६ भेरिएन्टमा आयो क्रेटा ईभी, मूल्य कती ?

हुन्डाईले आफ्नो बहुप्रतिक्षित एसयूभी क्रेटा इलेक्ट्रिक लन्च गरेको छ । सो नयाँ ईभी कुल ६ वटा भेरिएन्टमा उपलब्ध हुने र सुरुवाती मूल्य १८ लाख भारु पर्ने जनाइएको छ ।

क्रेटा ईभी ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध हुनेछ । जसअनुसार ४२ किलोवाट आवर ब्याट्री प्याक भर्सन एक्जुकेटिभ, स्मार्ट, स्मार्ट(ओ) तथा प्रिमियम भेरिएन्टमा उपलब्ध हुनेछ भने लङ रेन्ज भर्सन स्मार्ट(ओ) र एक्सिलेन्स भेरिएन्टमा उपलब्ध हुनेछ ।

सानो ब्याट्री जडित क्रेटा ईभीको मूल्य भेरिएन्ट अनुसार क्रमशः १८ लाख, १९ लाख, १९ लाख ५० हजार र २० लाख भारु निर्धारण गरिएको छ भने लङ रेन्जको मूल्य २१ लाख ५० हजार र २३ लाख ५० हजार भारु तोकिएको छ ।

हुन्डाईले क्रेटा ईभीमा उत्कृष्ट टेक्नोलोजी प्रदान गरेको छ । कारमा इन कार पेमेन्ट पनि दिइएको छ, जसले गर्दा चार्जिङको समयमा इन्फोटेनमेन्ट स्क्रिनबाट नै पेमेन्ट गर्न सकिनेछ । साथै यसमा डिजिटल की, सिफ्ट बाइ वायर, सिंगल पेडल ड्राइभ, भेइकल टु लोड जस्ता प्रविधि उपलब्ध गराएको छ ।

साथै, यसमा एड्भान्स क्लाइमेट कन्ट्रोल, बोसको ८ स्पिकर अडियो सिस्टम, १०.२५ इन्चको ड्युअल कर्भिलिनियर स्क्रिनसहितको एचडी इन्फोटेनमेन्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, कुल्ड ग्लोभ बक्स, २६८ भाषामा भ्वाइस कमाण्ड, प्यानोरामिक सनरुफ, हुन्डाई ब्लुलिङ्क कनेक्टिभिटी जस्ता फिचर पाउन सकिन्छ ।

सुरक्षाका लागि यसमा एड्भान्स हाई स्‍ट्रेन्थ स्‍टिलको प्रयोग गरिएको छ । यस बाहेक यसमा १९ सेफ्टी फंक्शनसहितको लेभल–२ एडास, ६ एयरब्याग, अल ह्विल डिस्क ब्रेक, ईपीबी, अटो होल्ड, हिल होल्ड असिस्ट, ईएससी, बीएसएम, आइसोफिक्स चाइल्ड एन्कोरेज, टीपीएमएस जस्ता फिचर रहेको छ । साथै एभीएम, बीभीएम, रेन सेन्सिङ वाइपर, पार्किङ सेन्सर जस्ता सेफ्टी फिचर पनि उपलब्ध गराएको छ ।

क्रेटा ईभी नेपाली बजारमा समेत निकै प्रतिक्षा गरिएको एसयुभी हो । भारतीय बजारमा कायम गरिएको मूल्यलाई आधार मान्दा यो नेपाली बजारमा ५२ लाख हाराहारीदेखी नै उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

यी हुन् २०२३ मा आएका उत्कृष्ट कार

यी हुन् २०२३ मा आएका उत्कृष्ट कार

२०२३ मा धेरै कारहरु लन्च गरिए । त्यसमध्ये उत्कृष्ट १० कारको सूची सार्वजनिक...

क्यास्पर जस्तो डिजाइन भएको इलेक्ट्रिक माइक्रो एसयूभी हुन्डाई इन्स्टर

क्यास्पर जस्तो डिजाइन भएको इलेक्ट्रिक माइक्रो एसयूभी हुन्डाई इन्स्टर

हुन्डाईले हुन्डाई इन्स्टर इलेक्ट्रिक माइक्रो एसयूभी सार्वजनिक गरेको छ ।...

नाइमाको समन्वयमा लक्ष्मी हुन्डाईले दियो ईभी सम्बन्धी प्राविधिक क्षमता अभिवृद्धि तालिम

नाइमाको समन्वयमा लक्ष्मी हुन्डाईले दियो ईभी सम्बन्धी प्राविधिक क्षमता अभिवृद्धि तालिम

काठमाडौं–लक्ष्मी हुन्डाईद्वारा आयोजित इलेक्ट्रिक सवारी प्रविधि, सुरक्षा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...