विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा, मूल्य र फिचर यस्तो

काठमाडौं । विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा एक कार्यक्रमका बिच औपचारिक रुपमा लन्च गरिएको छ । एक कार्यक्रमका बिच नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले सो एसयूभी सार्वजनिक गरेको हो ।

अटोमोबाइल प्रविधिको ‘चमत्कार’ का रूपमा लिइने दिपल ई०७ लाई एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, चांगन अटो एसिया प्यासिफिक उपाध्यक्ष गुआन जिन र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा सार्वजनिक गरे ।

दिपल ई०७ ‘रियर ह्विल ड्राइभ’ र ‘अलह्विल ड्राइभ’ मा उपलब्ध छ । रियर ह्विल ड्राइभ भेरियन्टमा १९० किलोवाटको मोटर प्रयोग गरिएको छ, जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्छ । यसमा ८९.९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ । यसले ५ सय ६६ किलोमिटरको सिंगल चार्ज रेन्ज दिने छ ।

त्यसैगरी अलह्विल ड्राइभ भेरियन्टले ४४० किलोवाटको पावर र ६४५ एनएम टर्क उत्पन्न गर्छ । २४० किलोवाट आवरसम्मको फास्ट डीसी चार्जमा जोड्न सकिने यो ईभी लामो यात्राका लागि तुरुन्त रिचार्ज गर्न सक्ने क्षमताको छ ।

दिपल ई०७ सेतो, कालो, खरानी र हरियो गरी चार रङमा उपलब्ध छ । १ करोड ३ लाख ९९ हजार रुपैयाँ तोकिएको रियर ह्विल ड्राइभ ई०७ को सुरुवाती मूल्य केही समयका लागि ९९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै अलह्विल ड्राइभको मूल्य १ करोड ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । 

‘भर्सटाइल, इन्टेलिजेन्ट, क्यापाबल र स्टाइलिस’ दिपल ई०७ ले मानव जातिको यात्रा अनुभवमै क्रान्ति ल्याउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

दिपल ई०७ संसारकै पहिलो ‘मास–प्रड्युस्ड ट्रान्सफर्मर एसयूभी’ हो जुन एउटा बटन थिच्दा एसयूभीबाट ट्रकमा कन्भर्ट हुन्छ जसले यसलाई सहरका लागि मात्र होइन अफरोडका लागि पनि उत्तम बनाउनेछ । यसको डिजाइन ‘स्लिक र एरोडाइनामिक्स’लाई ध्यानमा राखेर गरिएको छ तर ‘पर्फमेन्स अपरोड’का लागि उपयुक्त हुनुका साथै आरामदायी पनि छ ।

कठोर भौगोलिक अवस्था र सडकका लागि बनाइएको ई०७ को ‘वाटर–वेडिङ’ क्षमता ६०० एमएम रहेको छ । साथै यसमा २८.८६ इन्चको ‘अग्मेन्टेड एचयुडी’ र ‘थ्रीडी मोडेल कार कन्ट्रोल इन्टरफेस’ रहेको छ । यसबाहेक ‘जिरो ग्रेभिटी’, १८ स्पिकर, ‘अटोपार्किङ’ जस्ता फिचरहरु छन् ।

अफरोडका लागि यसमा अत्याधुनिक ‘सस्पेन्सन सिस्टम’ राखिएको छ । अगाडि ‘डबल विसबोन’ र पछाडि ‘एच आर्म सस्पेन्सन’ राखिएको छ जसले ‘रोड इम्प्याक्ट’लाई सोस्नुका साथै खराब सडकमा ‘टायर कन्ट्याक्ट’लाई ‘स्टेबल’ राख्छ ।

सम्बन्धित समाचारहरू

जेठमा भित्रिए १५३ इलेक्ट्रिक कार, ११ महिनामा भित्रिए १७०४

जेठमा भित्रिए १५३ इलेक्ट्रिक कार, ११ महिनामा भित्रिए १७०४

काठमाडौं – गत जेठ महिनामा नेपाली बजारमा १५३ युनिट इलेक्ट्रिक कार...

नेपाली बजारमा भित्रियो दुहानको थ्री–ह्विलर स्मार्ट इलेक्ट्रिक स्कुटर, विभिन्न ४ मोडल उपलब्ध

नेपाली बजारमा भित्रियो दुहानको थ्री–ह्विलर स्मार्ट इलेक्ट्रिक स्कुटर, विभिन्न ४ मोडल उपलब्ध

नेपाली बजारमा चीनको विश्व प्रसिद्ध थ्री–ह्विलर स्मार्ट इलेक्ट्रिक...

चांगनले ल्यायो विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप, यस्ता छन् विशेषता

चांगनले ल्यायो विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप, यस्ता छन् विशेषता

चिनियाँ अटो निर्माता चांगनले विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...