नेपालमा सुरु भयो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ को डेलिभरी

काठमाडौं – एमएडब्लु वृद्धि अटोकर्पले संसारकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ भनेर चिनिने दिपल ई०७ को औचपारिक डेलिभरी सुरु गरेको छ । अब ‘अटोमोटिभ इन्थुजियास्ट’ र ई०७ का ग्राहकले ट्रान्सफर्म गर्न सक्ने क्षमता भएको क्रान्तिकारी एसयूभीको ‘फस्टह्यान्ड’ अनुभव गर्न सक्ने भएका छन् ।

एउटा बटन थिच्ने बित्तिकै ‘लक्जरियस एसयूभी’बाट सजिलैसँग बहुउपयोगी ‘पिकअप ट्रक’ र ‘क्याम्पिङ भेइकल’मा परिणत हुनसक्ने अनौठो क्षमता भएको दिपल ई०७ ले सार्वजनिक भएपछि नेपाली अटोमोबाइल जगतमा गज्जबको उत्साह सञ्चार भएको कम्पनीको भनाइ छ । ‘इन्डस्ट्री फर्स्ट’ फिचर, ‘कटिङ एड्ज’ प्रविधि र अद्वितीय पर्फर्मेन्स भएको ई०७ ले अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्ड स्थापना गरेको थियो ।

‘रियर ह्विल ड्राइभ’ र ‘अल ह्विल ड्राइभ’ दुवै भेरिएन्टमा उपलब्ध हुने दिपल ई०७ ले बेजोड पावर र पर्फर्मेन्स दुवै प्रदान गर्छ । हाललाई ‘रियर ह्विल ड्राइभ’को डेलिभरी सुरु भएको हो । ‘रियर ह्विल ड्राइभ’मा १९० किलोवाटको मोटर जडान गरिएको छ जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्छ । यसमा ८९.९ किलोवाट आवरको ब्याट्री रहेको छ जसले सिंगल चार्जमा ५६६ किलोमिटरको रेन्ज दिन्छ ।

‘हामीले ई०७ लाई नेपालमा सार्वजनिक गरेपछि बुकिङ सुरु गरेका थियौं । बजारबाट हामीले एकदमै राम्रो प्रतिक्रिया पाएका छौं,’ एमएडब्लु वृद्धिका सीईओ रुपेश शर्मा भट्टले भने, ‘बुकिङ गर्नु भएका ग्राहकको पहिलो ब्याचलाई हामी डेलिभरी दिइसकेका छौं । हामी ग्राहकको साथ र विश्वासका लागि धन्यवाद दिन चाहन्छौं र विश्वस्तरीय उत्पादन नेपाली बजारमा ल्याउन प्रतिबद्ध छौं ।’

डेढ महिनाको कुरिरहेका ग्राहकले अन्ततः एमएडब्लु वृद्धिले ‘अटोमोबाइल मार्भेल’ ई०७ को डेलिभरी पाएका हुन् । दिपल ई०७ ले एड्भेन्चरको कन्सेप्टलाई नै पुनः परिभाषित गरिदिएको छ । अब भने ट्रान्सफर्मर क्षमता र अद्वितीय लक्जरीले भरिएको ई०७ नेपाली ग्राहकले अनुभव गर्न पाउने भएको छ ।

दिपल ई०७ मा प्रयोग गरिएको ‘सुपर ब्रेन सेन्ट्रल कम्प्युटिङ प्लेटफर्म’ले ‘सिमलेस कन्ट्रोल’ र ‘रियलटाइम रेस्पोन्स’ दिन्छ । यसमा २८.८६ इन्चको ‘अग्मेन्टेड रियारिटी हेडअप डिस्प्ले’ र १५.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ प्रयोग गरिएको छ जसले ‘ड्राइभिङ एक्सपिरियन्स’ लाई राम्रो बनाउने मात्र होइन सुरक्षित पनि बनाउँछ ।

सहज यात्रा र सुरक्षाका लागि यसमा ५ प्रकारको ‘क्रुज असिस्ट’, ४ वटा ‘पार्किङ असिस्ट’ फिचर र १४ ‘सेफ्टी प्रोटेक्सन सिस्टम’, ५ एमएमको ‘वेब राडार’, ५ वटा क्यामेरा र १२ वटा ‘अल्ट्रासोनिक राडार’ प्रयोग गरिएको छ । साथै, यसमा ५४० डिग्रीको ‘सराउन्ड भ्यु’ र ‘सी२ सेन्ट्रल कम्प्युटिङ’ रहेको छ जसले ‘नेभिगेसन’ र पार्किङ आदिलाई सजह बनाउँछ ।

दिपल ई०७ मा ‘गोल्डन बेल जार सीटीभी इन्टिग्रेटेड ब्याट्री’ प्रयोग गरिएको छ जसले अत्यन्त चिसोमा पनि बेमिसाल ‘पर्फर्मेन्स’ दिनेछ । ‘एडाप्टिभ आयल कुलिङ सिस्टम’ र ‘अल्ट्रा–थिन सिलिकन मोटर कभरिङ’ ले ब्याट्रीको ‘इफिसेन्सी, रिलायबिलिटी र इनर्जी सेभिङ’मा मद्दत गर्छ । यसले ‘युनिक सुपर पावर सेभिङ मोड’ ले ड्राइभिङ रेन्जलाई अझ बढाउँछ ।

सम्बन्धित समाचारहरू

नेपालमै पहिलो पटक आईटीका विद्यार्थीहरूले चलाए एडब्लुएस सेल्फ-ड्राइभिङ  कार

नेपालमै पहिलो पटक आईटीका विद्यार्थीहरूले चलाए एडब्लुएस सेल्फ-ड्राइभिङ  कार

नेपालमै पहिलो पटक आईटीका विद्यार्थीहरूले एडब्लुएस सेल्फ-ड्राइभिङ  कार...

शारीरिक अशक्त तथा वृद्धवृद्धाका लागि उपयोगी तीन पांग्रे इलेक्ट्रिक स्कुटर नेपालमा

शारीरिक अशक्त तथा वृद्धवृद्धाका लागि उपयोगी तीन पांग्रे इलेक्ट्रिक स्कुटर नेपालमा

काठमाडौं – कोमाकी ईभीको नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ...

टियागो ईभी किन्नेलाई नबिल बैंकले ९.९९ प्रतिशत ब्याजदरमा ऋण दिने

टियागो ईभी किन्नेलाई नबिल बैंकले ९.९९ प्रतिशत ब्याजदरमा ऋण दिने

काठमाडौं – नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र नबिल बैंक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...