जेएमईभीले नेपाल ल्याएको नयाँ ईभी ट्याक्सीको बुकिङ खुला, यस्तो छ मुल्य र फिचर

काठमाडौं– सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ बिद्युतिय ट्याक्सि ईभीईजीको बुकिङ खुला भएको छ । जेएमईभी ब्रान्डको उक्त ट्याक्सिलाई ४१ लाख ५० हजार रुपैयाँ पर्ने र १ लाख १ हजार रुपैयाँ भुक्तानी गरे बुकिङ गर्न सकिने जनाइएको छ । बिहिबार एक कार्यक्रम आयोजना गरि कम्पनीले यसबारे जानकारी दिएको हो ।

जेएमईभीको सेडान कार जीएसईलाई हालै जगदम्बा मोटर्स अन्तर्गतको शौर्य अटोमोबाइल्सले लन्च गरेको थियो । लगत्तै अर्को कम्पनीले यसको ट्याक्सी भर्सन नेपाल ल्याएको हो । नयाँ ईभी ट्याक्सि नेपाल आएसंगै यसको सिधा प्रतिस्पर्धा टाट एक्सप्रेस टीसंग हुनेछ ।

ईभीईजी ट्याक्सिमा ४९ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा यसले ४३० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यसको अधिकतम टर्क २२५ एनएम तथा पावर १३४.६ पिएस छ ।

एसी र डिसी दुबै चार्जर सपोर्ट गर्ने यस ईभीलाई डिसी फास्ट चार्जरको साहयतामा ३० मिनेटभित्रै ३० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, एसी चार्जरले ९ घण्टा र डिसी चार्जरले १ घण्टा १५ मिनेटमा फुल चार्ज गर्न मिल्छ । कम्पनीले यसको ब्याट्रीमा ८ वर्ष अर्थात १ लाख ५० हजार र मोटरमा ३ वर्ष अर्थात ६० हजार किलोमिटर वारेन्टि दिएको छ ।

यस ट्याक्सिको लम्बाई ४६७५ एमएम, चौडाई १८३५ एमएम र उचाई १४८० एमएम तथा ह्विलवेश २७५० एमएम छ, भने ग्राउन्ड क्लिरियन्स १७० एमएम दिइएको छ । साथै यसमा फ्रन्ट ह्विल ड्राइभ सिस्टम उपलब्ध गराइएको छ ।

आधुनिक डिजाइन दिएर आकर्षक लुक्समा तयार पारिएको यस ट्याक्सिमा डुअल जोन एसी, रिजेनेरिटिभ ब्रेकिङ, तिनवटा ड्राइभि मोड, प्रोजेक्टर हेड ल्याम्प, किलेस इन्ट्रि, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर राखिएको छ । साथै, यसमा क्रुज कन्ट्रोल, इलेक्ट्रिक पार्किङ ब्रेक, टायर प्रेसर मोनिटर सिस्टम, ४१० लिटरको बुट स्पेस, कोलिजन सेन्सिङ अटोमेटिक अनलक, मल्टि फंक्सन स्टेरिङ ह्विल, आईपी ६७ वाटर प्रुफ ब्याट्री प्याक र थ्री–वे ड्राइभर एन्ड प्यासेन्जर सिट एड्जस्टमेन्ट जस्ता बिशेषता छन् ।

सेफ्टि फिचर अन्तर्गत यसमा २ वटा एयरब्याग, ईबिडी ब्रेकिङ सिस्टमसहितको एबिएस, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल, रियर पार्किङ सेन्सर र एन्टि पिन्च विन्डो ग्लास लगायत छन् ।

सम्बन्धित समाचारहरू

फिल्म ग्रान्ड थेफ्ट अटो जस्तै अमेरिकीहरुको वास्तविक जीवनमा हुँदैछ गाडी चोरी

फिल्म ग्रान्ड थेफ्ट अटो जस्तै अमेरिकीहरुको वास्तविक जीवनमा हुँदैछ गाडी चोरी

फिल्म ग्रान्ड थेफ्ट अटो जस्तै अमेरिकीहरुको वास्तविक जीवनमा समेत गाडी चोरी...

नेपाली इलेक्ट्रिक मोटरसाइकल यात्री पी–१ सोल्ड आउट, अर्को बुकिङ फेरि खुल्ने

नेपाली इलेक्ट्रिक मोटरसाइकल यात्री पी–१ सोल्ड आउट, अर्को बुकिङ फेरि खुल्ने

काठमाडौं – नेपाली युवाहरुको डिजाइनमा निर्माण भएको इलेक्ट्रिक मोटरसाइकल...

दुई पकेट फरेस्ट निर्माणका लागि बीवाईडीले ग-यो ५५० वृक्षरोपण

दुई पकेट फरेस्ट निर्माणका लागि बीवाईडीले ग-यो ५५० वृक्षरोपण

काठमाडौं – बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...