कर सहजीकरणका लागि आन्तरिक राजस्व विभागसँग नाडाको आग्रह
काठमाडौं – नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको ६ सदस्यीय...
सवारी साधन बिक्री कार्यमा संलग्न विभिन्न आयातकर्ता कम्पनीका डिलरहरुले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई वर्तमान अवस्थामा रहेको अटोमोबाइल व्यवसायीहरुको समस्या समाधानका लागि आवश्यक पहल गर्न अनुरोध गरेका छन् ।
नाडाको समेत सदस्य रहेका काठमाडौं उपत्यकामा रहेका स्वतन्त्र अटो डिलर व्यवसायीहरुले नाडा उपाध्यक्ष सुनिल रिजाललाई यस सम्बन्धी ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।
हाल लामो समय देखि विभिन्न प्रकारका सवारी साधन आयातमा प्रतिबन्ध लगाइएको छ । त्यसैगरी बैंकको ब्याजदर धेरै भएका कारण व्यवसायमा समस्या छ । उनीहरुले यी सबै समस्या समाधानका लागि सम्बन्धित पक्षसँग छलफल गर्न वा आवश्यकता अनुसार आन्दोलन गर्नका लागि समेत आवश्यक तयारी गर्न आग्रह गरेको बताइएको छ ।
सो समूहमा रहेका एक सदस्यका अनुसार आगामी मंसिर १५ गते देखि आवश्यक कार्य गर्ने गरी तयारी गर्न नाडालाई उनीहरुले आग्रह गरेका छन् । यदि आफ्नो माग वेवास्ता गरे नाडा छोड्न समेत तयार रहेको उनीहरुको भनाइ छ ।
हाल नाडा अध्यक्ष ध्रुव थापा पोखरामा रहेको कारण सो पत्र उपाध्यक्ष सुनिल रिजालले बुझेका थिए । उपाध्यक्ष रिजालले नाडा सदैव व्यवसायीकै पक्षमा रहेको र सबै एकजुट भएर आगामी दिनमा अगाडि बढ्ने बताएका छन् ।
बैंकको बढ्दो ब्याज र अटोमोबाइल आयातमा लगाइएको प्रतिबन्धका कारण हाल गाडी आयातकर्ता कम्पनीहरुका साथै डिलरहरु समेत कठिन अवस्थामा छन् । यसका कारण कतिपय शोरुम नै बन्द भइसकेका छन् भने कतिपयले कर्मचारीलाई विदा दिएका छन् ।
विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै सरकारले आगामी मंसिर २८ गते सम्मका लागि विभिन्न प्रकारका सवारी साधनको आयातमा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्ध लम्बिने वा के हुने हो भन्ने वारेमा अन्यौलता छ ।
काठमाडौं – नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको ६ सदस्यीय...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कोभिड–१९ का कारण समस्यामा...
आर्थिक वर्ष २०७९/८० का लागि ल्याउन लागिएको वार्षिक बजेटमा सवारीसाधनमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...