडोल र नेपाल गोल्ड लुब्रिकेन्ट्स समेत उत्पादन भइरहेको छ ।’

आफ्नै उद्योगबाट उत्पादन हुने हुँदा बजारको माग अनुसार ग्रेड र प्याक साइज उपलब्ध गराउन कुनै समस्या नरहेको उनले बताए । मिश्रका अनुसार सत्यदिप ग्रुपले नेपालकै सबैभन्दा ठूला र अत्याधुनिक लुब्रिकेन्ट्स प्लान्ट स्थापना गरेको छ । यस प्लान्टमा गुणस्तर जाँचका लागि सुबिधासम्पन्न ल्याबको समेत ब्यवस्था गरिएको छ ।

सम्बन्धित समाचारहरू

२१ जना नेपालीले स्टेडियममै पुगेर हेरे आइपीएल, गल्फ लुब्रिकेन्टले गरायो आइपीएल यात्रा

२१ जना नेपालीले स्टेडियममै पुगेर हेरे आइपीएल, गल्फ लुब्रिकेन्टले गरायो आइपीएल यात्रा

नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको...

रुकुम पश्चिम र सल्यानमा गल्फ लुब्रिकेन्टको रिटेलर तथा पीजीएम मिट सम्पन्न

रुकुम पश्चिम र सल्यानमा गल्फ लुब्रिकेन्टको रिटेलर तथा पीजीएम मिट सम्पन्न

काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ...

नेपाली अटोमोबाइल क्षेत्रका अनुभवी व्यवसायीहरुले बजारमा ल्याए नयाँ नेपाली लुब्रिकेन्ट

नेपाली अटोमोबाइल क्षेत्रका अनुभवी व्यवसायीहरुले बजारमा ल्याए नयाँ नेपाली लुब्रिकेन्ट

काठमाडौं – नेपाली बजारमा नयाँ नेपाली लुब्रिकेन्ट आरएपीएल (RAPL)...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...