सानदार फिचर सहित मारुती सुजुकीले ल्यायो वागनआर एक्सट्रा एडिसन
मारुती सुजुकीको लोकप्रिय ह्याचब्याक कार वागनआरले बजारमा कैयौ वर्षदेखि...
बजारमा एउटै इन्जिन, एउटै फिचर र एउटै बडी डिजाइन भएका धेरै कारहरु उपलब्ध छ । यद्यपि ती कारको नाम भने फरक छ ।
ब्रेजा/अर्बन क्रुजर
मारुती सुजुकीको कम्प्याक्ट एसयूभी ब्रेजा धेरै बिक्री हुने कार मध्ये एक हो । तर यसको इन्जिन र फिचर टोयोटाको अर्बन क्रुजर जस्तै छ । यो दुवै कारमा एउटै प्लेटफर्म प्रयोग गरिएको छ । यी कारको इन्जिन र फिचर ठ्याक्कै उस्तै छ साथै यसको बडी डिजाइन पनि समान छ । तर, कम्पनीको लोगो, नाम र कारको नाम दुबैमा फरक लेखिएको छ ।
ब्रेजा र अर्बन क्रुजरमा १४६२ सीसीको पेट्रोल इन्जिन उपलब्ध छ । यो इन्जिनले प्रतिलिटर १८ किलोमिटरसम्मको माइलेज दिन्छ । ब्रेजा अर्बन क्रुजरभन्दा धेरै भेरिएन्टमा उपलब्ध छ र ब्रेजाको सीएनजी भेरिएन्ट पनि बजारमा उपलब्ध छ ।
ग्राण्ड भिटारा/हाइराइडर
हालै मारुती सुजुकी र टोयोटाले ग्रान्ड भिटारा र हाइराइडर विकास गर्न साझेदारी गरेका छन् । दुबै कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध छ । सो कार हाइब्रिड इन्जिनको विकल्पमा पनि उपलब्ध छ । तर, यी दुवै कारको इन्जिनदेखि बडी सेलसम्म सबै समान राखिएको छ ।
ग्रान्ट भिटारा र हायराइडरमा १.४ लिटरको इन्जिन उपलब्ध छ । सो इन्जिनले १०१ बीएचपी पावर जेनेरेट गर्छ । कार टु ह्विल ड्राइभ र अल ह्विल ड्राइभ विकल्पमा उपलब्ध छ । सो इन्जिनले प्रति लिटर २५ किलोमिटरसम्मको माइलेज दिन्छ ।
इन्भिक्टो/इनोभा हाइक्रस
हालै मारुतीले सबैभन्दा महँगो एमपीभी कार इन्भिक्टो लन्च गरेको छ । कारमा हाइब्रिड इन्जिन प्रयोग गरिएको छ र यो कार टोयोटासँगको साझेदारीमा विकास गरिएको हो । कार पूर्णतया इनोभा हाइक्रसमा आधारित छ ।
इन्भिक्टो/इनोभा हाइक्रसमा १.९ लिटर पेट्रोल इन्जिन उपलब्ध छ । सो इन्जिनले १८३ बीएचपी पावर जेनेरेट गर्छ । यो कार ७ र ८ सिटर अप्सनमा उपलब्ध छ ।
टाइगुन/कुशाक
फक्सवागन टाइगुन र स्कोडा कुशाक एउटै प्लेटफर्ममा निर्मित कार हुन् । दुवैमा पेट्रोल इन्जिन समान दिइएको छ । कम्पनीले दुवै कारको डिजाइनमा केही परिवर्तन गरिए तापनि यसको फिचर भने समान राखिएको छ ।
यी दुबै कारमा टीएसआई पेट्रोल इन्जिन दिइएको छ । कारमा १.५ लिटर टीएसआई युनिट र १.० लिटर टर्बो पेट्रोल इन्जिन रहेको छ । १.० लिटर टीएसआई इन्जिनले ११५ बीएचपी पावर जेनेरेट गर्छ । त्यसैगरी १.५ लिटर इन्जिनबाट १४७ बीएचपीको पावर जेनेरेट हुन्छ ।
मारुती सुजुकीको लोकप्रिय ह्याचब्याक कार वागनआरले बजारमा कैयौ वर्षदेखि...
मारुती सुजुकीले भारतमा जारी अटो एक्सपो २०२३ मा नयाँ क्रसओभर फ्रंक्स...
मारुतु सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ई भिटाराले ५ स्टार रेटिङ पाएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...