शाओमीेको पहिलो इलेक्ट्रिक कार चीनमा लन्च, यस्तो छ विशेषताहरु

चिनियाँ टेक कम्पनी शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ चीनमा लन्च गरेको छ । कम्पनीका संस्थापक तथा सीईओ लेई जुनले सोसल मिडिया मार्फत यसलाई टेस्ला मोडल ३ सँग तुलना गरेका छन् । सो कार मे महिनामा चिनियाँ बजारमा उपलब्ध हुनेछ ।

कम्पनीले इलेक्ट्रिक सेडानलाई एसयू७, एसयू७ प्रो र एसयू७ म्याक्स गरी ३ भेरिएन्टमा लन्च गरेको छ र यसको प्रारम्भिक मूल्य ३० हजार देखि ४० हजार डलर सम्म राखिएको छ । सो अल इलेक्ट्रिक सेडान बेइजिङ अटोमोटिभ इन्डस्ट्री होल्डिङ कम्पनी लिमिटेडद्वारा निर्मित हुनेछ । यो इलेक्ट्रिक कुपे सेडान एसयू७ अटोनोमस ड्राइभिङ टेक्नोलोजीको साथ आउनेछ, जसले शाओमीको हाइपर ओएसमा काम गर्नेछ । कम्पनीले यो कार २०२४ को शुरुमा विश्व बजारमा पनि लन्च गर्नेछ । विश्व बजारमा यसले पोर्श ९११, बीएमडब्लु आई४, बीवाईडी सिल र टेस्ला मोडल ३ जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।

शाओमी एसयू७ को फ्रन्ट डिजाइन नयाँ म्याक्लेरेन्सबाट प्रेरित छ । एसयू७ मा २४५÷४५ आर१९ र २४५÷४० आर२० टायरका साथ १९ र २० इन्चको अलोय ह्विलको विकल्प छ । एसयू७ तीन रङमा उपलब्ध छ । यसको लम्बाइ ४९९७ एमएम, १९६३ एमएम, हाइट १४५५ एमएम र ह्विलबेस ३००० एमएम छ । कारमा १०५ लिटरको ठूलो फ्रङक स्पेस र ५१७ लिटरको बुट स्पेस छ ।

सो कार २ पावरट्रेन विकल्पमा प्रस्तुत गरिएको छ । यसको एसयू७ भेरिएन्टमा रियर ह्विल ड्राइभको साथमा २२० किलोवाटको भी६ मोटर जडान गरिउको छ, जसले २९९ पीएसको पावर र ४०० एनएमको टर्क उत्पादन गर्छ । सो कारले ५.२८ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने र टप स्पिड २१० किमी प्रतिघण्टा हुने कम्पनीको दाबी छ ।

दोस्रो विकल्पमा अल ह्विल ड्राइभको साथमा ४९५ किलोवाटको भी६एस ड्युअल मोटर सेटअप छ, जसले ६७३ पीएस पावर र ८३८ एनएमको टर्क उत्पादन गर्छ । सो कारले २.७८ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने र टप स्पिड २६५ किलोमिटर प्रतिघण्टा हुने कम्पनीको दाबी छ । कारमा टप लेभल ब्रेकिङ सिस्टम पनि दिइएको छ । यसमा ४ पिस्टन क्यालिपर, बोश डीपीबी ब्रेक कन्ट्रोलर र बोश ईएसपी १०.० स्टेबिलिटी कन्ट्रोल सिस्टम समावेश छ ।

कारमा ७३.६ किलोवाटको लिथियम आयरन फस्फेट र १०१ किलोवाट सीएटीएल सेल टु बडी गरी दुईवटा ब्याट्री प्याक विकल्प उपलब्ध छ । जसले क्रमश फुल चार्जमा ६६८ किलोमिटर र ८०० किलोमिटर प्रति घण्टाको रेन्ज प्रदान गर्छ । चार्जिङको लागि दुवै भेरियन्टमा ८०० भोल्टको हाइपर चार्जर उपलब्ध गराइनेछ । यो चार्जरले ५ मिनेट चार्जमा २२० किलोमिटर र १५ मिनेट चार्जमा ५१० किलोमिटरको रेन्ज उपलब्ध गराउने शाओमीको दाबी छ ।

एसयू७ को इन्टेरियर ड्यासबोर्डमा ३के रिजोल्युसन भएको १६.१ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन र पछाडिको यात्रुका लागि २ वटा साना ७.१ इन्चको एलसीडी उपलब्ध गराइएको छ । कम्पनीले एसयू७ मा स्मार्टफोन वा ट्याब्लेटलाई मिरर गर्न सकिने बताए । साथै क्यामेरा, रोबोट भ्याकुम क्लिनर आदि जस्ता एमआई होम उपकरणहरू एसयू७ ईभीसँग सजिलै जडान गर्न सकिनेछ ।

सो कार एक पटक फुल चार्ज गरेपछि ८०० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । यसका साथै कारले सेन्ट्रल कन्ट्रोल डिस्प्ले, थ्री–स्पोक स्टेयरिङ ह्विल र बी–पिलर क्यामेराबाट फेस–रिकग्निसन अनलक गर्ने जस्ता फिचर पनि समावेश छ ।

सम्बन्धित समाचारहरू

३५ हजार रुपैयाँसम्म बढ्यो ओकिनावा स्कुरको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

३५ हजार रुपैयाँसम्म बढ्यो ओकिनावा स्कुरको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

इलेक्ट्रिक स्कुटर ओकिनावाको नयाँ मूल्य सूची सार्वजनिक भएको छ । उक्त...

विद्युतिय कारमा बिक्री पछिको सेवा, विक्री बढ्यो तर नेटवर्क वढेन

विद्युतिय कारमा बिक्री पछिको सेवा, विक्री बढ्यो तर नेटवर्क वढेन

विक्री पछिको सेवा अर्थात आफ्टर सेल्स सिर्भिस अटोमोवाइल व्यवसायमा...

राफ्ट इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम महाराजगञ्जमा, कुलामान घिसिङले गरे उद्घाटन

राफ्ट इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम महाराजगञ्जमा, कुलामान घिसिङले गरे उद्घाटन

राफ्ट इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईएमई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...