विश्व साइकल अभियानमा याडिया वाइकको सहयोग
विश्व साइकल अभियानमा निस्किएका नेपाली वाइकर शुभ प्रसाद शर्मालाई याडिया...
काठमाडौं —सिजी मोटर्सले डायुन ईभीमा विशेष तथा अत्यन्तै आकर्षक अफर सार्वजनिक गरेको छ । सीमित अवधिका लागि ल्याइएको यस अफरअन्तर्गत ग्राहकले जम्मा ३ लाख ९९ हजार रुपैयाँ डाउन पेन्टमा डायुन ईभी खरिद गर्न सक्नेछन् ।
यस अफरले दिगो, किफायती र वातावरणमैत्री विद्युतीय सवारीसाधनलाई नेपाली उपभोक्ताका लागि अझ सहज र पहुँचयोग्य बनाउने सिजी मोटर्सको भनाई छ । डायुन नेपाली सडकको अवस्था र ड्राइभिङ आवश्यकतालाई ध्यानमा राखेर विशेष रूपमा डिजाइन गरिएको बिद्युतीय कार हो ।
यस कारले एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । डायुन कारमा २०१ एमएम ग्रााउन्ड क्लियरेन्स रहेको छ । सेग्मेन्टकै उत्कृष्ट फुल इनडिपेन्डेन्ट सस्पेन्स सिस्टमका कारण यस कारले शहरी सडकदेखि चुनौतीपूर्ण भू–भागसम्म उत्कृष्ट सवारी आराम, उच्च स्थिरता र आत्मविश्वासपूर्ण प्रदर्शन सुनिश्चित गर्दछ ।
न्यूनतम डाउन पेन्टको साथै, डायुन ईभी खरिदमा सिजी मोटर्सले आकर्षक प्याकेज पनि उपलब्ध गराएको छ । यस प्याकेजमा आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एक्सेसरिज, निःशुल्क ३.३ किलोवाट क्षमताको होम चार्जर, एक वर्षको सडक कर तथा अटो प्लस बीमा कभरेज समावेश छन् ।
डायुन ईभिमा प्रिमियम तथा सेग्मेन्ट लीडिङ जिबी/टी चार्जिङ प्रणाली जडान गरिएको हुँदा सिजी मोटर्सको फास्ट चार्जिङ पूर्वाधारसँग सहज अनुकूलता सुनिश्चित गर्ने जनाइएको छ ।
यस ईभी खरिद गर्ने ग्राहकले नेपालभर रहेका २६० भन्दा बढी सीजी फास्ट चार्जिङ स्टेशनहरूको सुविधा सहज रूपमा उपयोग गर्न सक्ने कम्पनीले बताएको छ ।
विश्व साइकल अभियानमा निस्किएका नेपाली वाइकर शुभ प्रसाद शर्मालाई याडिया...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
चिनियाँ कार निर्माता कम्पनी वुलिङ होङगुआङको मिनी इलेक्ट्रिक कारको सफलता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...