क्रेटा फेसलिफ्ट हात पार्न ५ महिनासम्म कुर्नुपर्ने, टप स्पेक र कालो रङ सर्बाधिक रुचाइयो

भारतमा १० दिनअघि लन्च भएको क्रेटा फेसलिफ्ट अहिले सर्बाधिक सफल बनिरहेको छ । हुन्डाई मोटर्स इण्डियाका अनुसार हालसम्म प्राप्त बुकिङलाई आधार मान्दा सो नयाँ एसयूभीलाई हात पार्न ग्राहकले ५ महिनासम्म कुर्नुपर्ने देखिएको छ ।

हुन्डाइले क्रेटा फेसलिफ्टलाई कुल १९ भेरिएन्टमा लन्च गरेको थियो । जसको सुरुवाती मूल्य ११ लाख भारु निर्धारण गरिएको छ भने सबैभन्दा महंगो भेरिएन्टलाई २० लाख भारु पर्छ । पेट्रोल, डिजेल र टर्बो पेट्रोल इन्जिनमा उपलब्ध नयाँ क्रेटा ५ गियरबक्स अप्सनमा उपलब्ध छ ।

भारतिय ग्राहकले यसको डिजेल इन्जिनलाई सर्बाधिक रुचाएको डिलर स्रोतहरुले उल्लेख गरेका छन् । उनीहरुका अनुसार डिजेल इन्जिामा यसको ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर गियरवक्सलाई ग्राहकले अत्याधिक रुचाएका हुन् । यी भेरिएन्ट हात पार्न ग्राहकले ५ महिनसाम्म कुर्नुपर्ने उनीहरुको भनाई छ ।

यसैगरी क्रेटा पेट्रोल र टर्बो पेट्रोल भेरिएन्टलाई हात पार्न ४ महिनासम्म कुर्नुपर्ने देखिएको छ भने सो एसयुभीको टप–स्पेक एसएक्स(ओ) भेरिएन्ट सर्बाधिक लोकप्रिय बन्दै गएको छ । कलरका हिसावले भने सबैभन्दा बढी कालो रङ लोकप्रिय बनिरहेको छ ।

क्रेटा नेपाली बजारमा समेत सर्बाधिक रुचाइएको एसयूभी हो । भारतमा यसको फेसलिफ्ट लन्च भएपछि नेपालमा समेत एसयभुी पारखीले यसलाई प्रतिक्षा गरिरहेका छन् । नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ क्रेटालाई फेब्रुअरी महिनाभित्रै लन्च गर्नसक्ने अनुमान गर्न सकिन्छ । नेपाल आउँदा यसको सुरुवाती मूल्य ५० लाख माथी निर्धारण हुने आँकलन गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...

हुन्डाई क्रेटा अव हाइब्रिड पावरट्रेनमा पनि आउने

हुन्डाई क्रेटा अव हाइब्रिड पावरट्रेनमा पनि आउने

हुन्डाई मोटर्सले आफ्नो लोकप्रिय एसयुभी क्रेटालाई हाइब्रिड पावरट्रेनमा...

३६ लाख ९६ हजार र ४१ लाख ९६ हजार मूल्यका साथ नेपाली बजारमा सार्वजनिक भयो हुन्डाई आई२०

३६ लाख ९६ हजार र ४१ लाख ९६ हजार मूल्यका साथ नेपाली बजारमा सार्वजनिक भयो हुन्डाई आई२०

काठमाडौं – नेपाली बजारमा हुन्डाई आई२० सार्वजनिक भएको छ । आज फेसबुक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...