आधिकारिक रुपमै नेपाल भित्रिए अउडीका विद्युतीय कार, मूल्य १ करोड ५० लाख सम्म
काठमाडौं – जर्मन बिलासी कार अउडी आधिकारिक रुपमा नेपाली बजारमा भित्रिएको छ...
मारुती सुजुकीले चाँडै नै आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ईभीएक्स लन्च गर्दैछ । सो एसयूभी लन्च हुनुअघि परीक्षणको समयमा देखा परेको छ । साथै यसको फिचरको बारेमा पनि केही जानकारी सार्वजनिक भएको छ ।
रिपोर्टका अनुसार सो एसयूभी पाँच सिटको इलेक्ट्रिक एसयूभी हुनेछ र यसको फ्रन्ट फेन्डरमा चार्जिङ पोर्ट जडान गरिएको छ । जबकि पछाडिको ढोकाको ह्यान्डल पिलरमा दिइएको छ ।
सो एसयूभीमा ३६० डिग्री क्यामेरा, एडीएएस, इन्टिग्रेटेड स्पोइलर, एलईडी लाइट, हाई माउन्टेड स्टप ल्याम्प, शार्क फिन एन्टेना, डिजिटल कन्सोल, हेड अप डिस्प्ले, वायरलेस चार्जर, ड्युअल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, एम्बियन्ट लाइट जस्ता फिचर समावेश गरिएको छ ।
सो इलेक्ट्रिक एसयूभीको रेन्जको बारेमा कम्पनीले यसअघि नै जानकारी दिइसकेको छ । कम्पनीका अनुसार यो एसयूभी फुल चार्ज गरेपछि ५५० किलोमिटरसम्म चल्न सक्छ । यसमा ६० किलोवाट क्षमताको ब्याट्री प्याक उपलब्ध गराइनेछ ।
मारुती सुजुकीले पहिलो इलेक्ट्रिक एसयूभीको कन्सेप्ट भर्सन सन् २०२३ को अटो एक्स्पोमा सार्वजनिक गरेको थियो । यसपछि कम्पनीले फ्रेबुअरी २०२४ मा आयोजित भारत मोबिलिटी इभेन्टमा पनि सो एसयूभी सार्वजनिक गरेको थियो ।
काठमाडौं – जर्मन बिलासी कार अउडी आधिकारिक रुपमा नेपाली बजारमा भित्रिएको छ...
काठमाडौं- बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ...
यात्रीका उत्पादन विकास, निर्माण र प्रवर्धन गर्नका लागि यात्री र सिप्रदी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...