विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा, मूल्य र फिचर यस्तो

काठमाडौं । विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा एक कार्यक्रमका बिच औपचारिक रुपमा लन्च गरिएको छ । एक कार्यक्रमका बिच नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले सो एसयूभी सार्वजनिक गरेको हो ।

अटोमोबाइल प्रविधिको ‘चमत्कार’ का रूपमा लिइने दिपल ई०७ लाई एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, चांगन अटो एसिया प्यासिफिक उपाध्यक्ष गुआन जिन र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा सार्वजनिक गरे ।

दिपल ई०७ ‘रियर ह्विल ड्राइभ’ र ‘अलह्विल ड्राइभ’ मा उपलब्ध छ । रियर ह्विल ड्राइभ भेरियन्टमा १९० किलोवाटको मोटर प्रयोग गरिएको छ, जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्छ । यसमा ८९.९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ । यसले ५ सय ६६ किलोमिटरको सिंगल चार्ज रेन्ज दिने छ ।

त्यसैगरी अलह्विल ड्राइभ भेरियन्टले ४४० किलोवाटको पावर र ६४५ एनएम टर्क उत्पन्न गर्छ । २४० किलोवाट आवरसम्मको फास्ट डीसी चार्जमा जोड्न सकिने यो ईभी लामो यात्राका लागि तुरुन्त रिचार्ज गर्न सक्ने क्षमताको छ ।

दिपल ई०७ सेतो, कालो, खरानी र हरियो गरी चार रङमा उपलब्ध छ । १ करोड ३ लाख ९९ हजार रुपैयाँ तोकिएको रियर ह्विल ड्राइभ ई०७ को सुरुवाती मूल्य केही समयका लागि ९९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै अलह्विल ड्राइभको मूल्य १ करोड ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । 

‘भर्सटाइल, इन्टेलिजेन्ट, क्यापाबल र स्टाइलिस’ दिपल ई०७ ले मानव जातिको यात्रा अनुभवमै क्रान्ति ल्याउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

दिपल ई०७ संसारकै पहिलो ‘मास–प्रड्युस्ड ट्रान्सफर्मर एसयूभी’ हो जुन एउटा बटन थिच्दा एसयूभीबाट ट्रकमा कन्भर्ट हुन्छ जसले यसलाई सहरका लागि मात्र होइन अफरोडका लागि पनि उत्तम बनाउनेछ । यसको डिजाइन ‘स्लिक र एरोडाइनामिक्स’लाई ध्यानमा राखेर गरिएको छ तर ‘पर्फमेन्स अपरोड’का लागि उपयुक्त हुनुका साथै आरामदायी पनि छ ।

कठोर भौगोलिक अवस्था र सडकका लागि बनाइएको ई०७ को ‘वाटर–वेडिङ’ क्षमता ६०० एमएम रहेको छ । साथै यसमा २८.८६ इन्चको ‘अग्मेन्टेड एचयुडी’ र ‘थ्रीडी मोडेल कार कन्ट्रोल इन्टरफेस’ रहेको छ । यसबाहेक ‘जिरो ग्रेभिटी’, १८ स्पिकर, ‘अटोपार्किङ’ जस्ता फिचरहरु छन् ।

अफरोडका लागि यसमा अत्याधुनिक ‘सस्पेन्सन सिस्टम’ राखिएको छ । अगाडि ‘डबल विसबोन’ र पछाडि ‘एच आर्म सस्पेन्सन’ राखिएको छ जसले ‘रोड इम्प्याक्ट’लाई सोस्नुका साथै खराब सडकमा ‘टायर कन्ट्याक्ट’लाई ‘स्टेबल’ राख्छ ।

सम्बन्धित समाचारहरू

एमएडब्लु वृद्धिले गर्दैछ चितवनकै ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

एमएडब्लु वृद्धिले गर्दैछ चितवनकै ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

चितवन । नेपालका लागि सेरेस र नामी ईभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु...

१२० किमी रेन्ज र आधा घन्टामा ५० प्रतिशत चार्ज हुने, पहिलो इलेक्ट्रिक क्रुजर बाइक साइबोर्ग योडा

१२० किमी रेन्ज र आधा घन्टामा ५० प्रतिशत चार्ज हुने, पहिलो इलेक्ट्रिक क्रुजर बाइक साइबोर्ग योडा

कस्टमाइज्ड भेइकल र साउन्ड इन्जिनियरिङ्गको निर्माणमा विशेषज्ञता प्राप्त...

दिपल एस०७ अब प्रि–बजेट मूल्य ७१.९९ लाख वा ६.९९ प्रतिशत ब्याजदरमा

दिपल एस०७ अब प्रि–बजेट मूल्य ७१.९९ लाख वा ६.९९ प्रतिशत ब्याजदरमा

काठमाडौं – नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दिपल ईभी कारको आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...