अब टीभीएस स्कुटरको डिस्प्लेमै हेर्न सकिन्छ क्रिकेट र फुटवलको स्कोर तथा मौसम सम्बन्धी जानकारी

टीभीएस मोटर्सले हालै लन्च गरेको एनटर्क स्कुटरको नयाँ भेरिएन्ट अत्याधुनिक फिचर्सका कारण चर्चित बनिरहेको छ । टीभीएसले निर्माण गरेको हालसम्मकै सबैभन्दा महंगो र हाइटेक फिचर्सबाट सुसज्जित एनटर्क एक्सटीमा जडान गरिएको नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टर अहिले चर्चाको विषय वनिरहेको हो ।

यो स्कुटरमा टीभीएसले एलसिडी डिस्प्ले सहितको टिएफटी स्क्रिन उपलब्ध गराएको छ । उक्त स्क्रिनमा सोसल मिडिया नोटिफिकेसन, फूड डेलिभरी ट्रयाकिङ इन्फर्मेसन, मौसम पूर्वानुमान सम्वन्धि जानकारी, क्रिकेट र फुटवल म्याचको स्कोर लगायत जानकारी समेत लिन सकिन्छ ।

यसको साथै आफूसँग भएको स्मार्ट फोनलाई ब्लुटुथमार्फत कनेक्ट गरी कल तथा एसएमस अलर्ट र टर्न वाई टर्न नेभिगेसन जस्ता फिचर्स समेत प्रयोग गर्न सकिन्छ । यो स्कुटरको टिएफटी स्क्रिनमा फोन गर्ने व्यक्तिको प्रोफाइल तस्विरलाई समेत हेर्न सकिन्छ ।

यो स्कुटरमा यति धेरै फिचर्स दिइएका कारण यसलाई जिम्मेवारी पूर्वक प्रयोगमा ल्याउनु पर्ने देखिन्छ । स्कुटर चलाइरहेको समयमा यी फिचर्समा बढी जोड दिंदा दुर्घटना निम्तिन सक्ने जोखिम वढ्ने हुँदा राइडर थप जिम्मेवार हुनुपर्ने देखिएको हो ।

सम्बन्धित समाचारहरू

नयाँ फिचर र अपडेटेड प्रविधि सहित आयो टीभीएस अपाचे आरटीआर १६० ४भी

नयाँ फिचर र अपडेटेड प्रविधि सहित आयो टीभीएस अपाचे आरटीआर १६० ४भी

टीभीएस मोटर्सले १६० सीसी नेकेड बाइक सेगमेन्टमा टीभीएस अपाचे आरटीआर ४भी...

स्मार्ट फिचर थप भएर आयो टिभीएस जुपिटर

स्मार्ट फिचर थप भएर आयो टिभीएस जुपिटर

टीभीएसले जुपिटर १२५ मा नयाँ फिचर थप गरेको छ । यसअघि एनटर्क एक्सटीमा उपलब्ध...

स्याङजाको वद्खोलामा टिभिएसको नयाँ शोरुम

स्याङजाको वद्खोलामा टिभिएसको नयाँ शोरुम

टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्वार मोटर्सले स्याङजाको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...