साइकल जात्रा ‘कोरा २०२४’ आयोजना हुँदै, ४ हजार यात्रीले २ लाख किमी यात्रा तय गर्ने

काठमाडौं–नेपालकै ठुलो साइकल जात्रा ‘कोरा २०२४’ को १४ औं संस्करण आगामी शनिबार आयोजना हुने भएको छ । जात्रामा करिब ४ हजार साइकल यात्रीले नेपालको १५ भन्दा बढी स्थानमा दुई लाख किलोमिटर भन्दा बढी दुरी तय गर्नेछन् ।

हरेक वर्ष जस्तै यो वर्ष पनि साइकल यात्रीहरुले सामाजिक कामका लागि रकम पनि संकलन गर्नेछन् । यो वर्ष संकलन गरिने रकम ललितपुरको गुसिङ्गालमा रहेको साइकल पम्प ट्रयाक जस्तै नेपालगंजमा रहेको पम्प ट्रयाक सुधार गर्न प्रयोग गरिनेछ ।

सन् २०११ मा ३५ जनाबाट शुरु भएको काठमाडौँ कोरा साइकल यात्रा हरेक वर्ष पाटनको मंगलबजारबाट शुरु भइ काठमाडौँ उपत्यकाको एक फन्को लगाएर पाटनकै नागबाहालमा अन्त हुने गर्छ । साइकल यात्रीहरुले यस क्रममा आफ्नो इच्छा अनुसार ५० किलोमिटर, ७५ किलोमिटर, १०० किलोमिटर वा १४० किलोमिटरको यात्रा तय गर्नेछन् । हरेक वर्ष जुलाई महिनाको तेस्रो शनिवार आयोजना हुने जात्रामा यो वर्ष ललितपुर महानगरपालिका पनि सह–आयोजकको रुपमा सहभागी भएको छ ।

‘ललितपुर स्मार्ट सिटि बन्न चाहन्छ र यसको लागि नगरवासीहरुले साइकल चढ्न सक्ने वातावरण बनाइ साइकल संस्कृतिको विकास गर्न आवश्यक छ । हामीले ललितपुरमा साइकल प्रवर्धन गर्न साइकल लेन र साइकल स्टेन्ड बनाउने, र महिला साइकल यात्रीहरुलाई सहयोग गर्ने कामगरिरहेका छौं र ‘कोरा’ जस्ता स्थानीय प्रयास संगको सहकार्यले यस अभियानलाई थप टेवा दिनेछ’ ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले भने ।

साइकल संस्कृतिको विकास गर्न महिला, बालबालिका लगायत समाजका सबै वर्गलाई समेत समावेश गर्न आवश्यक भएकोले कोराले महिला सहभागिता बढाउन विशेष प्रयास गर्दै आइरहेको छ । जसका कारण गएको वर्ष काठमाडौँ कोरामा महिला यात्रीहरुको संख्या ३४ प्रतिशत पुगेको थियो ।

यसै सम्बन्धमा ललितपुरका विभिन्न भागमा महिलाहरुलाई साइकल चढ्ने, साइकलको मर्मत सम्भार गर्ने र प्राथमिक उपचारको तालिम दिने कामपनि भैरहेको छ । यो अभियानमा स्थानीय महिला समुहहरु र यूएसएड स्वच्छ हावा आयोजनाको समेत सहभागिता रहेको छ ।

कोरा आयोजनाको मूल उदेश्य देशभरि नै साइक्लिस्ट समुदायहरु विकास गरि साइकल संस्कृतिको प्रवर्धन गर्नु हो । यसमा सोसल टुर्स, साइकल सिटि नेटवर्क नेपाल, पाङ्ग्रो, ललितपुर महानगरपालिका, यूएसएड स्वच्छ हावा, अष्ट्रेलियन राजदुतावास, नबिल बैंक, टर्किस एअरलाइन्स, हिमालयन एभेरेस्ट इन्स्युरेन्स लगायत विभिन्न संघ संस्थाले सहकार्य गरेका छन् ।

सम्बन्धित समाचारहरू

कालीगण्डकी करिडोरमा धमाधम कालोपत्र हुँदै

कालीगण्डकी करिडोरमा धमाधम कालोपत्र हुँदै

म्याग्दी – राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक...

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग...

सुरुङ मार्ग, फ्लाइओभर र अन्य सडकका लागि कति बजेट ? यस्तो छ बजेट व्यवस्था

सुरुङ मार्ग, फ्लाइओभर र अन्य सडकका लागि कति बजेट ? यस्तो छ बजेट व्यवस्था

सरकारले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५० अर्ब ५३ करोड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...