स्कोडाको पुरानो कुशाक र फेसलिफ्ट संस्करणमा के छ फरक ?

स्कोडाले कुशाकको फेसलिफ्ट संस्करण सार्बजनिक गरेको छ । नयाँ मोडलमा डिजाइन, क्याबिन र सुविधामा महत्वपूर्ण सुधार गरिएको भए पनि प्लेटफर्म र मेकानिकल संरचनामा कुनै परिवर्तन गरिएको छैन।

पुरानो कुशाकमा बटरफ्लाइ ग्रिल र छुट्टाछुट्टै एलईडी टेललाइट दिइएको थियो । तर नयाँ २०२६ स्कोडा कुशाकमा भने अगाडिको भाग पूर्ण रूपमा परिमार्जन गरिएको छ । अब यसमा क्रोम रिबहरूले सजिएको थप ठाडो र चौडा फ्रन्ट ग्रिल दिइएको छ । यसमा सेग्मेन्टेड डीआरएलसहितका नयाँ एलईडी हेडलाइटहरू पहिलेभन्दा बढी शार्प र प्रिमियम देखिन्छ । पछाडिको भागमा एलईडी टेललाइट प्रयोग गरिएको छ । समग्रमा, नयाँ कुशाक बढी आक्रामक र आकर्षक देखिन्छ भने पुरानो मोडेल आफ्नो समयका लागि सन्तुलित डिजाइन मानिन्थ्यो।

यसको क्याबिनको लेआउटमा ठूलो परिवर्तन गरिएको छैन, तर रङ संयोजन र सामग्रीको गुणस्तरमा सुधार गरिएको छ। यसले नयाँ मोडललाई अझ ताजा र प्रिमियम अनुभूति दिन्छ । अघिल्लो कुशाकमा एनालग डिजिटल संयोजनको इन्स्ट्रयुमेन्ट क्लस्टर रहेकोमा नयाँ फेसलिफ्टमा पूर्ण रूपमा डिजिटल उपकरण क्लस्टर उपलब्ध छ। प्यानोरामिक सनरुफ अब आकारमा ठूलो भएको छ।

नयाँ कुशाकमा ठूलो १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, फ्रन्ट पार्किङ सेन्सर, रेन सेन्सिङ वाइपर र भेरिएबल ज्यामिति कम्प्रेसर सहितको सुधारिएको एयर कन्डिसनिङ सिस्टम समावेश गरिएको छ । नयाँ कुशाकमा कनेक्टेड कार प्रविधि र थप कम्फर्ट सुविधा पनि थपिएको छ । कम्पनीले अब बेस भेरिएन्टमै सनरुफ उपलब्ध गराउन थालेको छ ।

स्कोडा कुशाकको पुरानो र नयाँ दुवै संस्करणले ग्लोबल एनक्यापबाट ५ स्टार सेफ्टी मूल्याङ्कन प्राप्त गरेको छ । यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टमजस्ता सुविधा मानक रूपमा उपलब्ध छ ।

नयाँ कुशाकमा पहिलेझैँ १.० लिटर टीएसआई टर्बो पेट्रोल इन्जिन, जसले ११५ पीएस पावर उत्पादन गर्छ र १.५ लिटर टीएसआई टर्बो पेट्रोल इन्जिन, जसले १५० पीएस पावर दिन्छ, उपलब्ध छ । महत्वपूर्ण अपडेट भने १.० लिटर भेरिएन्टमा देखिन्छ, जहाँ अघिल्लो ६ स्पिड अटोमेटिक गियरबक्सको सट्टा अब ८ स्पिड अटोमेटिक ट्रान्समिसन दिइएको छ। १.५ लिटर इन्जिनमा भने पहिलेझैँ डीएसजी गियरबक्स विकल्प कायम राखेको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...