डिएफएसकेको विन्टर अफर : १० लाख डाउनपेमेन्टमै ग्लोरी ५६०, नगद छुुट र एक्सचेन्ज बोनस पनि

डिएफएसके मोटर्सको नेपालका लागि आधिकारिक बितरक कुजु नेपालले विन्टर अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ग्राहकले १० लाख रुपैयाँ डाउनपेमेन्ट गरेकै भरमा ग्लोरी ५६० एसयुभी खरिद गर्न सक्नेछन् । यो एसयुभीको मूल्य ५८ लाख ५० हजारदेखी ६४ लाख ५० हजार रपैयाँसम्म निर्धारण गरिएको छ ।

यो एसयुभी खरिद गर्न हाल बिद्यामान अटो लोनको प्रावधान अनुसार कम्तिमा पनी २९ लाख २५ हजारदेखी ३२ लाख ५० हजार रुपैयाँसम्म भुक्तानी गर्नु पर्नेमा कुजु नेपालले जम्मा १० लाख मात्र डाउनपेमेन्ट गरेकै भरमा गाडी उपलब्ध गराउने योजना ल्याएको हो । बाँकी रकमलाई सरल किस्ताबन्दिमा भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ ।

यसको अतिरिक्त ग्राहकले २ लाख ५० हजार रुपैयाँ नगद छुट र ५० हजार एक्सचेन्ज बोनस समेत प्राप्त गर्न सक्ने बताइएको छ । डिएफएसकेको हाल बजामरा ग्लोरी ५६० सहित ग्लोरी ५८० र ग्लोरी आई– अटो गरी ३ मोडलका एसयुभी उपलब्ध छन् । चिनियाँ ब्रान्डको यो एसयुभीलाई कम्पनीले इन्डोनेशियाबाट आयत गरी कारोबार गर्दै आइरहेको छ । १ हजार ५ सय सिसी क्षमताको यो एसयुभी आकर्षक लुक्स र आधुनिक फिचर्सका कारण लोकिप्रय बनिरहेको छ ।

ग्लोरी ५६० को अधिकतम पावर १४८ बिएचपी र टर्क २३० एनएम रहेको छ । ग्लोबल एनक्यापले गरेको क्र्यास टेस्टमा ५ स्टार सेफ्टि रेटिङ पाएको यो एसयुभीमा एउटा आधुनिक र सुबिधासम्पन्न एसयुभीमा उपलब्ध हुनुपर्ने प्राय सम्पूर्ण फिचर्स समाबेश गरिएको छ ।

सम्बन्धित समाचारहरू

जेएसडब्ल्यू एमजीको नयाँ इलेक्ट्रिक कारले २४ घण्टामै पायाे ८ हजार बुकिङ

जेएसडब्ल्यू एमजीको नयाँ इलेक्ट्रिक कारले २४ घण्टामै पायाे ८ हजार बुकिङ

जेएसडब्ल्यू एमजीले हालै लन्च गरेको नयाँ इलेक्ट्रिक कार विन्डसर प्रोले...

अटो एक्सपो २०२५ मा जेएसडब्ल्यू एमजीको साइबरस्टर इलेक्ट्रिक सुपर कार प्रस्तुत

अटो एक्सपो २०२५ मा जेएसडब्ल्यू एमजीको साइबरस्टर इलेक्ट्रिक सुपर कार प्रस्तुत

जेएसडब्ल्यू एमजीले भारतीय बजारमा नयाँ गाडीको रूपमा एमजी साइबरस्टर...

सिन्धुलीमा एमजी एस५ ईभीको टेस्ट ड्राइभ

सिन्धुलीमा एमजी एस५ ईभीको टेस्ट ड्राइभ

काठमाडौं – नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...