बढ्दो मागका कारण शाओमीले बढायो लक्ष्य, यो वर्ष १ लाख ३० हजार ईभी डेलिभरी गरिने

चाइनिज कम्पनी शाओमीले यो वर्ष डेलिभरी गरिने इलेक्ट्रिक कारको संख्या बढाएर १ लाख ३० हजार पु¥याउने घोषणा गरेको छ । तेस्रो त्रैमासिक रिपोर्ट अनुसार ३०.५ प्रतिशत आय बढेको रिपोर्ट सार्वजनिक भएसँगै कम्पनीले तेस्रो पटक यो सख्या परिमार्जन गरेको हो ।

यो वर्षको प्रारम्भमा शाओमीले लन्च गरेको एसयू७ सेडान ७६ हजार युनिट बिक्री गर्ने लक्ष्य लिएको थियो । पछि माग बढ्दै जादा यो संख्या १ लाख २० हजार पु¥याउने बताइएको थियो भने अब झनै बढाएर १ लाख ३० हजार पु¥याउने बताएको हो । शाओमीका सीईओ लेई जुनले सामाजिक सञ्जालमार्फत सो जानकारी सार्वजनिक गरेका हुन् ।

गत मार्चमा स्मार्टफोन निर्माता कम्पनी शाओमीले चाइनिज बजारमा सो इलेक्ट्रिक एसयूभी लन्च गरेको थियो । यसको बेस मोडलको मूल्य ३० हजार डलर भन्दा कम राखिएको थियो, जुन चीनमा टेस्ला मोडल ३ को मूल्य भन्दा ४ हजार डलर कम थियो । यसमा भएका विभिन्न फिचर, स्टाइल र मूल्यका कारण चीनको ईभी बजारको भिडमा समेत शाओमी एसयू७ ले फरक पहिचान कायम गरेको छ ।

चीनमा ईभी र प्लग–इन–हाइब्रिड सवारी साधनको बिक्री लगातार रुपमा बढिरहेको छ र यो विश्वकै ठूलो ईभी बजार बनेको छ । गत अक्टोबरमा गत वर्ष भन्दा ५६.७ प्रतिशत बढी यस्ता गाडी बिक्री भए र ग्यासोलिन कार भन्दा यस्ता कार बढी बिक्री भएको रेकर्ड कायम भयो ।

शाओमीले गत जुन देखि ईभी उत्पादन कार्यलाई दोब्बर बनाएको छ र १ लाख १० हजार डलर मूल्यको प्रिमियम एसयू७ अल्ट्रा मोडल समेत लन्च गरेको छ ।

शाओमीका अध्यक्ष लु वेबिङले प्रतिमहिना २० हजार कार उत्पादन गर्ने क्षमता कम्पनीसँग रहेको र आगामी दिनमा यो क्षमता अझै बढ्न सक्ने सम्भावना समेत व्यक्त गरेका छन् ।

सम्बन्धित समाचारहरू

६२० किमी रेन्ज दिने स्काइवेलका विद्युतीय कार नेपाल प्रस्थान, जनवरीमै नेपाल भित्रिने

६२० किमी रेन्ज दिने स्काइवेलका विद्युतीय कार नेपाल प्रस्थान, जनवरीमै नेपाल भित्रिने

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा बढी रेन्जको इलेक्ट्रिक कार...

१२० किलोमिटर रेन्ज भएको नयाँ इलेक्ट्रिक बाइकको उत्पादन प्रारम्भ

१२० किलोमिटर रेन्ज भएको नयाँ इलेक्ट्रिक बाइकको उत्पादन प्रारम्भ

टोर्क मोटर्स कम्पनीले टोर्क क्रेटोस इलेक्ट्रिक बाइकको पहिलो युनिट...

मर्सिडिज–बेन्ज र जिली ग्लोबलसँग सहकार्य भएको ‘स्मार्ट’ ब्रान्ड अब नेपालमा चाडै लञ्च हुने

मर्सिडिज–बेन्ज र जिली ग्लोबलसँग सहकार्य भएको ‘स्मार्ट’ ब्रान्ड अब नेपालमा चाडै लञ्च हुने

काठमाडौं – सीजी मोटर्सले नयाँ ईभी स्मार्ट #१ र स्मार्ट #३ नेपालमा लञ्च गर्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...