जेएमईभीले नेपाल ल्याएको नयाँ ईभी ट्याक्सीको बुकिङ खुला, यस्तो छ मुल्य र फिचर
काठमाडौं– सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ बिद्युतिय ट्याक्सि...
चाइनिज कार ब्रान्ड दिपलले आफ्नो प्रोडक्सन लाइनबाट ४ लाखौं कार उत्पादन भएको जानकारी सार्वजनिक गरेको छ । यस अनुसार कम्पनीले उत्पादन शुरु गरेको २९ महिनामा सो लक्ष्य हासिल गरेको हो ।
चांगानको स्वामित्वमा रहेको ब्रान्ड दिपलले नोभेम्बर र डिसेम्बरमा मात्रै प्रतिमहिना ३० हजार भन्दा बढी कार बिक्री गरेको छ । डिसेम्बरको तथ्यांक पुरै आउने अझै बाँकी छ ।
दिपललाई पहिलो १ लाख उत्पादनको लक्ष्य हासिल गर्न १४ महिना लागेको थियो । सन् २०२२ मा एसएल०३ सेडान बिक्रीबाट यात्रा प्रारम्भ गरेको दिपलले सन् २०२३ सेप्टेम्बरमा यो लक्ष्य हासिल गरेको थियो । कम्पनीको दोस्रो मोडलको रुपमा एस७ एसयूभी लन्च गरे पश्चात ३५ दिनभित्रै १० हजार एस७ एसयुभी डेलिभर भएका थिए ।
हाल दिपलसँग एसएल०३, एस०७ (पहिलेको एस७), जी३१८, एल०७ र एस०५ गरी पाँच मोडल उपलब्ध छन् ।
दिपलले सन् २०२४ भर २ लाख ४० हजार भन्दा बढी गाडी बिक्री गर्ने अनुमान गरिएको छ । यसमा सबैभन्दा बढी योगदान एस०५ को हुने देखिएको छ, जनु एक महिनामै २१ हजार ७३० युनिट अर्डर भएको छ ।
दिपलले सन् २०२५ को लागि अर्को महत्वाकांक्षी योजना ल्याएको छ । यो वर्ष दिपलले करिव ५ लाख सवारी साधन बिक्री गर्ने र त्यस मध्ये ४ लाख चीनको घरेलु बजारमा बिक्री गरिने छ भने १ लाख युनिट निर्यात गर्ने योजना छ । यसमा दुई मोडलको विशेष भूमिका हुनेछ, जस मध्ये एक एस०९ हुनेछ । एस०९ एसयूभी आगामी केही महिनामा लन्च हुने जानकारी पहिले नै सार्वजनिक भइसकेको छ ।
सन् २०२५ मा दिपल ब्रान्ड विश्वका ८१ देशमा उपलब्ध हुनेछ । सन् २०२४ मा अन्तर्राष्ट्रिय बजारको रुपमा दिपल थाइल्यान्डको बजारमा प्रवेश गरेको थियो । थाइल्यान्डमा नयाँ प्लान्ट पनि निर्माण भइरहेको छ र यो २०२५ मै सञ्चालनमा ल्याउने योजना छ ।
नेपाली बजारमा पनि दिपल ब्रान्ड उपलब्ध छ । दिपलको नेपालका लागि आधिकारिक वितरकको रुपमा एमएडब्लु वृद्धि अटोकर्पले कार्य गरिरहेको छ । नेपाली बजारमा दिपल एल०७ र एस०७ बिक्रीका लागि उपलब्ध छन् । एस०५ पनि भविष्यमा नेपाली बजारमा उपलब्ध हुने जानकारी सार्वजनिक भइसकेको छ ।
काठमाडौं– सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ बिद्युतिय ट्याक्सि...
काठमाडौं – नेपालका लागि ग्रेटवाल मोटर अर्थात जीडब्लुएमको आधिकारिक वितरक...
मारुती सुजुकीले चाँडै नै आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ईभीएक्स लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...