दिपल ईभी बुटवलमा सार्वजनिक, डिजाइन र टेक्नोलोजीका कारण ग्राहकको रोजाइमा परेको दावी

बुटवल – नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले निकै नै सफल मानिएको ईभी दिपललाई लुम्बिनी प्रदेशको बुटवलमा सार्वजनिक गरेको छ ।

आइतबार बुटवलमा आयोजना गरिएको समारोहमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, एमएडब्लु वृद्धिका सीईओ जोजु जोस थाटिल लगायतले फ्युचरिस्टिक डिजाइन र कटिङ एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ ईभी सार्वजनिक गरे ।

दिपल ईभी सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी प्रदेशमा दिपल र चांगानको सफलताको कामना गरे । उनले चांगान र अन्य ब्रान्डहरुले विक्री मात्र नभई विक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

बुटवलका लागि चांगानको डिलर जेनोस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्र कुमार श्रेष्ठले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताए । ‘दिपलले काठमाडौंमा मात्र होइन लुम्बिनीमा पनि बजार तताइसकेको छ । हामीले ग्राहकहरुबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेका छौं ।,’ उनले भने ।

चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको १६२ वर्ष लामो विरासत छ । ६ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल ईभी अहिलेसम्ममा ६ सयभन्दा बढी विक्री भइसकेको कम्पनीको भनाइ छ । विशेषतः यसको डिजाइन र टेक्नोलोजीका कारण यो ग्राहकको रोजाइमा परेको हो ।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेस्ट र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फर्स्ट टाइम फिचरहरु छन् जसका कारण यो ईभी नेपाली बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको कम्पनीले जानकारी दिएको छ ।

एमएडब्लु वृद्धिले कात्तिक २७ गतेबाट बुटवलमा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दैछ । बुटवलको क्लब डेनोभोमा आयोजना हुने कार्यक्रममा ग्राहकले दिपल प्रिबजेट प्राइसमा, सेरेस ४५ लाख ४९ हजार रुपैयाँमा र नामीमा ७ किलोवाटको निशुल्क चार्जर पाउने छन् ।

ग्राहकले ३ वटा रिकन्डिसन हाउसबाट बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पनि पाउने छन् ।

सम्बन्धित समाचारहरू

परिक्षणको दौरान पोल्यान्डमा देखियो सुजुकीको पहिलो इलेक्ट्रिक कार

परिक्षणको दौरान पोल्यान्डमा देखियो सुजुकीको पहिलो इलेक्ट्रिक कार

सुजुकीको पहिलो इलेक्ट्रिक कार पोल्यान्डमा परिक्षण हुँदै गर्दा देखिएको छ ।...

२ लाख घटेर आयो नयाँ कोना जीएल, यस्तो छ मूल्य र फिचर

२ लाख घटेर आयो नयाँ कोना जीएल, यस्तो छ मूल्य र फिचर

काठमाडौ– हुन्डाइको लोकप्रिय इलेक्ट्रिक कार कोना जीएल २ लाख रुपैयाँ सस्तो...

तिहार अघि साझाका ३७ बिजुली बस नेपाल आउँदै

तिहार अघि साझाका ३७ बिजुली बस नेपाल आउँदै

काठमाडौं – साझा यातायातका ३७ बिजुली बस नेपालका लागि प्रस्थान गरेका छन् ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...