बजेटको नयाँ व्यवस्था : विद्युतीय डबल क्याब पिकअपमा थप भन्सार र अन्तःशुल्क
काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सार्वजनिक गरेको...
काठमाडौं –एमजी मोटरले आफ्नो नयाँ मोडल साइबर एक्सलाई आगामी दुई वर्षभित्र बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीका अनुसार यो मोडल परिवारमैत्री इलेक्ट्रिक एसयूभीको रूपमा प्रस्तुत हुनेछ । यो मोडल पहिलो पटक शाङ्घाई अटो शोमा बोल्ड कन्सेप्टको रूपमा प्रस्तुत गरिएको थियो ।
साइबर एक्स ५ वटा ढोकाको लेआउट र बक्सी डिजाइन हुनेछ । जुन स्ट्यान्स मर्सिडिज ईक्यूबी जस्ता प्रिमियम एसयूभी जस्तै देखिनेछ । एमजीको यूके प्रडक्टका डेविड एलिसनले यसलाई ‘सुजुकी जिम्नीको आध्यात्मिक उत्तराधिकारी’ को संज्ञा दिएका छन् ।
साइबर एक्सले कन्सेप्टमा देखाइएको बक्सी र एङ्गुलर डिजाइन कायम राख्नेछ । पप–अप हेडलाइटको सट्टा परम्परागत हेडलाइट प्रयोग हुनेछ भने प्यानोरामिक रूफ हटाएर आधुनिक इन्टिरियर राखिनेछ । ठूलो सेन्ट्रल टचस्क्रिन, फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, पर्याप्त हेडरूम र लेगरूमले यसलाई परिवारमैत्री बनाउनेछ ।
साइबर एक्समा एमजीको नयाँ सेमी–सोलिड–स्टेट ब्याट्री प्रविधि प्रयोग हुने अपेक्षा गरिएको छ । यसले करिब ४८२ किमीसम्मको रेन्ज दिने अनुमान गरिएको छ । अधिकांश मोडलमा सिंगल–मोटर फ्रन्ट–ह्वील–ड्राइभ रहनेछ भने उच्च भर्सनमा अल–ह्वील–ड्राइभ पनि उपलब्ध हुने सम्भावना छ ।
विश्व बजारमा यसको प्रारम्भिक मूल्य ३० हजार युरोभन्दा कम हुने अनुमान गरिएको छ । कम्पनीका अनुसार आधुनिक प्रविधि, पहुँचयोग्य मूल्य र व्यवहारिक डिजाइनका कारण यो सानो इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा निकै लोकप्रिय बन्ने अपेक्षा गरिएको छ ।
एमजी मोटर एसएआईसी मोटर कर्पोरेसनको स्वामित्वमा रहेको ब्रिटिश ब्रान्ड हो । पेट्रोल, हाइब्रिडदेखि फुल्ली इलेक्ट्रिक मोडलसम्मका सवारी साधन उत्पादन गर्दै आएको एमजीले विश्वव्यापी रूपमा स्टाइलिश, प्रविधिमैत्री र बजेटअनुकूल गाडीमार्फत आफ्नो उपस्थिति मजबुत पारेको छ ।
काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सार्वजनिक गरेको...
स्मार्टफोन निर्माता कम्पनी साओमीले इलेक्ट्रिक कार ल्याउने तयारी...
फ्रेन्च अटो निर्माता सिट्रोनले इलेक्ट्रिक सी३ लाई भारतीय बजारमा लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...