सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभीमा हुनेछन् यस्ता फिचर, थप जानकारी सार्वजनिक

मारुती सुजुकीले चाँडै नै आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ईभीएक्स लन्च गर्दैछ । सो एसयूभी लन्च हुनुअघि परीक्षणको समयमा देखा परेको छ । साथै यसको फिचरको बारेमा पनि केही जानकारी सार्वजनिक भएको छ ।

रिपोर्टका अनुसार सो एसयूभी पाँच सिटको इलेक्ट्रिक एसयूभी हुनेछ र यसको फ्रन्ट फेन्डरमा चार्जिङ पोर्ट जडान गरिएको छ । जबकि पछाडिको ढोकाको ह्यान्डल पिलरमा दिइएको छ ।

सो एसयूभीमा ३६० डिग्री क्यामेरा, एडीएएस, इन्टिग्रेटेड स्पोइलर, एलईडी लाइट, हाई माउन्टेड स्टप ल्याम्प, शार्क फिन एन्टेना, डिजिटल कन्सोल, हेड अप डिस्प्ले, वायरलेस चार्जर, ड्युअल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, एम्बियन्ट लाइट जस्ता फिचर समावेश गरिएको छ ।

सो इलेक्ट्रिक एसयूभीको रेन्जको बारेमा कम्पनीले यसअघि नै जानकारी दिइसकेको छ । कम्पनीका अनुसार यो एसयूभी फुल चार्ज गरेपछि ५५० किलोमिटरसम्म चल्न सक्छ । यसमा ६० किलोवाट क्षमताको ब्याट्री प्याक उपलब्ध गराइनेछ ।

मारुती सुजुकीले पहिलो इलेक्ट्रिक एसयूभीको कन्सेप्ट भर्सन सन् २०२३ को अटो एक्स्पोमा सार्वजनिक गरेको थियो । यसपछि कम्पनीले फ्रेबुअरी २०२४ मा आयोजित भारत मोबिलिटी इभेन्टमा पनि सो एसयूभी सार्वजनिक गरेको थियो ।

सम्बन्धित समाचारहरू

वर्ल्ड कार अवार्डको टप ३ सूचीमा बीवाईडीका दुई ईभी

वर्ल्ड कार अवार्डको टप ३ सूचीमा बीवाईडीका दुई ईभी

जेनेभा मोटर शोको अवसरमा वर्ल्ड कार अवार्ड २०२४ का लागि शीर्ष तीन अन्तिम...

ग्राहकले पाउन थाले लीपमोटर बी१०, नेपालभर डेलिभरी सुरु

ग्राहकले पाउन थाले लीपमोटर बी१०, नेपालभर डेलिभरी सुरु

काठमाडौं– लिपमोटरको वहुप्रतिक्षित बिद्युतीय एसयुभी बी१० अन्ततः ग्राहकले...

चर्चामा १०० किलोवाट मोटरका दुई इलेक्ट्रिक कार, मूल्य लगभग समान

चर्चामा १०० किलोवाट मोटरका दुई इलेक्ट्रिक कार, मूल्य लगभग समान

मोटर क्षमताका आधारमा कर निर्धारण भएसँगै नेपालमा कम मोटर क्षमताका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...