यस्तो छ एक पटक चार्जमा २२० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक बाइक

भारतीय ईभी निर्माता कम्पनी एमएक्समोटोले मेटल स्ट्रङ्ग एम१६ ई–बाइक सार्वजनिक गरेको छ । कम्पनीले यसको मूल्य १ लाख ९८ हजार भारु तोकेको छ । सो इलेक्ट्रिक बाइकको ब्याट्रीमा कम्पनीले ८ वर्षको वारेन्टी तथा मोटर र कन्ट्रोलरमा ३ वर्षको वारेन्टी दिएको छ ।

एम१६ ईभी बाइक सिंगल चार्जमा १६० किलोमिटरदेखि २२० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसलाई एक पटक चार्ज गर्दा १.६ युनिट इलेक्ट्रिक खपत हुन्छ । सो ब्याट्री ३ घन्टा भन्दा कम समयममा ० देखि ९० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

एम१६ बाइक एक क्रुजर बाइक हो । यसमा १७ इन्चको ह्विल जडान गरिएको छ । यो हाई परफर्मेन्स मोटरको साथमा उपलब्ध छ । बाइकमा रेगुलर ड्युअल सस्पेन्शन सिस्टम र एडजस्टेबल रेसिङ टाइप सेन्ट्रल सक एब्जर्बर समावेश छ । सो बाइकमा एड्भान्स लिथियम ब्याट्री जडान गरिएको छ ।

एम१६ क्रुजर बाइकमा एलईडी हेडलाइट, ब्रेकिङको लागि ट्रिपल डिस्क ब्रेक सिस्टम उपलब्ध छ । यसमा अल्ट्रासोनिक वेल्डिङ टेक्नोलोजीको साथमा एलईडी डायरेक्शन अलर्ट, कनेक्टिभिटी, क्रुज कन्ट्रोल, रिभर्स असिस्ट, एन्टि स्किड असिस्ट, पार्किङ असिस्ट, अन बोर्ड नेभिगेशन, अन राइड कलिङ र ब्लुटुथ साउन्ड सिस्टम जस्ता फिचर समावेश गरिएको छ ।

सम्बन्धित समाचारहरू

विश्व ईभी दिवस: नेपालमा किन विद्युतीय सवारी साधन आवश्यक छ

विश्व ईभी दिवस: नेपालमा किन विद्युतीय सवारी साधन आवश्यक छ

सेप्टेम्बर ९ मा विश्व ईभी दिवस मनाइन्छ । विद्युतीय सवारी साधनहरू संसारभरि...

रोचक : फोर्डका सीईओले दैनिक प्रयोग गर्छन् चाइनिज प्रतिस्पर्धी शाओमीको इलेक्ट्रिक कार

रोचक : फोर्डका सीईओले दैनिक प्रयोग गर्छन् चाइनिज प्रतिस्पर्धी शाओमीको इलेक्ट्रिक कार

अमेरिकी कार निर्माता कम्पनी फोर्डका मालिक कुन कार चढ्छन् होला ? पक्कै पनि...

११ महिनामा ५६ हजार ६ सय युनिट स्कुटर र बाइक यातायातमा दर्ता

११ महिनामा ५६ हजार ६ सय युनिट स्कुटर र बाइक यातायातमा दर्ता

काठमाडौं – सरकारी तथ्यांक अनुसार चालु आर्थिक वर्षमा बाइक र स्कुटरको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...