चेक रिपब्लिकका राष्ट्रपति पिटर पावेलको रोजाइमा सीएफमोटो ४५० एमटी

चेक रिपब्लिकका राष्ट्रपति पिटर पावेलले सीएफमोटोको लोकप्रिय मोटरसाइकल ४५० एमटी किनेका छन् । पहिले देखि नै रेसिङ र एड्भेन्चरमा रमाउन रुचाउने राष्ट्रपति पावेलले हालै सो मोटरसाइकल प्रयोग गर्नका लागि शोरुममै पुगेर टेस्ट राइड समेत गरेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ ।

६२ वर्षिय राष्ट्रपति पिटर पावेल पहिले देखि नै मोटरसाइकल राइडिङका शौखिन हुन् । उनीसँग विश्वमै लोकप्रिय मानिने विभिन्न मोटरसाइकल समेत छन् । गत मे महिनामा उनी मोटरसाइकल दुर्घटनामा परेर अस्पताल भर्ना समेत भएका थिए ।

सीएफमोटो ४५० एमटी हालै नेपाली बजारमा समेत भित्रिएको बाइक हो । नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सो बाइक भित्र्याएको हो । यसको मूल्य १२ लाख ५० हजार रुपैयाँ छ ।

४४९।५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन यो मोटरसाइकलको मुटु रहेको छ, जसले ९५०० आरपीएममा ४४ एचपी पावर र ७६०० आरपीएममा ४४ एनएम टर्क जेनेरेट गर्छ । शहरमा क्रुज गर्दा होस् या कुनै उबडखाबड भूभाग, ४५० एमटीले स्मुथ र पावरफुल राइड दिनेछ, र यो दुई विकल्प लो फेन्डर र हाई फेन्डरमा उपलब्ध छ ।

४५० एमटीमा आकर्षक डिजाइन र कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ । यसको तिक्ष्ण, एरोडायनामिक रेखाहरू, आक्रामक फ्रन्ट डिजाइन र मस्कुलर पर्सनालिटीले जहाँसुकै यसको उपस्थिति लाई स्ट्यान्ड आउट बनाउँछ । पूर्ण रूपमा एलईडी लाइटले सुसज्जित ४५० एमटीले रातको समयमा भिजिबिलिटी उत्कृष्ट बनाउने मात्र नभएर, डिजाइनलाई आधुनिक लुक पनि दिन्छ । यो बाइक सेग्मेन्टकै सबैभन्दा हल्का एड्भेन्चर टुरिङ बाइक हो जसको तौल जम्मा १७५ किलोग्राम रहेको छ । साथै, बाइक बोस एबीएस र टीसीएसले पनि सुसज्जित छ।

बाइकमा डुअल च्यानल एबीएस रहेको छ जसले हरेक अवस्थामा स्थिर ब्रेकिङ सुनिश्चित गर्छ, साथै यो स्विच अन र अफ पनि गर्न मिल्छ । शहरको ट्राफिक होस् वा अफरोडको गतिमा, एबीएसले राइडिङलाई अझ बढी आत्मविश्वास र नियन्त्रण सुनिश्चित गर्छ । अरू उत्कृष्ट सुविधाहरू मध्ये यसमा बोस ट्र्याक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशिल्ड र केवाईबी सस्पेन्सन रहेको छ ।

सम्बन्धित समाचारहरू

बाइक चलाएर स्टार्ट बन्द गरेपछि किन टिकटिकको आवाज आउँछ? यस्तो छ कारण

बाइक चलाएर स्टार्ट बन्द गरेपछि किन टिकटिकको आवाज आउँछ? यस्तो छ कारण

सहरी क्षेत्र होस् वा लामो दुरीको यात्रा गर्दा होस् दुई पाङ्ग्रे सवारीसाधन...

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...

अगस्ट चौथो सातामा मोटरसाइक्लिङ कार्निभल बाइकर्स जात्रा हुने

अगस्ट चौथो सातामा मोटरसाइक्लिङ कार्निभल बाइकर्स जात्रा हुने

काठमाडौं – हजारौँ मोटरसाइकलिस्ट सहभागी रहने बाइकर्स जात्रा (मोटरसाइक्लिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...