नेपालमा दिपल एस०७ को ‘लोभलाग्दो’ सफलता

डेढ वर्षमा ९०० बढी बिक्री सम्भव बनाएको ‘इटालियन डिजाइन’ र ‘चिनियाँ प्रविधि’ को अभुतपूर्व संगम

२०२४ मार्चमा एमएडब्लु वृद्धिले दिपल एस०७ लाई नेपाली बजारमा भव्य रुपमा लन्च गरेदेखि यसले विद्युतीय गाडी कस्तो हुनसक्छ भन्ने मापदण्डलाई परिभाषित गरेको छ ।

एस०७ एउटा कम्प्याक्ट एसयूभी मात्र होइन, परिवर्तनको प्रतिक समेत हो, जसले इटालियन सौन्दर्य र चिनियाँ इलेक्ट्रिक इन्जिनियरिङमार्फत नेपाली सडकमा पहिले कहिल्यै नदेखिएको ड्राइभिङ अनुभव दिलाइरहेको छ ।

भविष्यवादी डिजाइन
डिजाइनको राजधानी मानिने इटालीको टुरिनमा लेजेन्डरी डिजाइन बर्नाड बेक र उसको दुरदर्शी टिमले डिजाइन गरेको दिपल एस०७ हरेक कोणबाट अरुभन्दा पृथक छ । यसको कुपे स्टाइलको सिलहट, आक्रामक एरोडाइनामिक्सले सुन्दरता र गतिशिलता दुवैलाई बेजोड ढंगले सन्तुलन गरेको छ ।

यसमा रहेको फ्रेमलेस डोर, फ्लस पप आउट ह्यान्डल, स्टार फ्लेम टेललाइटसँग जोडिएको स्टार पेटल एलईडी डीआरएल, इलेक्ट्रिकल्ली रिट्याक्टेबल मिरर र पानोरामिक ग्लास रुफले दिपल एस०७ लाई लक्जरियस लुक दिन्छ । यसको इन्टेरियरले कुनै सम्भ्रान्तको जहाजको अनुभव दिलाउँछ । भेन्टिलेटेड सिट, ६४ कलर कस्टमाइजेबल एम्बियन्ट लाइट र डुअल टोन प्रिमियम अपहोल्स्ट्री सबैले यसलाई प्रिमियम बनाएको छ ।

दिपल एस०७ मा रहेको ९९ किलोवाट र १६० किलोवाटको मोटरले इन्स्ट्यान्ट एसिलेरेसको अनुभव दिलाउँछ । ३२० एनएमको इन्स्ट्यान्ट टर्कले गर्दा मात्र ७ सेकेन्डमा यसले ० देखि १०० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ । यसको पहिलो भेरिएन्टले ४१० किलोमिटरको रेन्ज दिन्छ भने लङ रेन्ज भेरिएन्टले ४८५ किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । यसको अल्ट्रा लो ड्रयाग कोफिसेन्ट (०.२५८ सीडी) ले इफिसेन्सीलाई बढाउनुका साथै शान्त यात्रालाई सम्भव बनाउँछ ।

‘जादुयी’ प्रविधि
एस०७ स्मार्ट मात्र छैन दुरदर्शी पनि छ । यसमा १५.६ इन्चको सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, हार्मोनी ओएस र स्न्याप ड्रागन ८१५५ चिपसेटले कनेक्टिभिटीलाई बेजोड बनाउँछ । वायरलेस कारप्ले र जेस्चर कन्ट्रोल पक्कै पनि आधुनिक चालकका लागि तयार गरिएको छ ।

सुरक्षा पहिलो प्राथमिकता
एस०७ मा हुवावेको कियानकुन एडास सिस्टम छ जुन सो क्लासलाई मिल्नेखालको छ । साथै, लेन किप असिस्ट, ब्ल्यान्ड स्पट मनिटरिङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री क्यामेरा, फ्याटिङ मनिटरिङ, इन्टेलिजेन्ट पार्किङ असिस्टेन्सले यसको यात्रीको सुरक्षालाई प्रत्याभूत गर्छ ।

नेपालको नं. १ लक्जरी ईभी
नेपालमा सार्वजनिक भएको एक वर्षमा ९ सयभन्दा बढी दिपल एस०७ बिक्री भएर यो नम्बर १ लक्जरी ईभी ब्रान्ड बन्न सफल भएको कम्पनीको दावी छ । कम्पनीको भनाइ छ – यो कुनै कार मात्र होइन आन्दोलन हो । आविष्कार, सौन्दर्य र आत्मविश्वासको प्रतिक हो जसको उदयलाई नेपाली अटोमोबाइल जगतको नयाँ मोड मान्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

४०० किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर लन्च, के–के छन् विशेषता ?

४०० किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर लन्च, के–के छन् विशेषता ?

सिम्पल इनर्जीले आफ्नो जेन–२ इलेक्ट्रिक स्कूटर लन्च गरेको छ । तीन...

फिचर थप भएर आयो टिगोर इभीको दुई नयाँ भेरिएन्ट, यस्तो छ मूल्य

फिचर थप भएर आयो टिगोर इभीको दुई नयाँ भेरिएन्ट, यस्तो छ मूल्य

टाटा मोटर्सले आज टिगोर इभीको दुई नयाँ भेरिएन्ट लन्च गरेको छ । यसअघि कारोबार...

१० हजारमै लेभ्निङको इलेक्ट्रिक स्कुटर लिन सकिने, यस्तो छ योजना

१० हजारमै लेभ्निङको इलेक्ट्रिक स्कुटर लिन सकिने, यस्तो छ योजना

काठमाडौं – पेट्रोलियम पदार्थ महंगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...