काठमाडौंमा पहिलाे पटक देखियाे दिपल एस०५ ईभी

काठमाडौंकाे सडकमा नयाँ ईभी दिपल एस०५ पहिलाे पटक देखिएकाे छ । नेपाली बजारमा लन्च गर्ने तयारीमा रहेकाे साे ईभी यसरी सडकमा देखिएको हाे ।

साे ईभी आगामी भदौ ३ गतेबाट सुरु हुने नाडा अटो शोमार्फत औपचारिक लन्च हुने तयारीमा छ ।

नेपालका लागि दिपलकाे आधिकारिक वितरक एमएडब्लु बृद्धिका अनुसार दिपल एस०५ तीनवटा भेरिएन्टमा उपलब्ध हुनेछ । जसअनुसार, लाइट भेरिएन्टको मूल्य ६२ लाख ९९ हजार, प्लसको ६५ लाख ९९ हजार र म्याक्सलाई ६७ लाख ९९ हजार रुपैयाँ पर्ने बताइएको छ । भन्सार प्रयाेजनका लागि सार्वजनिक साे मूल्य पछि परिवर्तन पनि हुन सक्नेछ ।

एस०५ लाई कम्पनीले थाइल्यान्डबाट आयात गरी ल्याउन लागिएको हो । यस इलेक्ट्रिक एसयूभीमा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ भने ब्याट्रीका विषयमा कुनै जानकारी दिइएको छैन ।

चीनमा लन्च हुँदा दिपल एस०५ सो ब्रान्डको ‘इन्टरस्टेलर फ्लाइङ विङ’ डिजाइनमा र पाँच पेन्ट कलरमा उपलब्ध छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४६२०, १९०० र १६०० एमएम छ भने ह्विलबेस २८८० एमएम छ ।

कारमा प्रयोग गरिएको दिपल फोरके इन्टेलिजेन्ट क्यामेरामा ६४जी स्टोरेज स्पेस उपलब्ध छ र यसमा २१ हजार फोटोहरु वा १२ घण्टाको भिडियो स्टोर गर्न सकिन्छ । त्यसैगरी यसमा भएको हुवावे एक्सपिक्सेलको सहयोगले चल्ने १.३ मिलियन पिक्सेलको इन्टेलिजेन्ट हेडलाइटले १२० इनचको स्क्रिन प्रोजेक्सन गर्न सक्छ ।

यसमा भएको प्रविधि पनि लोभ लाग्दो छ । यसमा एडेप्टिभ क्रुज कन्ट्रोल, लेन सेन्टरिङ कन्ट्रोल र इन्टेलिजेन्ट पार्किङ असिस्ट जस्ता एड्भान्स्ड ड्राइभिङ असिस्टेन्स फङसनको अनुभवका लागि पाँच वटा हाई डेफिनेसन क्यामेरा, पाँच एमएमका वेभ राडार र १२ अल्ट्रासोनिक राडार रहेका छन् । यसमा हाई स्ट्रेन्थ स्टिल आल्मुनियम बडी र ६ एयरब्याग रहेका छन् ।

यद्यपि नेपालमा उपलब्ध हुने गाडीमा हुने फिचरकाे वारेमा भने कम्पनीले आधिकारिक रुपमा पछि नै सार्वजनिक गर्ने बताइएको छ ।

सम्बन्धित समाचारहरू

पहिलेकै मूल्यमा उपलब्ध भयो सेरेस ३ को अपग्रेडेड भर्सन

पहिलेकै मूल्यमा उपलब्ध भयो सेरेस ३ को अपग्रेडेड भर्सन

काठमाडौं – नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...

२५० किमी रेन्ज दिने भारतको पहिलो क्रुजर इलेक्ट्रिक बाइक र भेनिस ई–स्कुटर सार्वजनिक

२५० किमी रेन्ज दिने भारतको पहिलो क्रुजर इलेक्ट्रिक बाइक र भेनिस ई–स्कुटर सार्वजनिक

कोमाकीले आफ्नो पहिलो इलेक्ट्रिक क्रुजर बाइक कोमाकी रेन्जर भारतमा लन्च...

चार्जिङ नेटवर्क विस्तारमा आक्रामक बन्दै सीजी मोटर्स, देशकै ठूलो नेटवर्क बन्दै

चार्जिङ नेटवर्क विस्तारमा आक्रामक बन्दै सीजी मोटर्स, देशकै ठूलो नेटवर्क बन्दै

काठमाडौं – नेपालमा किङलङ र केवाईसी लगायतका इलेक्ट्रिक सवारी साधन उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...