हुन्डाईको नयाँ सस्तो ईभी ‘आयोनिक पी’ नाममा आउने, जनवरी २०२७ मा सार्वजनिक हुने
काठमाडौं–हुन्डाईले भारतीय बजारलाई लक्षित गर्दै उत्पादन गर्न लागेको नयाँ...
हुन्डाई मोटर कम्पनी (बेइजिङ हुन्डाई) को चोङकिङ प्लान्ट चाङ्गनको दिपल अटोमोबाइल टेक्नोलोजी कम्पनी लिमिटेडले खरिद गरेको छ । प्लान्ट १.६२ बिलियन युआन (लगभग २२८ मिलियन अमेरिकी डलर) मा बेचिएको हो ।
१.८७ मिलियन वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त प्लान्ट डिसेम्वर २०२१ देखी निष्क्रिय रहँदै आएको थियो । प्लान्ट निर्माणका लागि हुन्डाईले प्रारम्भिक लगानी १.०९ बिलियन अमेरिकी डलर खर्चिएको थियो । प्लान्टबाट बार्षिक ३ लाख कार उत्पादन गर्न सकिन्छ ।
दिपलले हाल नान्जिङ र बेइजिङमा प्रमुख उत्पादन सुबिधाहरु सञ्चालन गर्दै आएको छ । चोङकिङ प्लान्ट समेत थपिँदा यसको उत्पादन क्षमता विस्तार हुने अपेक्षा गरिएको छ ।
उद्योग पर्यवेक्षकहरूले स्थानान्तरणलाई चीनको अटोमोटिभ उत्पादन परिदृश्यमा व्यापक समायोजनको अंशको रूपमा हेरेका छन्, जहाँ घरेलु ईभी ब्रान्डहरूले बढ्दो रूपमा निष्क्रिय संयुक्त–उद्यम कारखानाहरू कब्जा गरिरहेका छन् । यो कदम चाङगन अटोमोबाइलको दीर्घकालीन क्षमता योजनासँग पनि मिल्दोजुल्दो छ, जसले आफ्ना ब्रान्डहरूमा वार्षिक रूपमा पाँच लाख युनिट उत्पादन लक्ष्य राखेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...