फुल चार्जमा ७०० किलोमिटरको रेन्ज दिने इलेक्ट्रिक सुपरकार, ३५० किलोमिटर प्रतिघन्टा टप स्पिड
मिन मेटल मोटर्स (एमएमएम) नामको इन्डियन स्टार्टअपले भारतमा पहिलो पटक...
काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपालभर संचालन भएका सम्पूर्ण सरकारी सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको छ।
मन्त्रालयमा गत कातिक २८ गते बसेको बैठकले सम्पुर्ण सरकारी, संस्थान, संघ, प्रदेश र स्थानीय तहका सवारी साधनहरुमा आगामी फागुन मसान्तसम्म अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जोडी सक्नु पर्ने निर्णय गरेको हो। मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची २ को १४ अनुसार यस्तो निर्णय गरिएको जनाएको छ।
विभागका प्रवक्ता इश्वरी दत्त पनेरुका अनुसार आम नागरिकलाई इम्बोस्ड नम्बर प्लेट जडानका लागि प्रेरित गर्न यस्तो निर्णय गरिएको हो। पहिला सरकारी आफैले इम्बोस्ड नम्बर प्लेट जडान नगरी आम नागरिकलाई ताकेता गर्नु अस्वाभाविक भएको पनेरुले बताए।
यातायात व्यवस्था विभागको वेबसाइटमा गई इम्बोस्ड नम्बर प्लेटका लागि अनलाइन निवेदन दिन सकिन्छ। सोही बमोजिम नजिकको यातायात कार्यालयमा गई राजस्व विवरण तिरी इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ।
काठमाडौं उपत्यकाको हकमा यातायात कार्यालयमा गई राजस्व बुझाएपछि यातायात व्यवस्था विभाग मिनभवनमा गई नम्बर प्लेट जडान गर्न सकिन्छ।
उच्च सुरक्षा तथा प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट जडानबाट सवारी साधनको चोरी निकासी, राजस्व छली र आपराधिकरण नियन्त्रण हुने विभागको दावी छ।
मिन मेटल मोटर्स (एमएमएम) नामको इन्डियन स्टार्टअपले भारतमा पहिलो पटक...
काठमाडौं – वुलिङ एयर इलेक्ट्रिक कार खरिद गर्ने ग्राहकले ६० किलोमिटर रेन्ज...
वर्ष २०७९ मा गाडीको बिक्री ठप्पजस्तै हुनुमा बैंक तथा वित्तीय संस्थाले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...