टेस्लाले ग-यो दुई ईभीको टिजर सार्वजनिक, अझै सस्तो ईभी आउने
टेस्लाले हालै वार्षिक सेयर होल्डर मिटिङ सम्पन्न गरेको छ । सो अवसरमा दुई ईभी...
काठमाडौं – नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आगामी ३१ भाद्रदेखि ३ असोज सम्म काठमाडौं, गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कानिर्भल आयोजना गर्ने भएको छ ।
सो विशेष इभेन्टमा ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडीलाई साटेर नयाँ ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ दिपलका ईभीहरु खरिद गर्न सक्ने कम्पनीको भनाइ छ ।
दिपलमा अपग्रेड हुने अभुतपूर्व मौका
दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि–बजेट मूल्य अर्थात ७१ लाख ९९ हजार रुपैयाँमा दिपलको निकै रुचाइएको प्रिमियम ईभी एस०७ खरिद गर्न सक्ने छन् । यसका लागि ग्राहकले नेपालकै टप ६ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउन सक्ने छन् ।
यसका साथै उनीहरुले थप एक्सचेन्ज बोनस पाउने छन्, जसले उनीहरुको दिपल यात्रालाई थप सहज बनाउने अपेक्षा एमएडब्लु वृद्धिले लिएको बताएको छ । यसबाहेक एक्सचेन्ज कार्निभलमा अन–स्पट डेलिभरी, अन–स्पट फाइनान्स र फ्रि एसेसरिज पाउने छन्, जसमा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर हुनेछ । साथै, ग्राहकले गाडीको भ्यालुएसन र बुकिङमा गिफ्ट पाउने छन् ।
किन दिपलका ईभी किन्ने ?
नेपालमा एमएडब्लु वृद्धिले दिपल एस०७ र एल०७ गरी दुई मोडल बिक्री गर्दै आएको छ । यी ईभीहरु एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् जसले नेपाली इलेक्ट्रिक सवारीसाधनको बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ ।
पाँच महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल एस०७ लाई यसको डिजाइन र फिचरका कारण नेपाली बजारले तुरुन्तै रुचाएको थियो । दिपल ईभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआई सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चार ड्राइभिङ मोड, १२५ लिटरको फ्रंक, हेडरेस्ट र आउटडोरसहित १४ वटा स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरहरु छन् जुन अझै पनि सेग्मेन्टका अन्य मोडलहरुमा उपलब्ध छैन ।
एमएडब्लु वृद्धिले दिपल एक्सचेन्ज कानिर्भलमा फ्युचरिस्टिक दिपल ईभीमा अपग्रेड गर्न सबै ईभीप्रेमीलाई आमन्त्रण गरेको बताएको छ ।
टेस्लाले हालै वार्षिक सेयर होल्डर मिटिङ सम्पन्न गरेको छ । सो अवसरमा दुई ईभी...
काठमाडौं – एमजी गाडीको विद्युतीय सवारी साधन किन्नका लागि प्रभु बैंकले ऋण...
पोखरा बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो३ गत शनिबार पोखरामा सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...