हुण्डाई नेपालले सुरु गर्यो ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ सर्भिस क्याम्पेन
काठमाडौं – हुण्डाई नेपालले ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ कार्यक्रमको...
हुन्डाइको सर्बाधिक सफल एसयूभी क्रेटा पर्फमेन्स भर्सनमा आउने भएको छ । ‘एन लाइन’ नामले आउने सो नयाँ एसयूभी मार्च ११ मा लन्च हुने तय भइसकेको छ । क्रेटा एनलाइन एन८ र एन१० गरी दुइवटा भेरिएन्टमा आउने तय भएको हो ।
दुबै भेरियन्टले लेभल–२ एडास सहित समान किट पाउने अपेक्षा गरिएको छ । यद्यपि, टप स्पेक भेरिएन्ट एन–१० ले भेन्टिलेट फ्रन्ट सीटहरू र ८–स्पीकर बोस अडियो प्रणाली जस्ता अतिरिक्त सुविधाहरू प्राप्त गर्न सक्ने अनुमान गरिएको छ । क्रेटा एन लाइन ६ वटा कलर अप्सनमा उपलब्ध हुनेछ ।
यसमा आयताकार फ्रन्ट ग्रिल र सिल्भर इन्सर्टसहित बम्पर, एल आकारको एलईडी डीआरएल र रातो ब्रेक क्यालिपरसहित १८ इन्च डुअल टोन एलोय ह्वील उपलब्ध हुनेछ । एसयूभीमा डुअल–टिप एग्जस्ट, रूफ स्पोइलर र पछाडि स्पोर्टी बम्पर दिइएको छ । साथै यसमा रातो एक्सेन्ट, एन लाइन विशेष स्टेयरिङ ह्वील, गियर लिभर र आल्मुनियम पेडलसहितको पूर्ण कालो इन्टेरियर पाउन सकिन्छ ।
सो नयाँ एसयूभीमा १.५ लिटर टर्बो–पेट्रोल इन्जिन जडान हुनेछ । जसको पावर १५८ बिएचपी र टर्क २५३ एनएम रहनेछ । यसलाई ६–स्पीड म्यानुअल र ७–स्पीड डुअल–क्लच अटोमेटिक ट्रान्समिसनसँग जोडिनेछ ।
काठमाडौं – हुण्डाई नेपालले ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ कार्यक्रमको...
हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ६ ले एकै पटक तीन क्याटागोरीमा वर्ल्ड कार...
काठमाडौं– हुन्डाईको वहुप्रतिक्षित बिद्युतिय एसयुभी क्रेटा आगामी जनवरी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...