ड्याटसन रेडी गो इलेक्ट्रिक भर्सनमा आउने संकेत

निसानले भारतीय बजारमा ड्याट्सन कार बन्द गर्ने घोषणा गरे लगतै ड्याटसन कार इलेक्ट्रिक भर्सनमा पुनः लन्च गर्ने खबर सार्वजनिक भएको छ । सो खबर अटोमोटिभ न्युजको एक रिपोर्टले सार्वजनिक गरेको हो । यसअघि कम्पनीले ड्याट्सन रेडी गो बन्द गर्ने घोषणा गरेको थियो ।

रिपोर्टका अनुसार कम्पनीको तमिलनाडुमा रहेको प्लान्टमा ड्याट्सन रेडी गोको एसेम्बल भइरहेको छ । कम्पनीले चाँडै नै ड्याट्सन रेडी गो इलेक्ट्रिक भर्सनमा भारतमा पुनः लन्च गर्ने सम्भावना रहेको छ ।

भारतीय बजारमा सस्तो कार लन्च गरे पनि कार कम्पनीले सोचे जस्तो प्रतिक्रिया पाउन नसके पछि ड्याट्सन बन्द गर्ने निर्णय लिन बाध्य भएको थियो । रिपोर्टका अनुसार निसानले अझै पनि ड्याट्सनको इलेक्ट्रिक भर्सनमा लन्च गर्ने अवसर भएको संकेत दिएको छ ।

निसानले एक विज्ञप्तिमा ड्याट्सनले विश्वभरका हजारौं ग्राहकहरूलाई आकर्षक ड्राइभिङ अनुभव र मूल्य प्रदान गरिरहने बताएको छ । यस कथनले ड्याटसन पुनः फिर्ता आउने संकेत गरेको छ । निसानको विश्वव्यापी रूपान्तरण रणनीतिको एक भागको रूपमा निसान मोडल र सेगमेन्टमा ध्यान केन्द्रित गरिरहेको छ, जसले ग्राहक, डिलर र व्यवसायीलाई सबैभन्दा बढी फाइदा पु¥याउने जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा सार्वजनिक भयो नयाँ ब्रान्ड चेरीको एसयूभी टिग्गो फोरप्रो

नेपाली बजारमा सार्वजनिक भयो नयाँ ब्रान्ड चेरीको एसयूभी टिग्गो फोरप्रो

काठमाडौं – नेपाली बजारमा चेरी ब्रान्डको एसयूभी ‘टिग्गो फोरप्रो’...

१८० एमएम माथी ग्राउन्ड क्लिरियन्स भएका तीन सस्ता कार

१८० एमएम माथी ग्राउन्ड क्लिरियन्स भएका तीन सस्ता कार

सामन्यत गाडी किन्ने ग्राहकले उक्त गाडीको लुक्स तथा डिजाइन, पावर तथा...

चेरीले ल्यायो ‘चेरी चाडपर्व अफर’ : करिव ५ लाख ९० हजार फाइदा हुने

चेरीले ल्यायो ‘चेरी चाडपर्व अफर’ : करिव ५ लाख ९० हजार फाइदा हुने

काठमाडौं – नेपालका लागि चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...