वर्तमान समस्याको समाधानका लागि पहल गर्न डिलरहरुको नाडालाई ध्यानाकर्षण

सवारी साधन बिक्री कार्यमा संलग्न विभिन्न आयातकर्ता कम्पनीका डिलरहरुले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई वर्तमान अवस्थामा रहेको अटोमोबाइल व्यवसायीहरुको समस्या समाधानका लागि आवश्यक पहल गर्न अनुरोध गरेका छन् ।

नाडाको समेत सदस्य रहेका काठमाडौं उपत्यकामा रहेका स्वतन्त्र अटो डिलर व्यवसायीहरुले नाडा उपाध्यक्ष सुनिल रिजाललाई यस सम्बन्धी ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

हाल लामो समय देखि विभिन्न प्रकारका सवारी साधन आयातमा प्रतिबन्ध लगाइएको छ । त्यसैगरी बैंकको ब्याजदर धेरै भएका कारण व्यवसायमा समस्या छ । उनीहरुले यी सबै समस्या समाधानका लागि सम्बन्धित पक्षसँग छलफल गर्न वा आवश्यकता अनुसार आन्दोलन गर्नका लागि समेत आवश्यक तयारी गर्न आग्रह गरेको बताइएको छ ।

सो समूहमा रहेका एक सदस्यका अनुसार आगामी मंसिर १५ गते देखि आवश्यक कार्य गर्ने गरी तयारी गर्न नाडालाई उनीहरुले आग्रह गरेका छन् । यदि आफ्नो माग वेवास्ता गरे नाडा छोड्न समेत तयार रहेको उनीहरुको भनाइ छ ।

हाल नाडा अध्यक्ष ध्रुव थापा पोखरामा रहेको कारण सो पत्र उपाध्यक्ष सुनिल रिजालले बुझेका थिए । उपाध्यक्ष रिजालले नाडा सदैव व्यवसायीकै पक्षमा रहेको र सबै एकजुट भएर आगामी दिनमा अगाडि बढ्ने बताएका छन् ।

बैंकको बढ्दो ब्याज र अटोमोबाइल आयातमा लगाइएको प्रतिबन्धका कारण हाल गाडी आयातकर्ता कम्पनीहरुका साथै डिलरहरु समेत कठिन अवस्थामा छन् । यसका कारण कतिपय शोरुम नै बन्द भइसकेका छन् भने कतिपयले कर्मचारीलाई विदा दिएका छन् ।

विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै सरकारले आगामी मंसिर २८ गते सम्मका लागि विभिन्न प्रकारका सवारी साधनको आयातमा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्ध लम्बिने वा के हुने हो भन्ने वारेमा अन्यौलता छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो २०२४ : गाडीका साथ प्रविधिको परिचयमा केन्द्रित बीवाईडीको स्टल (भिडियो सहित)

नाडा अटो शो २०२४ : गाडीका साथ प्रविधिको परिचयमा केन्द्रित बीवाईडीको स्टल (भिडियो सहित)

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा अन्य स्टल...

नाडा ईभी एक्सपो २०२२ मा नविल बैंकले विशेष छुट उपलब्ध गराउने

नाडा ईभी एक्सपो २०२२ मा नविल बैंकले विशेष छुट उपलब्ध गराउने

काठमाडौं – भोलि देखि राजधानीको भृकुटी मण्डपमा प्रारम्भ हुने नाडा ईभी...

बुधबारदेखि पोखरामा वाडा अटो शो हुँदै

बुधबारदेखि पोखरामा वाडा अटो शो हुँदै

पाेखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...