नेपाली बजारमा अब क्रसफायर रेसिङ कम्पोनेन्ट सहित एचजे २५० डार्क एडिसन

काठमाडौं – क्रसफायर एचजे २५० डार्क एडिसन मोटरसाइकल अब क्रसफायर रेसिङ कम्पोनेन्ट्स (सीआरसी) का साथ सुसज्जित हुने भएको छ । नेपालमा क्रसफायर मोटरसाइकलको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले सो मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराउने बताएको छ ।

क्रसफायर मोटरसाइकलको आफ्नै इनहाउस रिसर्च एन्ड डेभलपमेन्टद्वारा उत्पादन गरिएको क्रसफायर रेसिङ कम्पोनेन्टलाई नेपाली बजारका लागि अनुसन्धान र परीक्षण गरिए पश्चात अब बिक्रीका लागि उपलब्ध गराउने बताइएको छ । यसको डिजाइन, डेभलपमेन्ट र म्यानुफ्याक्चर आदि प्रक्रिया चीनमा गरिएको हो भने यसको सुपरीवेक्षण र निर्देशन अष्ट्रेलियाको प्यारेन्ट कम्पनीले गरेको थियो ।

क्रसफायर एचजे २५० मा सीआरसी पार्ट्सको रुपमा फोर्क कभर, ह्यान्ड गार्ड, ह्यान्डल बार, बार प्याड, क्लच, फ्रन्ट डिस्क कभर, च्यासिस कभर प्यानल, स्पोकेट कभर, ५२टी चेन, एक्जस्ट प्रोटेक्टर र सिट छन् ।

क्रसफायर रेसिङ कम्पोनेन्ट्स सहितको नयाँ एचजे २५० डार्क एडिसन नेपालभरका डिलरहरुमा छिट्टै नै उपलब्ध हुने कम्पनीको भनाइ छ ।

यसको वारेमा थप जानकारी आगामी दिनमा सार्वजनिक गर्दै जाने बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...