विराटनगर अपडेट : छुट होइन, यो बाइकका लागि बढी नै मूल्य तिर्न समेत तयार छन् ग्राहक

विराटनगर – विराटनगरमा यामाहाको डिलर तिरुपति अटो प्यालेसले अन्य मोडलका साथै पछिल्लो समयमा चर्चित बनेको एमटी–१५ बाइक ६० भन्दा बढी संख्यामा बिक्री गरेको छ । तर हाल यो बाइक ग्राहकले बुकिङ गर्न समेत पाएका छैनन् ।

तिरुपति अटो प्यालेसका सोरुम इन्चार्ज राजकुमार श्रेष्ठले कम्पनीले बाइक उपलब्ध गराउन नसके पनि दैनिक रुपमा यो बाइकको वारेमा सोधखोज गर्ने ग्राहक धेरै भएको बताउछन् । कम्पनीले तोकेको भन्दा बढी मूल्य हालेरै भए पनि यसलाई आफ्नो बाइक बनाउन खोज्ने ग्राहक समेत प्रशस्तै थिए । आफूले भने अनुसारको कलर र मोडल चाहने ग्राहक यहाँ प्रशस्तै छन् । हाल बीएस६ मापदण्डयुक्त यो बाइकको मूल्य ४ लाख ८३ हजार ९ सय रुपैयाँ छ ।

विराटनगरमा विशेष गरी ब्ल्याक र ह्वाइट कलर अप्सनमा रहेको एमटी–१५ चाहने ग्राहक धेरै छन् । अहिले ग्राहकको माग धान्नै नसकेर कम्पनीले बुकिङ समेत नलिएको श्रेष्ठले बताए । उनी भन्छन्, ‘यदि १० जना ग्राहकको बुकिङ लिने हो भने सामान्य अवस्थामा पनि २ जनाले मात्र बाइक पाउने र ८ जनाले नपाउने अवस्था थियो । यो अवस्थामा ८ जनाको इन्क्वायरी सुनेरै हैरान हुनुपर्ने अवस्था हुन्छ । त्यसैले हामीले पछिल्लो अवस्थामा बुकिङ नै लिएका छैनौ ।’

हालै विराटनगरमा चलेको यामाहा महा एक्सचेन्ज मेलामा अन्य मोडल धेरै भए पनि एमटी–१५ मोडल भने एउटा मात्र डिस्प्ले गरिएको थियो ।

यामाहा एमटी–१५ पहिलो पटक गत वर्ष गत वर्ष अर्थात २०२१ सेप्टेम्बर २४ मा भृकुटीमण्डपमा सम्पन्न यामाहा महा एक्सचेन्ज मेलामा सार्वजनिक गरिएको थियो । त्यति बेला एकै पटक २ सय युनिट एमटी–१५ बीएस६ ग्राहकलाई डेलिभरी गरिएको थियो । २०७९ को प्रारम्भमा यो बाइक देशभर १ हजार युनिट बिक्री भएको यामाहा नेपालले घोषणा गरेको थियो ।

यामाहाको १५५ सीसी इन्जिनयुक्त एमटी–१५ पहिले देखि नै बलियो र रुचाइएको बाइक थियो । अहिले बीएस६ मापदण्डयुक्त इन्जिनका साथ यसमा अन्य धेरै विशेषता समेत थपिएका छन् । यसमा भएको विशिष्ट खालको ईसीयू मोडल, राम्रो एक्सिलरेसनका लागि भीभीए इन्जिन तथा राइडिङलाई अझै फास्ट गर्नका लागि अप्टिमाइज्ड सेकेन्डरी रिडक्सन गियर रेसियो एवं सहज गियरसिफ्टका लागि एएस क्लच उपलब्ध छ । त्यसैगरी राइडरलाई सहजता प्रदान गर्न यसमा मोटार्ड जस्तो राइडिङ पोजिसन हुन्छ भने उत्कृष्ट स्टपिङ पावरका लागि सिंगल च्यानल एबीएससहितको २८२ एमएमको फ्रन्ट डिस्क ब्रेक जस्ता उत्कृष्ट विशेषताहरुले यसमा आकर्षण थपेको छ ।

सो नेकेड स्ट्रिट फाइटरमा भएका विभिन्न विशेषताका कारण अन्य मोटरसाइकल भन्दा फरक भएको र धेरै राइडरले यसको प्रतीक्षा गरिरहेको कम्पनीको भनाइ छ । टर्क र छरितोपन, परिष्कृत कन्ट्रोल पोस्चर्स र सिंगल–च्यानल एबीएसका लागि परिचित, सबैभन्दा गतिशील लाइटवेटहरू मध्ये एक उक्त प्योर ग्रिड हाइपर नेकेड, एमटी स्टेबलबाट अतिरिक्त समय र कडा परिश्रमसहित विशेष सामग्रीहरूको प्रयोगपछि तयार गरिएको बाइक हो, एमटी–१५ बीएस६ ।

सम्बन्धित समाचारहरू

१५० सिसी सेग्मेन्टमा यामाहा मोटरसाइकल, यस्तो छ ७ मोडलको मूल्य

१५० सिसी सेग्मेन्टमा यामाहा मोटरसाइकल, यस्तो छ ७ मोडलको मूल्य

काठमाडौं– नेपालको टु–ह्विलर बजारमा स्थापित ब्रान्ड हो यामाहा । स्पोर्टी...

यामाहा महा एक्सचेन्ज मेला हुने, पुराना बाइक वा स्कुटरसँग नयाँ बाइक स्कुटर साट्दा फाइदै फाइदा

यामाहा महा एक्सचेन्ज मेला हुने, पुराना बाइक वा स्कुटरसँग नयाँ बाइक स्कुटर साट्दा फाइदै फाइदा

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा यामाहा महा एक्सचेन्ज मेला हुने भएको छ...

मासिक किस्ता ८,५५६ वा १३,५६० मा यसरी लिन सकिन्छ यामाहाको बीएस६ एमटी–१५

मासिक किस्ता ८,५५६ वा १३,५६० मा यसरी लिन सकिन्छ यामाहाको बीएस६ एमटी–१५

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको बीएस६ इन्जिनयुक्त यामाहा एमटी–१५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...