समग्र व्यवसायीलाई समेटेको र सञ्चालित होइन, स्वचालित टिम बनेको दिपक अग्रवालको दाबी

दिपक अग्रवाल जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट हुन् । नेपालमा टीभीएसका मोटरसाइकल र स्कुटर तथा तीन पांग्रे सवारीको बिक्री–वितरण गरिरहेको जगदम्बा मोटर्सको पहिचानलाई थप विस्तार गर्नमा अग्रवालको महत्वपूर्ण भूमिका छ ।

आगामी मंसिर २२ र २३ गते हुने नाडा अटोमोबाइल्स एसोसिएसनको साधारण सभा र निर्वाचनको चहलपहल हाल चुलिदो अवस्थामा छ । अटोमोबाइल व्यवसायीहरुसको संगठन नाडाको यो भन्दा पहिलेको दुई कार्यकालमा कार्य समिति सदस्य रहेका दिपक अग्रवाल अहिले पनि चुनावी प्रतिस्पर्धामा होमिएका छन् । दुई प्यानलले चुनावमा भाग लिइरहेको अवस्थामा उनी ध्रुव थापाको प्यानलमा रहेका छन् ।

विगतमा सहमतिमार्फत नै कार्यसमिति छानिने गरेको र यति धेरै छलफल नभएको अवस्था थियो । तर अहिले भने देशैभरका अटोमोबाइल व्यवसायीहरुका बीच दुवै प्यानल पुगेर छलफल गरेका छन् । यसबाट अटोमोबाइल व्यवसायीका एजेन्डाको उठान भएको अग्रवालको तर्क छ । उनी भन्छन्, ‘हामी विगत ३ महिना देखि नाडा निर्वाचनको तयारीमा लागिरहेका छौ ं। पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म अटोमोबाइल व्यवसायसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिनुभएका साथीहरुसँग हामीले विभिन्न प्रकारका छलफल गरेका छौ । यो भन्दा पहिले व्यवसायीहरुका एजेन्डा माथिल्लो लेवलसँग किन पुगेनन् भन्ने वारेमा छलफल गरेका छौं ।

अहिले नाडाको वारेमा सम्पूर्ण तहमा छलफल चलेको छ । अहिले सम्म किन हामीसँग छलफलका लागि कोही पनि आएन र हाम्रो अनुहार हेरिएन भन्ने वारेमा धेरैले प्रश्न उठाउन सक्ने हुनुभएको छ । यसबाट देशभर व्यवसायीहरुको हितका लागि गरिनु पर्ने कार्यवारे चेतना फैलिएको छ ।’

यही कुरालाई मनन गरी आफूहरुले सहभागितात्मक टिमको निर्माण गरेको उनले बताए । उनका अनुसार यसलाई समावेशी टिम भन्न सकिन्छ । उनले भने, ‘राजनीतिक रुपमा समग्र वर्गलाई समेटेर समावेशी भनिने गरिन्छ । हामीले चाहिं समग्र क्षेत्रलाई समेटेका छौ । क्षेत्र भन्नाले अटोमोबाइलका विभिन्न क्षेत्र जस्तैः अटोमोबाइल आयातकर्ता, वितरक देखि रिकन्डिसन व्यवसायी र वर्कसप व्यवसायी सम्मलाई समेटेका छौ । यसमा इलेक्ट्रिक भेइकल, टायर, ट्युब, लुब्रिकेन्ट आदि सबै व्यवसायी सम्मिलित टिम बनेको छ । हाम्रो टिमले यी सबै प्रकारका व्यवसायीसँग प्रत्यक्ष भेटघाट गर्ने देखि लिएर अप्रत्यक्ष रुपमा भेटघाटका लागि सामाजिक सञ्जाल र अन्य विभिन्न माध्यमको समेत प्रयोग गरिरहेका छौ ।’

अग्रवाल हालको कार्यसमितिमा समेत संलग्न छन् । यसका आधारमा हालको कार्यसमितिले गरेका राम्रा वा नराम्रा कार्यको जिम्मेवारी समेत लिनुपर्ने उनको तर्क छ । तर पनि उनले आफूलाई विद्रोही सदस्यको रुपमा चिनाउने गरेका छन् । यो अवधिमा केही राम्रा काम भए पनि गर्न सकिने कार्यहरु समेत गर्न नसकिएको उनको स्वीकारोक्ति छ ।

पहिले दुई कार्यकालमा उनी निर्वाचित हुँदा र अहिलेको समय फेरिएको छ । पहिले निश्चित घरानाका व्यवसायीहरुलाई केन्द्रमा राखेर एक प्रकारको सिन्डिकेटबाट कार्यसमिति बन्ने गरेको उनको भनाइ छ । विगतमा त्यसको एक भागको रुपमा आफू रहेको भए पनि अब भने सञ्चालित होइन, स्वचालित टिमको निर्माण गरी विगतको परम्परालाई तोड्ने अभियानमा लागेको उनी बताउँछन् । त्यही विमतिलाई सहमतिमा ल्याउने प्रयासकै रुपमा आफू यो टिममा लागेको उनको भनाइ छ ।

आफूहरु विजयी भएर नयाँ कार्यसमिति बनेमा संस्थागत स्वार्थलाई मात्र लक्ष्य लिएर अगाडि बढ्ने टिमको लक्ष्य छ । उनी भन्छन्, ‘हाल नाडामा विभिन्न समिति भए पनि यस्ता समितिसँग सम्बन्धित समस्या सुल्झाउनका लागि सरकारी निकायमा माग पत्र पेश गर्ने काम मात्र भएको छ । तर हामीले समाधान सहितको कार्यक्रम अन्य निकायमा पेश गर्ने र आवश्यक परेमा विशेषज्ञहरुको सल्लाह समेत लिन सक्छौ । यसका लागि स्पेशल टास्क फोर्स समेत बनाउने र कुनै विवाद नआओस् भन्ने कुरामा समेत सचेत हुने गरी हामी अगाडि बढ्ने छौ ।’

व्यावसायिक घरानाहरु हाल दुई पक्षमा विभाजित भएको अवस्था छ । यो अवस्थामा भोलि हारजित हुँदा नाडा पनि विभाजित हुन सक्छ भन्ने भय पनि छ । तर विगतका दिनमा र अहिले पनि घरानाहरु विभाजित नभएको र व्यक्तिगत विचारका आधारमा मात्र विभाजित भएको उनको तर्क छ । पछि कार्यसमिति बने पछि सबै व्यवसायी एकजुट भएर व्यावसायिक हितमा लाग्ने उनको भनाइ छ । उनका अनुसार व्यक्तिगत रुपमा विचार फरक हुन सक्छ । विगतको अभ्यास हेर्दा पनि साझा एजेन्डा र लक्ष्यमा कार्यसमितिका सबै मिलेर अगाडि बढेको इतिहास छ ।

उनी भन्छन्, ‘संस्थागत रुपमा नाडाले कुनै निर्णयका लागि लबिङ गर्दा कुनै एउटा ब्रान्डलाई फाइदा पुग्ने र अर्कोलाई घाटा हुने गरी गर्नु भएन । अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग सम्बन्धनका कुरा, डिजिटलाइजेसनका कुरा, डाटा बैंकका कुरा, हेल्प सेन्टरका कुरा, विकेन्द्रकरणका कुरा आदि धेरै गर्न सकिने कुरा छन् । यसो भयो भने हामीले नाडालाई सबैको पहुँचमा लैजान र बलियो बनाउन सक्छौ । पहिले देशभित्रै यसलाई बलियो बनाएर अन्तर्राष्ट्रिय रुपमा पनि थप सशक्त बनाउन सक्छौ । तल्लो लेवल मात्र नभएर माथिल्लो लेवलमा पनि जति सक्यो धेरैसँग सहकार्य गर्न सकिने गरी नाडालाई अगाडि बढाउनु पर्छ भन्ने हाम्रो मान्यता छ ।’

उनी भन्छन्, ‘नाडालाई सबै अटोमोबाइल व्यवसायीको साझा कसरी बनाउने भनेर साझा तरिकाले नै अगाडि बढिरहेका छौ । व्यक्तिगत रुपमा हाम्रो कुनै एजेन्डा छैन । नाडाले पुरा गर्न नसकेका साना कुराहरुलाई नै आधार बनाएर हामीले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छौ । यी सबै गर्न सकिने कार्य छन् ।’

नाडालाई सबै अटोमोबाइल व्यवसायीको साझा बनाउनका लागि ध्रुव थापा प्यानललाई भोट दिन उनले अपिल गरेका छन् ।

सम्बन्धित समाचारहरू

नाडा र प्रादेशिक एसोसिएसन बिच वृहत अन्तरक्रिया सम्पन्न, समसामयिक विषयमा छलफल

नाडा र प्रादेशिक एसोसिएसन बिच वृहत अन्तरक्रिया सम्पन्न, समसामयिक विषयमा छलफल

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, चितवन अटोमोबाइल्स...

चारपांग्रे सवारी एसेम्बल उद्योग सम्बन्धी उद्योगमन्त्रीलाई नाडाले दियो ११ बुँदे सुझाव

चारपांग्रे सवारी एसेम्बल उद्योग सम्बन्धी उद्योगमन्त्रीलाई नाडाले दियो ११ बुँदे सुझाव

काठमाडौं – नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले...

‘नाडा अटो शो’ २०२३ को लागि बुकिङ्ग खुल्ला, एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने

‘नाडा अटो शो’ २०२३ को लागि बुकिङ्ग खुल्ला, एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने

काठमाडौँ – नाडा अटोमोबाइल्स एसोसिएसनले भाद्र २६ गतेदेखि ३१ गतेसम्म...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...