हुन्डाई कार किन्दा उपहारमा भेन्यू एसयूभी, ११ लाखसम्म नगद छुट
काठमाडौं–हुन्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी...
हुन्डाईले आफ्नो बहुप्रतिक्षित एसयूभी क्रेटा इलेक्ट्रिक लन्च गरेको छ । सो नयाँ ईभी कुल ६ वटा भेरिएन्टमा उपलब्ध हुने र सुरुवाती मूल्य १८ लाख भारु पर्ने जनाइएको छ ।
क्रेटा ईभी ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध हुनेछ । जसअनुसार ४२ किलोवाट आवर ब्याट्री प्याक भर्सन एक्जुकेटिभ, स्मार्ट, स्मार्ट(ओ) तथा प्रिमियम भेरिएन्टमा उपलब्ध हुनेछ भने लङ रेन्ज भर्सन स्मार्ट(ओ) र एक्सिलेन्स भेरिएन्टमा उपलब्ध हुनेछ ।
सानो ब्याट्री जडित क्रेटा ईभीको मूल्य भेरिएन्ट अनुसार क्रमशः १८ लाख, १९ लाख, १९ लाख ५० हजार र २० लाख भारु निर्धारण गरिएको छ भने लङ रेन्जको मूल्य २१ लाख ५० हजार र २३ लाख ५० हजार भारु तोकिएको छ ।
हुन्डाईले क्रेटा ईभीमा उत्कृष्ट टेक्नोलोजी प्रदान गरेको छ । कारमा इन कार पेमेन्ट पनि दिइएको छ, जसले गर्दा चार्जिङको समयमा इन्फोटेनमेन्ट स्क्रिनबाट नै पेमेन्ट गर्न सकिनेछ । साथै यसमा डिजिटल की, सिफ्ट बाइ वायर, सिंगल पेडल ड्राइभ, भेइकल टु लोड जस्ता प्रविधि उपलब्ध गराएको छ ।
साथै, यसमा एड्भान्स क्लाइमेट कन्ट्रोल, बोसको ८ स्पिकर अडियो सिस्टम, १०.२५ इन्चको ड्युअल कर्भिलिनियर स्क्रिनसहितको एचडी इन्फोटेनमेन्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, कुल्ड ग्लोभ बक्स, २६८ भाषामा भ्वाइस कमाण्ड, प्यानोरामिक सनरुफ, हुन्डाई ब्लुलिङ्क कनेक्टिभिटी जस्ता फिचर पाउन सकिन्छ ।
सुरक्षाका लागि यसमा एड्भान्स हाई स्ट्रेन्थ स्टिलको प्रयोग गरिएको छ । यस बाहेक यसमा १९ सेफ्टी फंक्शनसहितको लेभल–२ एडास, ६ एयरब्याग, अल ह्विल डिस्क ब्रेक, ईपीबी, अटो होल्ड, हिल होल्ड असिस्ट, ईएससी, बीएसएम, आइसोफिक्स चाइल्ड एन्कोरेज, टीपीएमएस जस्ता फिचर रहेको छ । साथै एभीएम, बीभीएम, रेन सेन्सिङ वाइपर, पार्किङ सेन्सर जस्ता सेफ्टी फिचर पनि उपलब्ध गराएको छ ।
क्रेटा ईभी नेपाली बजारमा समेत निकै प्रतिक्षा गरिएको एसयुभी हो । भारतीय बजारमा कायम गरिएको मूल्यलाई आधार मान्दा यो नेपाली बजारमा ५२ लाख हाराहारीदेखी नै उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
काठमाडौं–हुन्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी...
हुन्डाई समुह टोयोटापछि दोस्रो धेरै नाफा आर्जन गर्ने अटो निर्माता बनेको छ ।...
कोरियन कार निर्माता कम्पनी हुन्डाई मोटर्सले माइक्रो एसयूभी क्यास्परको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...