पानी परेका कारण नारायणघाट-बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

नवलपरासी । नारायणघाट-बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा आज बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

विनयी त्रिवेणी गाउँपालिका-२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्जाराले जानकारी दिए । बञ्जाराका अनुसार पानी पर्न रोकिएपछि डोजरले हिलो सफा गरेर सवारीसाधन गन्तव्यतर्फ पठाइनेछ ।

राति ६ घण्टा सडक बन्द गरेर विस्तार भइरहेको यस खण्डमा सामान्य पानी पर्दासमेत सडक पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ । आगामी असारसम्म यस खण्डको धेरै काम सम्पन्न गर्ने गरी काम भइरहेको नारायणघाट-बुटवल सडक विस्तार आयोजनाले जनाएको छ । हाल दैनिक जसो सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती भोग्दै आएका छन् ।

सम्बन्धित समाचारहरू

नागढुंगा सुरुङमार्ग निर्माणका लागि ५ अर्ब १३ करोड रुपैयाँ विनियोजन

नागढुंगा सुरुङमार्ग निर्माणका लागि ५ अर्ब १३ करोड रुपैयाँ विनियोजन

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि ५ अर्ब १३...

सरकारको कोटेश्वर,सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण सुरू गर्ने घोषणा

सरकारको कोटेश्वर,सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण सुरू गर्ने घोषणा

काठमाडौं – सरकारले कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा — ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...