क्रेटा ईभीसहित ‘मेड इन नेपाल’ हुन्डाई क्रेटा पोखरामा सार्वजनिक

पोखरा- नेपाली बजारमा हालै सार्वजनिक भएको हुन्डाई क्रेटा इभी र ‘मेड इन नेपाल’ क्रेटा पोखरामा पनि सार्वजनिक भएको छ । पोखरामा जारी ‘वाडा अटो शो’को पहिलो दिन बिहीबार यी गाडी सार्वजनिक गरिएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ लगायतले गाडी अनावरण गरेका हुन् ।

नेपाली बजारमा केही समययता प्रतिक्षा गरिँदै आएको क्रेटा ईभीको चारवटा भेरियन्ट नेपाल आएको हो । जसअनुसार एक्ज्युकेटिभ भेरियन्टको मूल्य ५१ लाख ९६ हजार, स्मार्टको ५४ लाख ९६ हजार, स्मार्ट (ओ) को ५६ लाख ९६ हजार र प्रिमियम प्लसको ५९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

मिडसाइज एसयूभी सेग्मेन्टमा सबैभन्दा लोकप्रिय एसयूभी हुन्डाई क्रेटाको दमदार फिचर र एड्भान्स टेक्नोलोजीले इलेक्ट्रिक एसयूभी बजारमा नयाँ स्ट्यान्डर्ड स्थापित गर्ने कम्पनीले दावी छ । नेपाली बजारमा पहिलेदेखि नै आईसीई संस्करणको हुन्डाई क्रेटा लोकप्रिय रहेको र हुन्डाईका अन्य ईभी समेत चर्चित बनिरहेको समयमा क्रेटा ईभी समेत धेरैले मन पराउने अपेक्षा गरिएको छ ।

हुन्डाई क्रेटा ईभी ४२ किलोवाट ब्याट्री विकल्पमा उपलब्ध छ । ४२ किलोवाट ब्याट्रीले ३९० किलोमिटर रेन्ज प्रदान गर्न सक्षम हुनेछ । ब्याट्री डीसी फास्ट चार्जिङमार्फत १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन ५८ मिनेट मात्र लाग्ने बताइएको छ । यसलाई ११ किलोवाट एसी चार्जरले १० प्रतिशतदेखि १०० प्रतिशतसम्म चार्ज गर्न ४ घन्टा लाग्छ ।

क्रेटा ईभीको डिजाइन धेरै हदसम्म यसको आईसीई मोडेलसँग मिल्दोजुल्दो छ । यसको अगाडि एल–आकारको कनेक्टेड एलईडी डीआरएल र भर्टिकली स्ट्याक्ड ट्विन एलईडी हेडलाइट समावेश गरिएको छ । यसमा कम्पनीको लोगोको पछाडि चार्जिङ पोर्ट राखिएको छ । क्रेटा ईभीका लागि १७ इन्चको एरोडायनामिक अलोय ह्विल विशेष रूपमा डिजाइन गरिएको छ ।

हुन्डाई क्रेटा ईभीको इन्टेरियर डिजाइन यसको आईसीई संस्करण जस्तै देखिए तापनि यसमा केही आधुनिक फिचर थपिएको छ । यसमा १०.२५ इन्चको ड्युअल स्क्रिन र हुन्डाई आयोनिक ५ बाट प्रेरित नयाँ थ्री–स्पोक स्टेयरिङ ह्विल समावेश गरिएको छ । साथै भेइकल टु लोड टेक्नोलोजी, प्यानोरामिक सनरुफ र मल्टिपल ड्राइभिङ मोड जस्ता फिचरले यसलाई अझ विशेष बनाएको छ ।

सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, लेभल–२ एड्भान्स ड्राइभर असिस्टेन्ट सिस्टम, टायर प्रेशर मनिटरिङ कन्ट्रोल र इलेक्ट्रोनिक स्टेबिलिटि कन्ट्रोल जस्ता फिचरले सुसज्जित गरेको छ ।

क्रेटा अव नेपालमै एसेम्वल
हुन्डाईले नेपाली बजारमा पहिलेदेखि नै लोकप्रिय रहेको एसयूभी क्रेटा अब नेपालमै एसेम्बल गर्न थालेको छ । यसको मूल्य पनि पहिले उपलब्ध क्रेटाको तुलनामा ९ लाख रुपैयाँसम्म कम तोकिएको छ ।

हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आयात गरेर सन् २०२५ मोडलको क्रेटा बिक्री गर्दै आएको थियो । हुन्डाई क्रेटाका विभिन्न भेरिएन्टको मूल्य ५७ लाख ९६ हजार देखि ८७ लाख ९६ हजार रुपैयाँ सम्म छ ।

अब मेड इन नेपाल हुन्डाई क्रेटाको मूल्य ५३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । विभिन्न ५ भेरिएन्टमा उपलब्ध हुन्डाई क्रेटाको मूल्य क्रमशः ५३ लाख ९६ हजार, ६३ लाख ९६ हजार, ६६ लाख ९६ हजार, ६७ लाख ९६ हजार र ७८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । नेपालमा हाल १० हजार युनिट भन्दा बढी हुन्डाई क्रेटा प्रयोगमा रहेको कम्पनीको भनाइ छ ।

नेपालमा पहिलो पटक सन् २०१५ मा भित्रिएको हुन्डाई क्रेटा एक आकर्षक एसयूभीको रुपमा परिचित छ । एसयूभी बजारमा सर्बाधिक लोकप्रिय मोडल हो हुन्डाई क्रेटा । यो एसयूभी नेपाल भित्रिएदेखि नै नेपाली बजारमा सर्बाधिक बिक्री हुने एसयूभीका रुपमा परिचित छ । स्पोर्टी लुक्स, उच्चतम पावर तथा पर्फमेन्स र अत्याधुनिक फिचर्सका कारण क्रेटाप्रति क्रेजी हुने ग्राहकको संख्या बढिरहेको छ । 

सम्बन्धित समाचारहरू

भारतमा हरेक दिन बिक्छ ५५० यूनिट क्रेटा, २०२५ मा रेकर्ड ब्रेक बिक्री

भारतमा हरेक दिन बिक्छ ५५० यूनिट क्रेटा, २०२५ मा रेकर्ड ब्रेक बिक्री

हुन्डाईको सर्बाधिक लोकप्रिय एसयूभी क्रेटाले २०२५ मा अहिलेसम्मकै उच्च...

हुन्डाई टक्सनमा काठमाडौं–कन्याकुमारी सफरका लागि हिँडे तीनजना अटो ‘इन्थुजियास्ट’

हुन्डाई टक्सनमा काठमाडौं–कन्याकुमारी सफरका लागि हिँडे तीनजना अटो ‘इन्थुजियास्ट’

काठमाडौं– हुन्डाई गाडिको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

हुन्डाई गाडी अब नेपालमै एसेम्बल हुने, प्रधानमन्त्रीद्वारा पहिलो मोडल सार्वजनिक

हुन्डाई गाडी अब नेपालमै एसेम्बल हुने, प्रधानमन्त्रीद्वारा पहिलो मोडल सार्वजनिक

काठमाडौं । दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईले नेपालमा एसेम्बल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...