लम्बियो गाडी र मोटरसाइकल माथिको प्रतिबन्ध : असोज २८ सम्म
काठमाडौं – सरकारले गाडी र मोटरसाइकलका साथै विभिन्न वस्तुहरुमा लगाइएको...
काठमाडौँ – नाडा अध्यक्ष पदका लागि केही दिनदेखि चर्चामा रहेका पूर्वउपाध्यक्ष नवराज डल्लाकोटीले समेत करण चौधरीलाई समर्थन गर्ने भएका छन् ।
नाडा अध्यक्ष पदमा करण चौधरी अगाडि बढ्ने र अध्यक्षका अन्य आकांक्षी आकाश गोल्छा र प्रकाश कपुरी बीच सहमति जुटेपछि त्यही सहमति अनुसार अध्यक्षमा करण र वरिष्ठ उपाध्यक्षमा आकाश हुने तय भएको थियो।
पछिल्लो समयमा सो सहमति बिरुद्ध नाडाका पूर्व उपाध्यक्ष नवराज डल्लाकोटीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि फेरि चुनाबी पक्रियामा जानुपर्ने अवस्था सिर्जना भएको थियो। सो घोषणा पछि नाडाको नेतृत्व चयन गर्ने पक्रिया थप जटिल बनेको थियो।
तर आज नाडाको नेतृत्व अहिलेको समयमा चुनाबी पक्रिया भन्दा सहमतिमै चयन हुनुपर्छ भन्ने धारण अनुरुप नवराज डल्लाकोटीले पनि चौधरीलाई नै अध्यक्षको रुपमा समर्थन गरेका छन् ।
सो समर्थन पछि करण चौधरी नै नाडाको अध्यक्ष हुने फेरि पक्का भएको छ भने यही सहमति पछि चुनाब नहुने पक्का भएको छ । सहमतिको पहलका लागि नाडाका वर्तमान अध्यक्ष ध्रुव थापा लगायत कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरुको पनि उपस्थिति रहेको बताइएको छ ।
भोलि शुक्रबार बिहान ११ बजे नाडाको निर्वाचनका लागि मनोनयन गर्दा गर्ने समय तय गरिएको छ।
अटो व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अधिवेशन यही पुस २० र २१ गते हुँदैछ।
काठमाडौं – सरकारले गाडी र मोटरसाइकलका साथै विभिन्न वस्तुहरुमा लगाइएको...
पोखरा – पोखरामा आयोजना गरिएको वाडा अटो शो २०२५ सम्पन्न भएको छ । चैत १४ गते...
काठमाडौं– नेपालमा पहिलो पटक अनलाइन अटो शो शुरु भएको छ । नाडा अटोमोबाइल्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...