क्रसफायर ट्रयाकर २५० सोल्ड आउट, अब बुकिङ गर्नेले केही समय पर्खिनु पर्ने

काठमाडौं – नेपाली बजारमा केही समय अघि भित्रिएको क्रसफायरको नयाँ मोटरसाइकल ट्रयाकर २५० सोल्ड आउट भएको छ । पहिलो लटमा नेपाली बजारका लागि उपलब्ध सबै मोटरसाइकल बिक्री भएको कम्पनी स्रोतले बताएको छ ।

अब बुकिङ गर्नेले भने केही सयम कुर्नु पर्ने भएको छ । नेपालका लागि क्रसफायरको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड इम्पोर्टका अनुसार असोज महिनाको अन्त्य सम्ममा अर्को लट मोटरसाइकल उपलब्ध गराउने तयारी भइरहेको छ ।

ट्रयाकर २५० मा सिंगल सिलिन्डर, फोर स्ट्रोक र टु भल्भ एयरकुल्ड इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २० बीएचपी र टर्क १८.५ एनएम रहेको छ । प्रतिलिटर इन्धन खपतमा ३० किलोमिटर माइलेज प्रदान गर्ने दाबी गरिएको यो बाइकको लुक्स तथा डिजाइन समेत निकै नै आकर्षक देखिन्छ ।

अगाडि टेलिस्कोपिक र पछाडि मोनोशक सस्पेन्सन जडान गरिएको यो बाइकको ग्राउन्ड क्लियरेन्स २४० एमएम रहेको छ । अगाडि र पछाडि दुबै चक्कामा डिस्क ब्रेक दिइएको यो बाइकको कुल तौल ११५ किलोग्राम छ ।

यो बाइकको हेड र टेल लाइटमा हेलोजन बल्व जडान गरिएको छ भने इन्डिकेटरमा एलईडी लाइट दिइएको छ । यो बाइकको मूल्य ३ लाख ४८ हजार रुपैयाँ निर्धारण गरिएको छ । जुन बजारमा हाल उपलब्ध यही सेग्मेन्टको अन्य बाइकको तुलनामा सबैभन्दा कम मूल्यको हो ।

सम्बन्धित समाचारहरू

अन्तर्राष्ट्रिय स्तरको मोटरसाइक्लिङ इभेन्ट बबएमसी राइडर मेनियाको २०२७ संस्करण नेपालमा हुने

अन्तर्राष्ट्रिय स्तरको मोटरसाइक्लिङ इभेन्ट बबएमसी राइडर मेनियाको २०२७ संस्करण नेपालमा हुने

काठमाडौं – अन्तर्राष्ट्रिय स्तरको मोटरसाइक्लिङ इभेन्ट बबएमसी (ब्रदरहुड...

फेरि परीक्षणमा देखियो रोयल इन्फिल्ड हिमालयन ४५०, लन्चको प्रतीक्षा

फेरि परीक्षणमा देखियो रोयल इन्फिल्ड हिमालयन ४५०, लन्चको प्रतीक्षा

रोयल इन्फिल्डले एड्भेन्चर बाइक हिमालयन थप पावरफुल भर्सनमा लन्च गर्ने...

आकर्षक कलर स्किममा आउँदै २०२१ रोयल इन्फिल्ड क्लासिक ३५०, सेप्टेम्बर १ मा लन्च हुने

आकर्षक कलर स्किममा आउँदै २०२१ रोयल इन्फिल्ड क्लासिक ३५०, सेप्टेम्बर १ मा लन्च हुने

२०२१ रोयल इन्फिल्डको न्यु जेनेरेसन क्लासिक ३५० लन्चिङको लागि तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...