साइकल जात्रा ‘कोरा २०२४’ आयोजना हुँदै, ४ हजार यात्रीले २ लाख किमी यात्रा तय गर्ने

काठमाडौं–नेपालकै ठुलो साइकल जात्रा ‘कोरा २०२४’ को १४ औं संस्करण आगामी शनिबार आयोजना हुने भएको छ । जात्रामा करिब ४ हजार साइकल यात्रीले नेपालको १५ भन्दा बढी स्थानमा दुई लाख किलोमिटर भन्दा बढी दुरी तय गर्नेछन् ।

हरेक वर्ष जस्तै यो वर्ष पनि साइकल यात्रीहरुले सामाजिक कामका लागि रकम पनि संकलन गर्नेछन् । यो वर्ष संकलन गरिने रकम ललितपुरको गुसिङ्गालमा रहेको साइकल पम्प ट्रयाक जस्तै नेपालगंजमा रहेको पम्प ट्रयाक सुधार गर्न प्रयोग गरिनेछ ।

सन् २०११ मा ३५ जनाबाट शुरु भएको काठमाडौँ कोरा साइकल यात्रा हरेक वर्ष पाटनको मंगलबजारबाट शुरु भइ काठमाडौँ उपत्यकाको एक फन्को लगाएर पाटनकै नागबाहालमा अन्त हुने गर्छ । साइकल यात्रीहरुले यस क्रममा आफ्नो इच्छा अनुसार ५० किलोमिटर, ७५ किलोमिटर, १०० किलोमिटर वा १४० किलोमिटरको यात्रा तय गर्नेछन् । हरेक वर्ष जुलाई महिनाको तेस्रो शनिवार आयोजना हुने जात्रामा यो वर्ष ललितपुर महानगरपालिका पनि सह–आयोजकको रुपमा सहभागी भएको छ ।

‘ललितपुर स्मार्ट सिटि बन्न चाहन्छ र यसको लागि नगरवासीहरुले साइकल चढ्न सक्ने वातावरण बनाइ साइकल संस्कृतिको विकास गर्न आवश्यक छ । हामीले ललितपुरमा साइकल प्रवर्धन गर्न साइकल लेन र साइकल स्टेन्ड बनाउने, र महिला साइकल यात्रीहरुलाई सहयोग गर्ने कामगरिरहेका छौं र ‘कोरा’ जस्ता स्थानीय प्रयास संगको सहकार्यले यस अभियानलाई थप टेवा दिनेछ’ ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले भने ।

साइकल संस्कृतिको विकास गर्न महिला, बालबालिका लगायत समाजका सबै वर्गलाई समेत समावेश गर्न आवश्यक भएकोले कोराले महिला सहभागिता बढाउन विशेष प्रयास गर्दै आइरहेको छ । जसका कारण गएको वर्ष काठमाडौँ कोरामा महिला यात्रीहरुको संख्या ३४ प्रतिशत पुगेको थियो ।

यसै सम्बन्धमा ललितपुरका विभिन्न भागमा महिलाहरुलाई साइकल चढ्ने, साइकलको मर्मत सम्भार गर्ने र प्राथमिक उपचारको तालिम दिने कामपनि भैरहेको छ । यो अभियानमा स्थानीय महिला समुहहरु र यूएसएड स्वच्छ हावा आयोजनाको समेत सहभागिता रहेको छ ।

कोरा आयोजनाको मूल उदेश्य देशभरि नै साइक्लिस्ट समुदायहरु विकास गरि साइकल संस्कृतिको प्रवर्धन गर्नु हो । यसमा सोसल टुर्स, साइकल सिटि नेटवर्क नेपाल, पाङ्ग्रो, ललितपुर महानगरपालिका, यूएसएड स्वच्छ हावा, अष्ट्रेलियन राजदुतावास, नबिल बैंक, टर्किस एअरलाइन्स, हिमालयन एभेरेस्ट इन्स्युरेन्स लगायत विभिन्न संघ संस्थाले सहकार्य गरेका छन् ।

सम्बन्धित समाचारहरू

सडक दुर्घटना न्यूनीकरण र प्रदूषण नियन्त्रणमा कृत्रिम एआईले ठूलो सहयोग गर्न सक्ने

सडक दुर्घटना न्यूनीकरण र प्रदूषण नियन्त्रणमा कृत्रिम एआईले ठूलो सहयोग गर्न सक्ने

भारतमा फेब्रुअरी १६, २०२६ देखि एआई प्रभाव शिखर सम्मेलन २०२६ औपचारिक रूपमा...

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपा क्षेत्र तनावग्रस्त, राजमार्ग अवरुद्ध

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपा क्षेत्र तनावग्रस्त, राजमार्ग अवरुद्ध

काभ्रे–टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपा क्षेत्र...

दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाद्वारा दुईतिरबाट ट्रयाक खोल्न सुरु

दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाद्वारा दुईतिरबाट ट्रयाक खोल्न सुरु

दार्चुला – महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...