क्रेटा, भेन्यू र आई२० मा हुन्डाईले थप्यो यी नयाँ फिचर
हुन्डाईले क्रेटा, भेन्यू र आई२० मा नयाँ सेफ्टि फिचर सहित अन्य विशेषता थप...
भारतमा १० दिनअघि लन्च भएको क्रेटा फेसलिफ्ट अहिले सर्बाधिक सफल बनिरहेको छ । हुन्डाई मोटर्स इण्डियाका अनुसार हालसम्म प्राप्त बुकिङलाई आधार मान्दा सो नयाँ एसयूभीलाई हात पार्न ग्राहकले ५ महिनासम्म कुर्नुपर्ने देखिएको छ ।
हुन्डाइले क्रेटा फेसलिफ्टलाई कुल १९ भेरिएन्टमा लन्च गरेको थियो । जसको सुरुवाती मूल्य ११ लाख भारु निर्धारण गरिएको छ भने सबैभन्दा महंगो भेरिएन्टलाई २० लाख भारु पर्छ । पेट्रोल, डिजेल र टर्बो पेट्रोल इन्जिनमा उपलब्ध नयाँ क्रेटा ५ गियरबक्स अप्सनमा उपलब्ध छ ।
भारतिय ग्राहकले यसको डिजेल इन्जिनलाई सर्बाधिक रुचाएको डिलर स्रोतहरुले उल्लेख गरेका छन् । उनीहरुका अनुसार डिजेल इन्जिामा यसको ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर गियरवक्सलाई ग्राहकले अत्याधिक रुचाएका हुन् । यी भेरिएन्ट हात पार्न ग्राहकले ५ महिनसाम्म कुर्नुपर्ने उनीहरुको भनाई छ ।
यसैगरी क्रेटा पेट्रोल र टर्बो पेट्रोल भेरिएन्टलाई हात पार्न ४ महिनासम्म कुर्नुपर्ने देखिएको छ भने सो एसयुभीको टप–स्पेक एसएक्स(ओ) भेरिएन्ट सर्बाधिक लोकप्रिय बन्दै गएको छ । कलरका हिसावले भने सबैभन्दा बढी कालो रङ लोकप्रिय बनिरहेको छ ।
क्रेटा नेपाली बजारमा समेत सर्बाधिक रुचाइएको एसयूभी हो । भारतमा यसको फेसलिफ्ट लन्च भएपछि नेपालमा समेत एसयभुी पारखीले यसलाई प्रतिक्षा गरिरहेका छन् । नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ क्रेटालाई फेब्रुअरी महिनाभित्रै लन्च गर्नसक्ने अनुमान गर्न सकिन्छ । नेपाल आउँदा यसको सुरुवाती मूल्य ५० लाख माथी निर्धारण हुने आँकलन गर्न सकिन्छ ।
हुन्डाईले क्रेटा, भेन्यू र आई२० मा नयाँ सेफ्टि फिचर सहित अन्य विशेषता थप...
न्यु जेनेरेसन हुन्डाई भेन्यु २०२५ मा लन्च हुने अपेक्षा गरिएको छ र यसको...
काठमाडौ– हुन्डाइको लोकप्रिय इलेक्ट्रिक कार कोना जीएल २ लाख रुपैयाँ सस्तो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...