शाओमीको वाईयू७ जीटीद्वारा चालक बिनै विश्वकै कठिन रेस ट्र्याक नुर्बुर्गरिङ नोर्डश्लाइफेमा नयाँ कीर्तिमान
शाओमीले अटोमोबाइल क्षेत्रमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ।...
क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक क्लासिक ह्व्लिस एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले नारी दिवसको अबसरमा ६ जना चर्चित महिला राइडरलाई सहभागी गराई नगरकोट राइड सम्पन्न गरेको छ ।
शनिबार आयोजना गरिएको उक्त राइडमा ओमदेबी तामाङ(सोनी), जन मुद्रा, रोशनी भण्डारी, दिक्षा शाही, सिर्जना कपाली र वर्षा वस्नेतले सहभागिता जनाएका थिए । उनीहरु सबै क्रसफायर ब्रान्डको एड्भेन्चर बाइक चलाएर नगरकोट पुगेक हुन् ।
राइडको क्रममा आफूहरुले एड्भेन्चर टुरको भरपुर आनन्द लिएको र नारी दिवसलाई क्रसफायरले बिशेष बनाएको उनीहरुले बताएका छन् । साथै हिजो उक्त दिवसको अवसर पारेर कम्पनीले उनीहरु छ जनाले चाल्दै आएको शाहसी कदमको प्रशंसा गर्दै बिशेष प्रकारले डिजाइन गरिएको ज्याकेट हस्तान्तरण गरेको छ । उनीहरुको नाम लेखेर डिजाइन गरिएको ती ज्याकेट शोरुममा एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरिएको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...