जिरो इन्जिनियरिङले सौराहा सम्म च्यारिटी सहितको राइड कार्यक्रम गर्दै
काठमाडौं – जिरो इन्जिनियरिङ मोटरसाइकलले काठमाडौँबाट सौराहा सम्मको राइड...
भारतको नयाँ दिल्ली सरकारले १५ वर्षभन्दा पुराना सवारी साधनलाई अप्रिल १ देखी इन्धन नदिने बताएको छ ।
दिल्लीका वातावरणमन्त्री मनजिन्दर सिंह सिरसाले १५ वर्ष वा सोभन्दा पुराना सवारी साधनलाई १ अप्रिलदेखि इन्धन नदिने घोषणा गरेका हुन् ।
१५ वर्ष वा सोभन्दा पुराना गाडीको अवस्था पत्ता लगाउन नव गठित दिल्ली सरकारले एक विशेष पाइलट प्रोजेक्ट सुरु गरेको छ । विशेष ग्याजेट प्रयोग गर्ने भनिएको यो प्रणाली ५ सय पेट्रोल पम्पमा जडान गरिएको छ । त्यस्ता सवारी साधनको पहिचान गर्न विशेष टोली गठन गरिने पनि सिरसाले बताए ।
सरकारले राष्ट्रिय हरित न्यायाधिकरणको २०१५ आदेशलाई कडाईका साथ लागू गर्ने लक्ष्य राखेको छ, जसले १० वर्ष पुरानो डिजेल र १५ वर्ष पुरानो पेट्रोल र सीएनजी सवारी साधनहरूमा प्रतिबन्ध लगाएको छ ।
एयरपोर्ट वरपरका सवारी साधनको आवतजावतमा उत्सर्जन स्तरको अनुगमन गरिने सिरसाले बताए । सरकारले वृक्षारोपण अभियान सञ्चालन गर्न ऋण प्रणाली तथा क्लाउड सीडिङका लागि योजनाहरू पनि अघि सारेको छ ।
काठमाडौं – जिरो इन्जिनियरिङ मोटरसाइकलले काठमाडौँबाट सौराहा सम्मको राइड...
सरकारले आगामी असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य...
यात्रा रमाइलो भए गन्तव्यको अर्थ हराउँछ। कारबाट लामो दूरीको यात्रा गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...